20090911

प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार आठौं पटक मन्त्री मण्डल विस्तार गरे,मन्त्रीको संख्या ४४

प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार आठौं पटक मन्त्री मण्डल विस्तार गरेका छन् । शुक्रबार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का थप दुई जना मन्त्री थपिएका हुन् । अब मन्त्रीको संख्या ४४ पुगेको छ । तमलोपाका गोविन्द चौधरीलाई शिक्षा राज्य मन्त्री र चन्दा चौधरीलाई युवा तथा खेलकुद सहायक मन्त्री बनाइएको छ । थप गरिएका दुवै मन्त्रीले शुक्रबार नै राष्ट्रिय योजना आयोगको हलमा सपथ लिए। दुवै जनाले सपथ हिन्दी भाषामा लिएका थिए। गोविन्द नवलपरासीका हुन भने चन्दा सर्लाहीकी हुन। यी दुवै समानुपातिकमा निर्वाचित भएका हुन। मन्त्री मण्डलमा तमलोपाका कुल मन्त्रीको संख्या अब ६ पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक