20091014

"सुशिल कोइराला र रामचन्द्र पौडेल बेकारका नालायक मान्छे" : सुजाता कोइराला

उपप्रधानमन्त्री सुजाता कोइरालाले सुशिल कोइराला र रामचन्द्र पौडेललाई २० बर्षदेखि नेतृत्वमा रहेर पनि केहि गर्न नसकेका बेकारका मान्छे भन्दै आफूले अब अधिवेशनमा देखाई दिने चेतावनी दिएकी छिन्।
बुधबार पार्टी कार्यालय सानेमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा यसअघि एक छिन पनि नबस्ने सुजाता पूरै समय बसेर हरेक केन्द्रीय सदस्यले बोल्न सुरु हुने वित्तिकै विचमा नै बोलेर हैरान परेकी थिइन।
बैठकमा रामचन्द्र पौडेललाई हात नै हाल्न तम्सिएकी कोइरालाले सुशिल कोइरालालाई समेत नालायकसमेत भन्न भ्याइन।  उता रामशरण महतले बोल्न सुरु गर्नासाथ विचमा महतको विरोध सुरु गरेपछि महतको हप्काईपछि केहिबेर चुप लागे पनि अन्य कसैलाई पूरा बोल्न नै दिइनन्।  तिमीहरुको हैसियत के हो भन्दै बोल्न सुरु गर्ने गरेकी कोइरालाले पौडेल, सुशिललगायतलाई उम्लोले देखाउँदै तिमीहरुलाई कावा सभापति, उपसभापति आदि सभापति जीले बनाउन हुने मलाई उपप्रधानमन्त्री बनाउन नहुने को हौ भन्दै पार्टी फुटाउन लाग्नेहरु भनेर आरोप लगाएकी थिइन।  पार्टीमा ग्रुपिजम बढाएर पार्टीलाई कमजोर बनाएको आरोप लगाउन थालेपछि पौडेलले तपाई आफूलाई के ठान्नु हुन्छ। तपाईको पार्टीमा हैसियत के हो थाहा छ भन्ने वित्तिकै सुजाता पौडेललाई हातपात गर्न नै तम्सिएकी थिइन।  बैठकमा पौडेल, सुशिलका अलवा प्रकाशमान सिंह, विमलेन्द्र निधी, नरहरि आचार्यलगायतले पार्टी सभापतिलाई बैठकमा नै बोलाएर स्पष्टिकरण लिनु पर्ने बताएका थिए। दुई दिनपछि नै बैठक बोलाएर यो विषय टुंग्याउने पौडेल र सुशिलको अडानलाई सुजाताले तिहारपछि मात्र बैठक राख्न धम्की दिएरपछि अनिश्चितकालका लागि बैठक टुंग्याइएको छ।



1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक