20091013

"माओवादीबाट माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव आएको छ, जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन" : झलनाथ खनाल

विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादीले आफूलाई माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव गरेको एमाले अध्यक्ष झलनाथ खनालले खुलासा गरेका छन्। उनले जिम्मेवारी आए सम्हाल्न पछि नहट्ने समेत बताए। एमाले म्याग्दीको सातौ जिल्ला अधिवेसनको उद्घाटन अघि मंगलबार बिहान बेनीमा आयोजित पत्रकार सम्मेलनमा उनल भने–“माओवादीबाट प्रधानमन्त्रीको प्रस्ताव धेरैपटक आएको छ, तर म पदको आकाँक्षी हैन। यदि परिस्थितिले जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन।” उनले अहिलेको प्रमुख आवश्यता भनेको तीन ठूला दल एमाले, काँग्रेस र माओवादीबीच एकताको खाँचो रहेको औल्याए। “जनताले अहिलेको सरकारलाई संविधान बनाउने प्रमुख जिम्मेवारी दिएका छन्” उनले भने–तीन मेजर पार्टीबीच एकता नभए समयमा संविधान बन्नेमा शंका छ।” उनले २०६७ जेठ १४ गतेभित्र मुलुकमा नयाँ संविधान जारी नभए ठुलो दुर्घटना निम्तिने समेत चेतावनी दिए। माओवादी अबरुद्ध संसद खुलाएर संसदबाट बजेट पास हुन नदिए कार्तीकको पहिलो सातादेखि नै देश चल्न नसक्ने बताउँदै बजेट पास नगर्नुको विकल्प नभएको उनको जोड थियो।
सोमबारमात्रै उपप्रधानमन्त्रीमा बढुवा हुनुभएकी परराष्ट्रमन्त्री सुजाता कोइारालालाई आफ्नो समर्थन भएको कुरा घुमाउँरोमा पारामा उनले भने, “बल्ल दोस्रो उपप्रधानमन्त्री आउनुभएको छ, सफल कार्यकालको शुभकामना।”


गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलन
"प्रजातन्त्रमा कसैलाई घोक्र्याउने अधिकार हुदैन" 

विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको सञ्जाल गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ। सम्मेलनको राजधानीस्थित सैनिक मुख्यालयको आर्मी अफिसर्स क्लवमा राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरे । कार्यक्रममा पहिलो पटक राष्ट्रपति यावदले अहिलेसम्मको असन्तुष्टि एकै पटक व्यक्त गरे । लिखित वक्तव्यका बीचबीचमा उनले मौखिक अहिलेको राजनीतिक अन्योललाई हटाउनु पर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रपति यावदले सबैलाई संविधानसभाबाटै सबै समस्याका हल खोज्न आग्रह गरे । "संविधानसभालाई मन्थन गरेर अमृत निकालौं हलाहल हैन"- राष्ट्रपति भने । उनले अहिलेको निषेधको राजनीतिप्रति तिक्कता व्यक्त गर्दै "प्रजातन्त्रमा कसैलाई घोक्र्याउने अधिकार हुदैन" भने । पहाड, तराई, हिमाल एक अर्कामा आत्मनिर्भर भएकाले देश संघीयतामा गइरहेका बेला वैज्ञानिक ढंगले राज्यको पुर्नसंरचना गर्नुपर्ने राष्ट्रपतिको भनाई थियो । उनले २१ औं शताब्दी सुहाउँदो र जनजभावना अनुसारको संविधान र शान्ति आवश्यक रहेकाले त्यसैअनुसारको संविधान समयमा बनाउन आग्रह गरे । राष्ट्रपति यादवले ६ दशकदेखि संस्थागत रुपमा लोकतन्त्रको लडाईं भइरहेको तथा लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गर्दै यसका सबै मौलिकअधिकार स्वतन्त्र समानता सबै तत्वहरु लोकतन्त्रमा होउन भन्ने नेपालीको चाहाना रहेको बताए । राष्ट्रपति यादवले संसारलाई चकित गरेर परिवर्तन गर्न सकेपनि त्यसका देखिएका अप्ठ्यारालाई सहजरुपमा ब्यवस्थापन गर्न नसके अर्थ नहुने समेत स्पष्ट पारे । उनले आफू राष्ट्रिय एकताको पक्षमा रहेको उल्लेख गर्दै पहिला नेपाली त्यसपछिमात्र पहाडी मधेशी हिमाली भएको धारणा राखे । रा्ष्ट्रपतिले अन्य क्षेत्रमा लगानीसहित चुरे सृङ्खला बचाउने अभियानमा लगानी गर्न पनि आग्रह गरे ।
उद्घाटन कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सरकारले गैरआवासीय नेपालीहरुको हितसम्बर्धनका लागि सरकार प्रतिवद्ध रहेको बताइन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोले छ वर्षअघि सुरु गरिएको अभियान अहिले ५५ देशमा फैलिइसकेको उल्लेख गरे । उनले आफू जीवन रहिञ्जेलसम्म नेपालको हरियो पासपोर्ट नछाड्ने प्रतिवद्धता जनाए । तीन दिनसम्म चल्ने सो सम्मेलनमा उद्घाटनका अतिरिक्त विभिन्न १० वटा शत्रहरुमा बैदेशिक रोजगारी, आप्रवास, रेमिटेन्स, यसका चुनौति तथा असरहरु, आर्थिक कुटनीतिमा गैरआवासीय नेपालीहरुको योगदान, आगामी संविधान निर्माण तथा यसमा एनआरएनहरुको हक हित संरक्षण, नेपालमा लगानी तथा अवसर जस्ता महत्वपूर्ण विषयहरुमा विभिन्न विद्वानहरुबाट कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि व्यापक छलफल गरिने कार्यक्रम छ । सम्मेलनका क्रममा विभिन्न प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट संविधान निर्माण प्रक्रियाका विषयमा सम्बोधन हुने कार्यक्रम छ । प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा असोज २९ गते सम्मेलन समापन हुनेछ भने यस वर्षको चौथो विश्व सम्मेलनले गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयन गर्नुका साथै एनआरएन चौथो विश्व सम्मेलनको काठमाडौ घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलन पूर्व र तत्पश्चात पनि सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुको सहभागितामा शिक्षा, स्वास्थ्य, विकास निर्माण, कला, संस्कृति, भाषा, साहित्य लगायतका विषयमा विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन्। गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनमा विश्वका ५५ बढी मुलुकबाट ५ सय प्रतिनिधिले भाग लिने अपेक्षा गरिएको छ । गैरआवासीय नेपाली संघको हालसम्म अस्ट्रेलिया, अस्टि्रया, बहराइन, बेलारुस, बेल्जियम, कम्बोडिया, क्यानाडा, चाइना, साइप्रस, डेनमार्क, फिनल्याण्ड, प|mान्स, जर्मनी, हङकङ, हंगेरी, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, दक्षिण कोरिया, कुवेत, लेवनान, लिसोथो, लिविया, लग्जम्बर्ग, मकाउ, मलेसिया, म्यान्मार, मोजाम्बिक, द नेदरल्याण्डस, न्यजिल्याण्ड, नाइजेरिया, नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेविया, सिंगापुर, स्लोभानिया, साउथ अफ्रीका, स्पेन, स्वीडेन, स्वीटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युक्रेन, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका र यमनमा राष्ट्रिय समन्वय परिषद गठन भइसकेको छ । गैरआवासीय नेपाली अभियानको सुरुवात सन् २००३ मा सुरु भएको हो । सम्मेलनले नेपालको आर्थिक, सामाजिक विकासमा गैरआवासीय नेपालीहरु कसरी साझेदार बन्न सक्छन् भन्ने कुराको मार्गचित्र बनाउने अपेक्षा गरिएको छ ।



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ

गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनको सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ।
अनेसासले राजधानीमा आयोजना गरेको दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सवका अवसरमा स्रष्टाहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार तथा सम्मान वितरण गरे । कार्यक्रममा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बरिष्ठ संगीतकार अम्बर गुरुङ, बरिष्ठ चित्रकार मनुजबाबु मिश्र, बरिष्ठ उपन्यासकार डायमण्ड शमशेर, बरिष्ठ समालोचक डा. तारानाथ शर्मा, बरिष्ठ साहित्यकार वानिरा गिरी र बरिष्ठ लेखक तथा साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गरिएको थियो। सो अवसरमा समको सुखान्त नाट्यकारिता नामक समालोचना ग्रन्धका लागि डा. देवीप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य, सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरियो। पुरस्कारको राशी १५ सय अमेरिकी डलर रहेको छ। त्यस्तै आमा जानुहोस् नामक कथा संग्रहका लागि कथाकार माया ठकुरीलाई सर्वोत्कृष्ट नारी हस्ताक्षर अनेसास डिल्लीराम तिमसिना स्मृतिक पुस्तक पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ४ सय अमेरिकी डलर रहेको छ। त्यसैगरी रिता खत्रीको फूल रोएपछि नामक कविता कृतिका लागि सर्वोत्कृष्ट नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ३ सय १० अमेरिकी डलर छ। त्यसैगरी मूलको सङ्लो पानी गीतसंग्रहका लागि हरिभक्त बुढाथोकीलाई सर्वोत्कृष्ट नेपाली गीति कविता अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार प्रदान गरियो। सो पुरस्कारको राशी २ सय अमेरिकी डलर रहेको छ। सोही कार्यक्रममा चन्द्रमामा खरायो नामक बालसाहित्यका लागि डा. सुष्मा आचार्यलाई अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुस्कार प्रदान गरियो। पुरस्कारको राशी २ सय अमेरिकी डलर छ।

त्यसैगरी तस्वीरहरु कविताका लागि ध्रुवलाल शर्मालाई २ सय अमेरिकी डलर राशी रहेको अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अन्तिम घुड्को कथाका लागि नगेन्द्र नेउपानेलाई २ सय अमेरिकी डलर राशीको अनेसास रमाकान्त सर्वोत्कृष्ट पुस्तक पुरस्कार, म गोपाल र अर्थात गोपालहरु नामक कविता कृतिका लागि वियोगी बुढाथोकीलाई २ सय अमेरिकी डलर राशीको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, विखण्डित प्रवाह नामक कथाकृतिका लागि नवराज रिजाललाई २ सय अमेरिकी डलर राशीको गोविन्द गिरि प्रेरणा सर्वोत्कृष्ट पुरस्कार, जसको जोत उसको पोत प्रबन्धका लागि विमल भौकाजीलाई अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अमेरिका नामक कविताकृतिका लागि शैलेद्र साकारलाई २ सय अमेरिकी डलर राशीको अनेसास चेतनाथ घिमिरे पुस्तक पुरस्कार, हिमवत् खण्ड नामक महाकाव्यका लागि भानुभक्त पोखरेललाई अनेसास सिता पाण्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले वितरण गर्दै आएको डायस्पोरा साहित्य पुरस्कार भने यसअघि नै वितरण गरिसकिएको छ। जसमा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार बरिष्ठ साहित्यकार कृष्णप्रसाद श्रेष्ठ, खेमलाल हरिकला लामिछाने पुरस्कार डा. गोविन्दराज भट्टराई, फूलकुमारी महतो स्मृति पुरस्कार त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभाग र नारायण जयन्ता प्रसाई वेभ पत्रकारिता पुरस्कार कृष्ण बजगाईलाई प्रदान गरिसकिएको छ। पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष डा. कुमार बस्नेतलगायतले सम्बोधन गरे। कार्यक्रममा साधना कला केन्द्रका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।- दैनिकी

गोली हानी मारिनुभएका रविन्द्र शर्माको 
अमेरिकामा अन्त्येष्टी सम्पन्न



गत साता साउथ क्यारोलाइनको स्पार्टनवर्गमा गोली हानी मारिनुभएका रविन्द्र शर्माको स्पार्टनवर्गस्थित ’फ्ल्योयड फ्यूनरल होम’मा अक्टोबर ११ का दिन अन्त्येष्टी सम्पन्न भयो । उक्त अबसरमा ७५ नेपालीहरु उपस्थिति भएर स्व. शर्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै स्व. शर्माको आत्माको चीर शान्तिको कामना गरेका थिए । अन्त्येष्टी कार्यक्रमका लागि भर्जिनिया डीसी क्षेत्रका शर्माका नजिकका साथीहरुको समेत विशेष उपस्थितिरहेको थियो । नर्थ क्यारोलाइना निबासी पं पुण्यप्रसाद खतिवडाले मन्त्रोच्चारणसहित स्व. शर्माको नेपाली परम्पराअनुसार दाहसंस्कार सम्पन्न गराउनु भएको थियो ।
सो अवसरमा आयोजित श्रद्धान्जली सभा-कार्यक्रममा स्व. शर्माप्रति सद्भाव राख्ने विभिन्न राज्यका प्रतिनिधि व्यक्तित्वहरुले उहाँको मिलनसारिता र असल गुणको चर्चा गरिएको थियो । स्व.शर्मालाई संझिदै उहाँको विविध पक्षमा चर्चा गर्नेहरुमा साउथ क्यारोलाइनाका डा.रामचन्द्र बराल र गणेश बस्नेत, आलाबामाका माधव मैनाली, मेरिल्याण्डकी सुनिता शिवाकोटी र जर्जियाका चेतनाथ घिमिरे हुनुहुन्थ्यो । भर्जिनियाका राम बस्यालले नेपाली दूतावास, अमेरिकाकाबाट तर्फबाट स्व.रविन्द्र शर्माका लागि प्रकट रिएको समवेदना सन्देश सुनाउँदै उहाँप्रति भापपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभयो । कार्यक्रममा स्व.शर्माका बालककालदेखिका मित्र एवं नातेदार किरण शर्माले रविन्द्र शर्माको परिचय दिँदै उहाँ एक संघर्षशील व्यक्तित्व हुनुभएको कुरा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्व. शर्माकी पत्नी यशोदाले विहृवल हुँदै यस किसिमको दुखद घडीमा सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गर्नुभएको थियो । समारोहमा स्व.रविन्द्रका भाइ पीताम्बर शर्माले पनि बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन शाश्वत पराजुलीले गर्नुभएको थियो ।-  Nepali post

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक