20090928

कारागारबाट भागेका १३ कैदीमध्ये ३ कैदी पक्राउ

सोमबार कञ्चनपुर कारागारबाट भागेका १३ कैदीमध्ये ३ कैदी पक्राउ परेका छन्। साँझ ६ बजे भागेका कैदीहरु मध्ये योजनाका नाइके कमल चौधरी 'डेन्जर' लाई एक थान पेस्तोलसहित घट्ना लगत्तै वडा प्रहरीको टोलीले महेन्द्रनगर बजारस्थित ट्राफिक चोकबाट तथा रामबहादुर चन्द र करन नाथलाई भीमदत्त नगरपालिका-९ मटेना गाउँबाट प्रक्राउ गरेको छ। महिला बन्दीहरुलाई थुनुवा कोठामा राखेर मूलगेट खोल्ने क्रममा ज्यान मुद्दाका आरोपी कमल चौधरीले ड्युटीमा रहेकी एक महिला प्रहरीको कञ्चटमा पेस्तोल राखेपछि कैदी भाग्न सफल भएका थिए। फरार अभियुक्तहरु ज्यान मुद्दा, जर्वजस्ति करणी र चोरी डकैतीका रहेका छन्।फरार हुने कैदीमा कमल चौधरी 'डेन्जर', रामबहादुर चन्द, करन नाथ, रघुवीर चन्द, गणेश महतो, खेम बुढा, छत्रपति राना, उत्तम राना, दिपेन्द्र भण्डारी, धन बहादुर राना 'अविरल', प्रकास चन्द, उग्रसेन राना र गणेश धामी रहेका छन्।प्रहरीको दुई थान पेस्तोल र एउटा थ्री नट थ्री राइफल लुटेर उनीहरू फरार भएका थिए । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकथान थ्री नट थ्री राइफलमात्रै लुटिएको बताएको छ। यसैबीच घटनाको छानबीनका लागि गृहमन्त्रालयले मंगलवार छानबीन समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव शँकर कोइरालाको सँयोजकत्वमा गठित समितिमा प्रहरी वरिष्ठ उपरिक्षक पूर्णसिँह खड्का र राष्ट्रिय अनुसन्धान विभागका केशवबहादुर सिँह सदस्य रहेका छन्। फरार अन्यको खोजी भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक माधव नेपालले बताए।






हाम्रा प्रधानमन्त्री माकुने दम्पत्ती र अमेरिकि राष्ट्रपती ओबामा दम्पत्ती को यो फोटो हामीलाई पनि राम्रो लाग्यो


यो फोटो को बारेमा तपाईं को पनि केही कमेन्ट भए हामीलाई ईमेल गर्नुस्

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक