20090918

कुखुरोलाई राष्ट्रिय चरो बनाउने प्रस्ताव !


काठमाडौँ, सानादेखि ठूला पार्टीसम्म, झुपडीदेखि महलसम्म र सबै समुदायको चुलोमा चढ्न थालेको कुखुरालाई अब राष्ट्रिय सम्मान नै दिने हो कि भनेर संविधानसभामा छलफल हुन थालेको छ । यस्तो राष्ट्रिय सम्मान पाउने कुखुरो कुन जातको हुने, साखिने वा ब्रोइलर, भाले वा पोथी, त्योचाहिँ टुङ्गो लागिसकेको छैन । यो विषय अझै छलफलकै क्रममा छ । चिकेन चिल्ली खाएर जिब्रो पट्काउने हुन् वा चिकेन रोस्ट, चिकेन तन्दुरी खाएर भुँडी ढल्काउने हुन्, ती सबैलाई कुखुराले राष्ट्रिय सम्मान पाउने कुरा सुन्दा खुसी नै लाग्ला तर कुखुराको मासु खानु त परै जाओस् कुखुराले छोयो भने नुहाउनेलाई भने यो कुरा कस्तो लाग्ला ?

नयाँ नेपाल निर्माणको महान् कार्यमा लाग्नुभएका संविधानसभा, संवैधानिक उपसमितिको बिहीबार बसेको बैठकमा सदस्यहरूबीच राष्ट्रिय चरो के राख्ने भनेर छलफल भएको थियो र बैठकमा हाल कायम रहेको डाँफे चराको सट्टा कुखुरा नै किन नराख्ने भनेर केही सदस्यले कुरा उठाउनुभयो । यसबारेमा उपसमितिले ठोस निर्णय भने गरिसकेको छैन । मस्यौदा उपसमितिका संयोजक देवप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय चिहृनहरू डाँफे, गाई, सिमि्रक र लालीगुराँसलाई कायमै राख्ने कि नराख्ने, राख्ने हो भने के के राख्ने भनेर छलफल भएको जानकारी उपसमितिका उपसचिव वासुदेव उप्रेतीले दिनुभयो । राष्ट्रिय चिहृनबारे समितिमा छलफल भए पनि टुङ्गोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय समितिको बैठकमा नै गर्ने सहमति भएको छ । एकजना सदस्यले 'मैले लालीगुराँस नै नदेखी आईएस्सी पास गरेँ, यो लालीगुराँस नै किन राख्ने' भनेर प्रश्न राख्नुभएको थियो ।

सदस्य सीपी मैनालीले राष्ट्रिय जनावरमा कृष्णसार राखे उचित हुने तर्क राख्नुभएको थियो । हाल कायम रहेको राष्ट्रिय जनावर गाई धर्मसँग जोडिएको हुनाले गैँडालाई राष्ट्रिय जनावरका रूपमा राखे उचित हुने विचार केही सदस्यको छ । बुधबारको बैठकमा राष्ट्रिय झन्डा हाल कायम रहेकोलाई नै राख्ने कि बदल्ने ? बदल्ने हो भने के राख्ने भनेर बिहीबारको बैठकमा प्रस्ताव ल्याउन सदस्यहरूलाई आग्रह गरिए पनि बुधबारको बैठकमा कसैले पनि झन्डा फेर्नैपर्ने र नयाँ झन्डा यस्तो हुनुपर्छ भनेर ठोस प्रस्ताव प्रस्तुत गर्नुभएन । राष्ट्रिय झन्डाको किनारामा रहेको नीलो रङको सट्टा हरियो राख्दा यसले वातावरणीय सचेतता झल्काउने, समृद्धिको प्रतीक र मुस्लिम समुदायको रङसँग पनि मिल्दोजुल्दो हुने हुँदा समितिमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको जनाइएको छ । उपसमितिको बैठकमा संविधान संशोधनबारे विषय प्रवेश भए पनि खासै छलफल अगाडि बढ्न सकेन । संविधानमा असंशोधनीय विषय राख्ने वा नराख्नेबारे पनि छलफल भयो ।

यसैगरी राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिका सभापति लोकेन्द्र विष्टमगरको सभापतित्वमा बसेको बैठकमा विशेषाधिकार दिने विषयमा छलफल भयो । बैठकमा त्यस्तो अधिकार प्रादेशिक कानुनले तोक्ने वा संविधानमै उल्लेख गर्ने भन्ने दुई विकल्पबारे बहस भएको छ । समितिका सचिव ठाकुर बरालका अनुसार उपसमितिका संयोजक हितमान शाक्यलाई यसबारे थप छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ ।



१२ वर्ष पूरा गरी १३ औं वर्ष प्रवेशका अवसरमा सगरमाथा टेलिभीजनका सञ्चालक राम खरेलसँग गरिएको कुराकानी


विगत १२ वर्षदेखि बाशिंटन डि सी क्षेत्रमा सगरमाथा टेलिभीजन नेपाली दर्शकहरुले हर्ेर्दै आएका छन । यो एकल प्रयास नेपाली भाषा , साहित्य संस्कृति सम्बर्ध्दनका लागि अति स्तुत्य छ । यसका सूत्रधार हुन् राम खरेल । अहिले यो टि भी इन्टरनेट मार्फ विश्वभरिका दर्शकहरुले हर्ेन सक्छन । कसरी शुरु भयो टि भी र अहिले के अवस्था छ , त्यसबारे १२ वर्षपूरा गरी १३ औं वर्षा प्रवेशका अवसरमा सञ्चालक राम खरेलसँग गरिएको कुराकानी प्रस्तुत छ ।

* सगरमाथा टिभि १२ बर्षुगी १३ बर्षप्रबेश गरेको अवसरमा टिभि शुरु गर्दाका ती दिनहरुलाई कसरी संझनु हुन्छ ?

सगरमाथा टिभि शुरु गर्दा त्यतिबेला यहाँ यस क्ष्ँोत्रमा पच्चीस सय ३ हजार नेपाली थियौं होला । नेपाल पुगेर फर्केका विदेशी र केही दक्ष्ँिाण एसियालीहरुलाई बाहेक अरुलाई नेपाल कहाँ छ भन्ने नै थाहा थिएन । त्यस्तो बेलामा नेपाल चिनाउन टिभि शुरु गरियो । आधा घण्टाको कार्यक्रम बनाउन उत्पादन खर्च २सय५० लर लाग्थ्यो । तर कार्यक्रम स्तरीय बनाउन स ुविधाजनक सामग्री पनि नभएकाले त्यति स्तरीय थिएन ।

* शुरु गर्दा को को हुनुहुन्थ्यो ?

म्ा एक्लै हो । तर भर्खर थालेको ले बोर्डमा शुबु के.सी. र कविन्द्र सिटौला हुनुहुन्थ्यो । प्रेमराजा, सरोज आदिलाई नाम मात्रको बोर्ड सदस्यको रुपमा राखिएको थियो ।

* उत्पादन खर्च २५० डलरले नै पुरा कार्यक्रम बन्थ्यो त ?

२५० डलर त स्टेशन शुल्क मात्र हो । पूरा कार्यक्रम बनाउन ४०० डलर जति लाग्थ्यो ।

* अनि ४०० डलरमध्ये कति आम्दानीबाट चलाउनु हुन्थ्यो ?

पहिलो ६ महिना त विज्ञापन नै थिएन । त्यतिबेला केही नेपालीहरुले सहयोग गर्थे । महिनामा २/३ सय उठ्थ्यो । बाँकी खल्तीबाटै व्यहोरिन्थ्यो ।

* अनि अहिले ?

अहिले स्टेशन फी ८४० डलर छ । अरु खर्च जोड्दा १हजार२सय५० डलर जति पर्छ एक घण्टाको कार्यक्रम तयार गर्न ।

* अनि आम्दानी चाहिं कति हुन्छ नी ?

हप्ताको ५ सय २५ डलर विज्ञापनबाट आउछ । गत बर्षरिमा २ हजार २ सय डलर प्राप्त भएको थियो । तर यस बर्षजुलाईसम्ममा ५ सय डलर मात्र प्राप्त भएको छ । तामाङ सोसाइटी, पासा पुच, नेवा अर्गनाईजेशन,एनइसीसी,नेपाली स्कुल गुरुङ समाजहरुले पनि वाषिर्क रुपमा २०० सयका हिसावले सहयोग गर्ने गरेका छन । टिभि शुरु भए देखिन नै निरञ्जन सिं रेग्मीले बर्षो ६५, वुद्ध लामा परिवारले २०० डलर, कृष्ण निरौला परिवारलेे १०० तथा मल्ल्ा परिवारलेे ३०० डलर नियमित रुपमा पर्ठाईरहेका छन । कसै कसैले ग्राजुयसन, जन्मदिन, समबेदना आदिका लागि पनि जब की समबेदनाका लागि लिने नीति छैन ।

* अनि यत्रो घाटा सहेर प्रतिफल चाहिं के पाउनु भएको छ त ?

यसले सगरमाथा चिनाएको छ । नेपाली कला र संस्कृति चिनाएको छ । समग्रमा म राम खरेल भनेर चिनाएको छ । यही टिभिका लागि स्थापना का स्थापनाकालदेखि अहिलेका प्रधान मन्त्री माधवकुमार नेपालबाहेक सबैको अन्तरबार्ता लिन पाएँ । प्रथम राष्ट्रपति डा. राम बरण यादबको अन्तरवार्ता लिन पाएँ । तपाई विश्वपरिक्रमाका लागि अन्तरवार्ता लिन आउनुभयो । रेडियो दोभान ले संझीरहन्छ । कुनै कार्यक्रममा जादा टिभिमा देखिने राम खरेल भनेर सुमसुम्याउनु हुन्छ । त्यो उपलब्धि हो । साना साना केटाकेटीसमेत चिन्छन त्यो पनि उपलब्धि हो ।

* भन्नाले यही उपलब्धि नै तपाईको सन्तुष्टि हो ?


हो , यो उपलब्धि नै मेरो सन्तुष्टि हो । यही टिभि कै कारणले उत्तर अमेरिकाको गैर आवासीय नेपाली संघको मिडिया को अर्डिनेटर हुन पाएँ । यो पनि उपलब्धि हो ।

* परिवार आफन्तजनले कसरी लिएका छन नि ?

मेरी श्रीमति, जेठी सासु , जेठान सबैले काम मै हात बाडेका छन । ७६ बर्षपुगी सकेकाी मेरी आमा दमन्ता खरेल मलाई टिभि नछोड भन्नुहुन्छ । देशको गौरब हो सकुन्जेल चलाउनर्ुपर्छ भनेर मेरा पिताजी देवीप्रसाद खरेल भन्नुहुन्छ ।

* सगरमाथा टिभि व्यत्तिगत भयो यसलाई सामुदायिक बनाउनुपरयो भन्ने आवाज बेला सुनिन्छ नि ?

म पनि संस्थागत गर्नेकुरामा असहमत छैन । मेरो धारणा पनि यही हो । तर हेर्नोस भ्वाइस अफ अमेरिका मार्फ शूरु गरिएको रेडियो डा. धर्म आचार्य,चिन्तामणि लामिछाने इत्यादिले संस्थागत रुपमा चलाउन खोज्नुभयो । तर सफल भएन । सन १९९८ मा नेपाल भिजन टेलिभिजन बन्द भयो । पटक पटक बैठक गरेर यसलाइ संस्थागत गर्न प्रयास गरेको छु मैले । सबैालई स्वागत गरेको छु तर अघि र्सर्ने कोही भएन । अझै पनि ढोका खुला छ । तर मलाई लाग्छ संस्थागतरुपमा घाटामा यति लामो बर्षम्म चल्न सक्ने थिएन । उहिल्यै बन्द हुन्थ्यो ।

* सगरमाथा टिभिलाई राष्ट्रिय रुपमा लैजान सकिन्न ?


अमेरिकामा एउटै नेपाली टिभि भएकाले स्टेशनबाट बारम्बार अफर त आएको छ राष्ट्रियस्तरमा लैजान । तर पिकनिक लगायतका स्थानीय कार्यक्रम सम्बन्धी स ुचना दिइन्ो गरिएकाले यो स्थानीय नेपालीहरुका लागि रुचीको विषय भएको छ । तर राष्ट्रियरुपमा लैजादा स्थानीय कुराहरुले महत्व पाउन्नन । उनीहरुलाई रुचीको विषय नहुन सक्छ । राष्ट्रिय रुपमा लैजान नेपाली भाषा मात्रले भएन । जब कि मेरो उद्धेश्य नेपाल र नेपाली भाषा चिनाउनु हो । तर हेरौं कुनै दिन राटि्रय रुपमा गईपो हाल्छ कि ।

* सगरमाथा टिभिमा स्वयम सेवकका रुपमा काम गर्ने त प्रसस्त भए होला नि ?

सगरमाथा टिभिको सफलता नै भोलेन्टियरहरुबाट प्राप्त भएको हो ।यहाँदेखि नेपालसम्म छन । हाम्रो कार्यक्रमका होष्टहरु डा. बविता श्रेष्ठ,नेपोलिना क्षेत्री,निमा खत्री,बबल भण्डारी,उत्सा खत्री,मनिषा खड्का, राजश्री श्रेष्ठ, र अहिले शर्मिला उपे्रती हुनुहुन्छ । त्यस्तै विविध संगालोका गोविन्द गिरी,स र्ूयमाला शर्मा,पुरु स ुबेदी, बस्ान्त श्रेष्ठ, जी.पी.अर्याल म भन्दा अघि थिए । अहिले म आफैं चलाउछू । विपिन उप्रेती पुरक होष्टका रुपमा हुनुहुन्छ । नीलु उप्रेती खरेल सम्पादनलगायतमा छिन । स्थापना कालदेखि अहिलेसम्म निरन्तररुपमा विविध किसिमले आथिक सहयोग, कम्प्युटर दिने, वेभका लागि काम गरिदिने, सल्लाह स ुझावआदि दिने गरेर सुबुप्रताप केसीले जे जति गर्न भएको छ त्यसलाई धन्यवाद भनेर मात्र पुग्दैन । वेभका लागि सहयोग गर्नेमा गणेश तिमिल्सिनालाई पनि विर्सनुहुदैन । प्रचार प्रसारमा गिरिश पोखरेलको ुगुन पनि विर्सिनसक्नु छ ।

त्यसैगरी नेरिश्ाा उप्रेती, नारायण खरेल, हान्स स्वयरको योगदान पनि प्रशस्त छ ।नेपालमा दर्ुगानाथ शर्मा,प्रताप अधिकारी,अशोक स ुबेदी,गुणराज लुइटेल,सरिता लामिछाने,विनोद शिवाकोटी,पदमराज खरेल,रिशीराम सरिता लामिछानेले लाउनुसम्म गुन लगाएका छन सगरमाथा टिभिलाई । सरिता लामिछानेलाई कतिले शंका पनि गरे तर उहाँले कहिल्यै १ पैसा नलिई निरन्तर सहयोग पुरयाउनु भयो ।

* अनि अन्तमा एउटा कुरा सोधु , तपाईलाई अलि घमण्ड गर्छ भन्छन, अरुलाई गन्दैन भन्छन नि , के हो यो ?

यो कस्तो हुन्छ भने , म देखेको कुरा फ्याट्ट भनि हाल्छु र प्रष्टै भन्छु । फेरि टिभिको लोकप्रियता बढेकाले त्यसैपनि मान्छेले यसले घमण्ड गर्यो भनिदिन्छन । कतिपय अबस्थामा के हुन्छ भने टिभिमा देख्नेहरुले मलाई त राम्रै चिन्छन र बोल्न आउछन तर मैले त्यो रुपमा नचिनेको हुन सक्छ । फेरि कतिपय अवस्थामा म क्यामेरा चलाई रहेको बेला मान्छेहरु बोल्न आउछन तर मैले बोल्न मिल्दैन । त्यस्तो बेलामा या त रेकर्डिङ रोक्नुपरयो या त नबोल्नु परयो । यो परिबन्दले यस्तो देखिएको हो । विश्वपरिक्रमा मार्फत पाठक तथा मेरा दर्शक एबम शुभचिन्तकहरुलाई मेरो वाध्यता बुझिदिन अनुरोध गर्दछु । मेरा कमी कम्जोरी भए औंल्याईदिन पनि अनुरोध छ । किन भने म पनि एक मनुष्य हु गल्ती कमजोरी म मा छैन भन्न सक्दिन । -Source विश्वपरिक्रमा/nepalhorizons.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक