20091007

"एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चताको कुरा उठाउनु हास्यास्पद"

पुर्नगठित माओवादीका संयोजक मातृका यादवले तिहारपछि एकीकृत माओवादीले गर्ने भनेको आन्दोलनलाई वाहियात कामको संज्ञा दिएका छन। एकीकृत माओवादीले जनतालाई रनभुल्ल बनाउन नागरिक सर्वोच्चताको कुरा उठाएर आन्दोलन थालेको बताउँदै उनलले भने–“हामी यस्तो ओन्दोलनलाई वाहियात ठान्छौं।” नागरीक सर्वोच्चताको कदर नगर्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चका कुरा उठाउनु हास्यास्पद भएको उनको भनाइ थियो। रौतहटको गौरमा पत्रकार सम्मेलन गरी संयोजक यादवले ठूला दलहरु कुर्सी ओगट्ने खोलमा लागेकाले संविधान निर्माण नहुने उनको ठोकुवा छ। वर्तमान सरकार २०४६ साल अघिकै अवस्थामा पुगेर पञ्चायती व्यवहार देखाउन थालेकोले जनताले यस्तो सरकारलाई तिरस्कार र नेताहरुलाई बहिस्कार गर्ने बताए। उनले तराइका राजनैतिक विचार भएका सशस्त्र समूहहरुसग एकता गर्ने विषयमा छलफल भइरहेको पनि दोहोर्‍याउन छोडेनन।

धेरै धेरै शुभकामना र बधाई
हाम्रा भान्जा दीपेश कंडेल र रिचा शर्मा बिच हुन गैरहेको शुभ विवाहका सन्धर्बमा भर्खरै मात्र अमेरिकाको सिकागोमा   सुसम्पन्न एंगेजमेन्टमा उपस्थित भै शुभकामना र आशिर्बाद दिन हामी टाढा भएको कारण असमर्थ भए पनि हृदय देखि नै हामी सबै परिवारको तर्फबाट  भान्जा दीपेश र हुने वाला हाम्री भान्जी बुहारी रिचालाई धेरै धेरै शुभकामना र बधाई ।   
     -  राम प्रसाद खनाल, तिर्था पौडेल, ॠषि खनाल एबम सपरिवार

 
 
 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक