20091011

हतियारधारी समूहले गोली हानी एक व्यापारीको हत्या

अज्ञात समूहले वीरगन्जमा गोली हानी एक व्यापारीको हत्या गरेको छ। वीरगन्जको मेनरोड माइस्थानस्थित नारायणी टुडे पत्रिकाको कार्यालयसँगै रहेको कपडा पसलका व्यापारी ५२ वर्षिय विनोदकुमार अग्रवालको हत्या भएको हो। हतियारधारी समूहले पसल रहको घरको मूल प्रवेशद्धारको च्यानल गेट तोडर पसल आडैको प्यासेजमा सुतिरहेका अग्रवाललाइ राति गोली हानी हत्या गरेको हो। उनको छातीमा एक राउण्ड गोली लागेको छ। अग्रवालको हत्या राति नै भए पनि घटनाका सम्बन्धमा बिहान मात्र थाह भएको हो। हत्या कसले र किन गरेको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन।


चितवनस्थित कालिका एफएमद्वारा आयोजित खुला रिक्सा दौड प्रतियोगिताको रिक्सा चलाएरै उद्घाटन गर्दै चितवनका प्रहरी प्रमुख ज्ञानबिक्रम शाह । तस्वीरः नारायण ढुङ्गाना/रासस

माओवादीको नागरिक सर्बोच्च्ता: काङ्रेस् माथि आक्रमण, पाँच गम्भीर घाइते, प्रहरी चौकी तोडफोड

मुगुमा नेपाली कांग्रेसको आमसभामा माओवादीले आक्रमण गर्दा पाँच गम्भीर घाइते भएका छन्। सदरमुकाम गमगडीदेखि १८ कोस टाढा सोहरकोटमा कांग्रेसको आमसभा भइरहेको बेला शुक्रवार साँझ डेय सभन्दा बढी माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। प्रमुख जिल्ला अधिकारी केशरबहादुर केसीले दिएको जानकारी अनुसार माओवादीले सभा विथोलेपछि सुरक्षा खोज्दै पुगेको प्रहरी चौकी समेत माओवादीले तोडफोड गरेका छन्। चौकीमा ७ प्रहरी थिए। चौकीमा शरण लिँदा समेत प्रहरीले सुरक्षा दिन नसकेको सभास्थलबाट भागेर सदरमुकाम पुगेका नेविसंघ केन्द्रीय सदस्य केशर शाहीले नागरिकन्यूजलाई बताए। उनका अनुसार कांग्रेस जिल्ला समिति सदस्य देवीलाल मल्लले माओवादीविरुद्ध भाषण गरे लगत्तै माओवादी जिल्ला इन्चार्ज मंगल शाही, वाइसीएल इन्चार्ज कालोबहादुर रोकाया लगायत डेढ सयभन्दा बढी माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। घाइते पाँच जना अझै घटनास्थलमै रहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी केसीले उद्दारका लागि गृहमन्त्रालयसँग हेलिकोप्टर मागेको बताए। घाइते हुनेमा देवीलाल मल्ल, मञ्जन कार्की, ज्ञानप्रसाद चौलगाइँ, कमला शाही र टोपबहादुर बूढा छन्। -रुद्र खड्का

प्रधानमन्त्री नेपालद्वारा संसदमा ३०१ सभासद् पुर्‍याएर सरकार बनाउन माओवादीलाई चुनौती


कार्यक्रमस्थल वरपर कालो झण्डा देखाउँदै गरेका माओवादी कार्यकर्ताप्रति आक्रोसित प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जतिसुकै ठूलो सडक आन्दोलन गरेपनि सरकार नढल्ने बताउनुभएको छ। नेकपा एमाले, कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै माओवादीलाई सडकमा कालोझण्डा देखाएर नभई संसदमा ३०१ सभासद् पुर्‍याएर सरकार बनाउन चुनौती दिनुभयो। माओवादी नेतृत्वको सरकार कुनै दल र विदेशीका कारण नभई आफ्नै कारणले ढलेको भन्दै प्रधानमन्त्री नेपालले विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्ड फालेर सरकार ढाल्ने दीवा सपना नदेख्न माओवादीलाई आग्रह गर्नुभयो। माओवादीले भनेझै सबै कुरा दिएर आत्मसमर्पण गर्नसकिँदैन भन्दै प्रधानमन्त्री नेपालले भन्नुभयो– हठ राख्दै जाँदा माओवादी स्वयम्लाई पनि असजिलो पर्ने कुरालाई माओवादीले बुझ्नसकेको छैन। माओवादी सहमतिका लागि तयार भए सरकार पुनर्गठन गरेर माओवादीलाई सम्मानजनक स्थान दिन आफु तयार रहेको पनि उहाँले बताउनुभयो।
माओवादीकै कारण मुलुकमा सङ्कट आउनसक्ने भन्दै प्रधानमन्त्रीले माओवादीलाई अन्य दलप्रति शङ्का नगर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान सरकार शान्तिप्रक्रिया, संविधान निर्माण र जनचाहना पूरा गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। माओवादीले देखाउने कालोझण्डातर्फ सङ्केत गर्दै प्रधानमन्त्री नेपालले माओवादीलाई आफ्नो हठ छाडेर सरकारमा आउन पुनः आग्रह गर्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक