20091012

सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त


प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन ।           प्रधानमन्त्री नेपालले सोमबार आठौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन । नेपाली कांग्रेसकी नेतृ परराष्ट्र मन्त्री सुजाता कोइरालाले सोमबारदेखि देशको उप प्रधानमन्त्री बनेकी छिन्। प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधमा कोइरालालाई उप प्रधानमन्त्री पद दिएको बताए। कोइरालाले सोमबार साँढे ६ बजे राष्ट्रपति कार्यालयमा उपप्रधान मन्त्रीका रुपमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री माधव नेपालबाट सपथ लिइन्। सपथ पछि प्रधानमन्त्रीले भने, 'कांग्रेसले के निर्णय गरेको छ मलाई केही थाहा छैन। मैले गिरिजाबाबुले भनेअनुसार गरेको हुँ।'
सपथ ग्रहण पछि प्रतिक्रिया दिदैं कोइरालाले भनिन् - "मलाई पार्टी सभापति गिरिजाबाबुको पूर्ण समर्थन र सहयोग छ। यो पार्टीले गर्ने काम पनि होइन। प्रधानमन्त्रीले बनाउने हो उप प्रधानमन्त्री। मलाई माधवजीले भनेपछि म उप प्रधानमन्त्री बनेकी हुँ। पार्टी भित्र पनि कसैले विरोध गरेको छैन। जिल्ला जिल्लाबाट शुभकामना र बधाई आइरहेको छ। अब म थप शान्ति र स्थायित्वका लागि प्रयास गर्नेछु। सरकारलाई कांग्रेस र मेरो पूर्ण सहयोग रहनेछ।" कोइरालालाई यसअगाडि उप प्रधानमन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग दुई महिना अगाडि भारत नगएको आरोप कोइरालालाई लागेको थियो। नेपाली कांग्रेसका नेताहरुले कोइरालालाई उप प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह नगरेको पटक पटक दोहोर्याएका थिए। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भने आफ्नी छोरीलाई कोइरालालाई उप प्रधानमन्त्री बनाउन पटक पटक दबाब दिंदै आएको सञ्चार माध्यमले उल्लेख गरेका थिए। सपथ ग्रहणमा गएका अर्का उप प्रधानमन्त्री विजय गच्छदारले भने आफूसँग भन्ने कुनै कुरा नभएको भन्दै सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएनन्। नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेकी कोइराला उप प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदको वरियाता क्रममा उप प्रधानमन्त्री विजय गच्छदार भन्दा पछि हुनेछिन्।

1 comment:

  1. सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएको प्रति हामी सबै नेपालीको घोर आपती रहेको छ र यसमा संलग्न सबै पार्टीहरुको नेताहरुको कडा शब्दमा बिरोद पनि गर्न चाहन्छौ र सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउनु भनेको नेपाललाई अझ १० बर्ष पछी ढकालनु हो । र सम्पूर्ण नेपालीको 'दुर्भाग्य हो । पहीला पहीला हाम्रो नेपाल लाई बिस्वको सामु चीनाउनु पर्दा सुन्दर शान्त नेपाल भनेर चीनाउथौ तर अबको नेपाललाई चीनाउनु पर्दा के भनेर चीनउनु पर्ला ? तिमीनै भन हे मेरो देशको परम्पुज्य उपप्रधानमन्त्री सुजाता कोइराला । तिम्रो र तिम्रो बाउको खेल त मलाई के जस्तो लाग्छ भने डा. को छोरा छोरीले त बिना कुनै शिक्षानै सल्यक्रिया गर्न सक्छन भने जस्तो त भयन र ? सुजता तिमीहरु ले यो कुरा जनी राख की नेपाललाई २५ बर्ष पछाडि धकालनु यदी कसैको हात छ भने त्यो हो कोइराला परिवारको ! यदी नेपालमा कोइराला परिवार हुँदैनथियो भने आज नेपाल भारत र चीनसँगको हाराहारीमा पुग्ने थीयो । अब तिम्रो नेत्रित्वको काँग्रेस सरकारले त अब नेपाल कती बर्ष पछी धकाल्नीए हो हे मेरो नेपालकी उपप्रधानमन्त्री सुजाता कोइरालालाई, हे भगवान अब नेपालको .........
    हे मेरो देशको परम्पुज्य उपप्रधानमन्त्री सुजाता तिमीले काम गर्दा बिचार गरेर काम गर्नु, हुनुत तिमीसँग नभयको दिमागको बिचार कहाँबाट लगाउनु है ? हाम्रो नेपाललाई पनि तिमीले इराक जस्तो नबनाउनु यदी त्यस्तो भयमा सद्दाम हुसेन जस्तो मृत्‍यु तिमीलाई दिन नपरोस ? यक पटक उपप्रधानमन्त्री भाईहाल्यौ अब फरी तिमी तल झर्नु पर्‍यो भनेर बेकारको आन्दोलन अब हामी नेपालीले गर्दिनौ । तिमी जस्ता नेताका आन्दोलन गर्दा गर्दा हामी नेपालीको उन्नती नभयको हो । ल त सुजाता उपप्रधानमन्त्री भाईहाल्योउ तिम्रो बा को सपना पनि पुरा भयो, अब तिम्रो बा लाई माथि गयर अराम गर्ने भन अनी तिम्रो चर्तीकला देखाउ ।

    बिक्रम गौतम
    bikram12_kriss@yahoo.co.in

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक