20091004

अमेरिकामा पनि नेपालीको जुलुस देखेर गोरा काला सबै दंग, कही बाँकी नराख्ने भए नेपाली ले !





वाशिंटन डिसी , महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी सप्ताहव्यापि रुपमा मनाउने क्रममा वाशिंटन डिसीमा भव्य साँस्कृतिक र्यालीको आयोजना गरियो । अमेरिकामै पहिलोपल्ट आयोजना गरिएको यस प्रकारको साँस्कृतिक र्यालीमा नेपालको सँस्कृति झल्कने जातीय पोषाकमा आएका सहभागीहरुप्रति सवैले चासो राखेका थिए । सर्वप्रथम पंचकन्या त्यसपछि समारोह समितिको व्यानर महाकवि देवकोटाको तस्वीर मंजुश्री नृत्यमुद्रामा कलाकार त्यसपछि विभिन्न जातीय भेषभूषामा विभिन्न संघसंस्थाका व्यानर सहितका सहभागीहरु निधारमा रातो टीका र छातीमा देवकोटाको तस्वीरसहितको व्याचमा आकर्षक देखिन्थे । र्याली नेपाली दूतावासवाट शुरु भै डुपोण्ट सर्कल परिक्रमा गरी पुन दूतावासमै आई टुंगिएको थियो ।
यस अघि र्याली शुरु हुनुपूर्व प्रमुख अतिथि कार्यवाहक नेपाली राजदूत कालिप्रसाद पोखरेलले कलात्मक पानसमा वत्ती वालेर सप्ताहव्यापि महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोहको उद्घाटन गर्नुका साथै महाकविको तस्वीरमा माल्र्यापण गर्नु भएको थियो । त्यसपछि सवै सहभागीहरुले फूलका गुच्छा अर्पण गरेका थिए । सो उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोखरेलले महाकवि देवकोटा अदित्तिय प्रतिभा भएको वताउनु हुँदै अमेरिकामा यसरी भव्य कार्यक्रम हुनु यौटा उदाहरणीय काम भएको वताउनु भयो । प्रख्यात लोककलाकार तथा अवैतनीक वाणिज्यदूत प्रेमराजा महतले महाकवि देवकोटाले अन्तरराष्ट्रिय छवि वनाउनु भएको वताउनु भयो । एएनएका अध्यक्ष सिमोन ढुँगानाले महाकवि देवकोटा नेपाली जगतमा अमर छन् भन्नुभयो । कार्यक्रममा वसन्त श्रेष्ठले नेपालीमा तथा डिवी तामाँगले अंग्रेजीमा देवकोटाको चिनारी प्रस्तुत गर्नुभएको थियो ।यसअघि स्वागत मन्तव्य प्रस्तुत गर्दै शतवार्षिकी समारोह समितिका संयोजक गोविन्द गिरी प्रेरणाले सार्वभौम नेपाल राष्ट्रको झण्डामुनि महाकवि देवकोटाको शतवार्षिकी अमेरिकामा यसरी मनाउन पाउनु गौरवको विषय हो भन्दै महाकवि मृत्युशैयामा रहनु हुँदा भेट गर्ने विश्वविख्यात लेखक वेद मेहता तथा महाकविलाई आफ्नै डेरामा सेवा गर्नुहुने शंकर लामिछाने पत्नी रत्ना लामिछानेले पठाउनु भएका शुभकामना सन्देशका अंश सुनाउनु भएको थियो । कार्यक्रममा डिसी मेरिल्याण्ड भर्जिनिया तथा न्यूयोर्कवाट समेत सहभागिता भएको थियो । हेमन्त श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रमको अन्तमा प्रेम संग्रौलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 
 
 
 
 
 
 
 

नेपाली दुतावास अमेरीकाले चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो


 

नेपाली चाड दशै र तिहारको अवसर पारेर अक्टोवर ३ तारिकका दिन अमेरीकाका लागि नेपाली राजदुतको निवासमा नेपाली समुदाय र नेपाललाई माया गर्ने विदेशीहरुका लागि नेपाली दुतावास अमेरीकाले चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो । वासिंटन डिसी वरपरका वासिन्दाको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा नेपालवाट भ्रमणको सिलसिलामा अमेरीका आईपुगेका नेपालीहरुको पनि उपस्थिती थियो । नेपाली चाड दशै र तिहारको सम्मान हुने र यसले नेपाली समुदाय र दुतावास विचको सम्वन्धलाई पनि अझ मजवुत बनाई रहने कारण यो कार्यक्रम सकारात्मक भएको कुरा अमेरीकाका लागि कार्यवाहक राजदुत कालीप्रसाद पोखरेलले बताउनुभयो । चियापान कार्यक्रममा डीसी मेट्रो क्षेत्र वरपर रहेका नेपाली संघ-संस्थाका प्रतिनिधि तथा अन्य नेपालीहरुको समेत उपस्थितिरहेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक