20090930

"प्रचन्ड अन्तत भैंसी चराउने राष्ट्रपती सँग गएर लल्याक लुलुक गलेर माफि मागे"


आफैले भैंसी चराउने भन्दै गाली र सत्तोसराप मात्र होइन बहिस्कार गरेका प्रचन्ड अन्तत तिनै भैंसी चराउने राष्ट्रपती सँग गएर लल्याक लुलुक गलेर माफि मागेका छन। भारत ले प्रचन्डलाई त्यसरी नुगाइ दिएको माओवादीकै नेता हरुले बताउदै उनी हरु प्रचन्ड सत्ता का लागि भारत सँग झुकेको आरोप लगाउन थालेका छन । भारतीय आदेश पालक प्रचन्ड को प्रभु बिरोधि नारा ले पनि अब हावा खाएको देखिन्छ । जे सुकै भए पनि सबै पार्टी एक भै दिए, देश मा शान्ती भैदिए हुन्थ्यो भन्ने जनताको चाहना छ ।

राजनीतिक गतिरोध अन्त्यका लागि तीन प्रमुख दलहरुबीचको संवादले तीब्रता लिइरहेको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ एक्कासी राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गरेका छन्। सेनापति प्रकरणमा माओवादीको निर्णय राष्ट्रपतिले उल्ट्याइदिएपछि सरकार छोडेर प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले पाँच महिनामा पहिलोपटक राष्ट्रपतिसँग भेट गरेका हुन्। राष्ट्रपति निवास शीतलनिवासमा साँझ करीब छ बजे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति यादवसँगको भेटवार्तालाई राम्रो शुरुवात भएको बताए। उनले समस्याबारे राष्ट्रपति गंभीर रहेको र आफुहरुबीचको संवादले निकास निकाल्न सहयोगी हुने बताए। छलफलमा पाँच महिना यताको घटनाको समीक्षा भएको र निकासतिर कसरी जान सकिन्छ भन्नेबारे कुराकानी भएको प्रचण्डले सन्चारकर्मीहरुलाई जानकारी दिए। उनले भने, “एक अर्काको अनुभव साटासाट भयो । कसरी निकासतिर जान सकिन्छ भन्नेबारे छलफल भयो”। समाचार स्रोतका अनुसार आफ्ना दुइजना सहयोगीसहित राष्ट्रपति निवास पुगेपनि झण्डै एकघण्टा लामो कुराकानी भने राष्ट्रपति यादव र प्रचण्डबीच मात्र भएको थियो। स्रोतका अनुसार दशैंको अवसर पारेर एक आपसमा शुभकामना आदानप्रदान गरेपछि उनीहरुबीच भेटघाट गर्ने योजना बनेको थियो। सेनापतिलाई बर्खास्त गर्ने तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्णयलाई उल्ट्याइदिएपछि राष्ट्रपतिले असंवैधानिक निर्णय लिएको भन्दै माओवादीहरु राष्ट्रपतिप्रति आक्रोशित रहँदै आएका छन्।
यसैबीच राजनीतिक गतिरोध अन्त्य गर्न माओवादीले आफ्ना वरिष्ठ नेताहरु रहेको वार्ता टोली गठन गरेको छ। यस अघि नै गठित एमाले र कांग्रेसका वार्ता टोलीबीच बुधबार दिउंसो भएको छलफलपछि माओवादीसँग मिलेर संसदमा साझा सहमतिको प्रस्ताव लाने निर्णय भएको छ। प्रचण्डले राष्ट्रपतिसँगको भेटवार्ता पछि पनि राष्ट्रपतिको कदम असंवैधानिक भन्ने अडान कायमै रहेको बताएकाले गतिरोध अन्त्य कसरी हुने हो भन्ने प्रष्ट भइसकेको छैन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक