20091005

गिरीजालाई फसाउन बेर छैन प्रचन्डले !!!

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ सरकार गठन गर्न र त्यसको नेतृत्व गर्न कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रस्ताव गर्नुभएको छ।
शाहीशासनको समयका मुख्यसचिव लोकमानसिंह कार्कीको घरमा आइतबार साँझ भएको दुई नेताको वार्तामा प्रचण्डले सो प्रस्ताव गर्नुभएको हो। सप्ताहको निम्तो मान्न भनी दुई नेता कार्कीको निवासमा पुग्नुभएको थियो र करिब १० मिनेट दुई नेताबीच मात्र वार्ता भएको थियो। अध्यक्ष प्रचण्डले कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएमा शान्तिप्रक्रिया तार्किक निष्कर्षा पुग्ने र संविधान लेखन-प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भन्दै कोइरालाले सरकारको नेतृत्व गरेमा माओवादी पनि सत्तामा सहभागी हुने जानकारी गराउनुभएको स्रोतको दाबी छ। नागरिक सर्वोच्चता स्थापनाका लागि तिहारपछिबाट आँधीबेहरी ल्याउने प्रकृतिको आन्दोलन गर्ने निर्णयस्थायी समिति बैठकबाट आइतबार मात्रै गरेको माओवादी पार्टी अध्यक्ष प्रचण्डले कोइरालाको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिको कदम सच्चिनुपर्ने खालको साझा सहमतिको प्रस्ताव ल्याउनुपर्ने र माओवादी आन्दोलनको औचित्यलाई पुष्टि गर्न सहयोग गरिदिनुपर्ने र्सत राख्नुभएको बताइएको छ।

सभापति कोइरालाले प्रचण्डलाई ठोस जवाफ भने नदिनुभएको कोइरालानिकट स्रोतको भनाइ छ। आफ्नो नेतृत्वमा सरकार गठन गर्दा अन्तर्राष्ट्रिय समुदायको सहयोग कस्तो रहन्छ भन्ने छलफलपछि मात्र कोइरालाले जवाफ दिने बताइएको छ।
नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रमबाट सभापति कोइराला निस्किएपछि पहिला पुत्री सुजाताको मन्डिखाटारस्थित निवासमा पुग्नुभएको थियो र आधा घण्टा त्यहाँ बसेपछि कार्कीको निवासतर्फलाग्नुभएको थियो। कोइराला पुगेको दुई मिनेटमा नै प्रचण्ड पनि त्यहाँ पुग्नुभएको थियो। एमाले कार्यालयबाट निस्कने क्रममा नै कार्कीले फोन गरेर प्रचण्डलाई आफ्नो निवासमा आउन आग्रह गर्नुभएको थियो।

Appeal for Emergency Help for late Mr. Rabindra Sharma: ANA

We are shocked and saddened by violent and premature death of late Mr. Rabindra Sharma while working. We join the pray with all of you for his departed soul.  The tragedy took place while he was working at his Citgo Gas station in Spartanburg, South Carolina on Sept 30, 2009, His body is still in hospital. His wife and children are in Nepal currently.  They were in the process of coming here shortly.
We request you to join hands and support South Carolina Association of Nepalese (SCAN) that  is working on all required logistics. America Nepalese Society, Washington, DC and Nepalis Association of Georgia are contributing on this. We are in urgent need of financial support for all sorts of arrangements.  Once again, we are requesting all Nepali organization to please come forward and extend your helping hand.

View video


 

You can make a donation by clicking on donate button below.Or by visiting http://www.anaonline.org
Emergency Fund for Late Rabindra Sharma
PayPal - The safer, easier way to pay online!
Or you can mail a check to   

Rabindra Sharma Fund

12780 Lavender Keep Circle
Fairfax, VA 22033

Association of Nepalis in the Americas (ANA)
For more information please contact:
Mr. Ganesh Basnet (President, SCAN at 413-885-3059)
Mr. Krishna Kandel (864-529-6470)
Mr. Kiran Sharma (uncle at 703-342-9796)
Dr. Ram Chandra Baral (803-466-9993)
Mr. CK Parajuli (678-381-7751)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक