20090927

बिचरा माकुने लाई अमेरिकामा पनि हैरान पारे माओवादीका कार्यकर्ता र केही अन्य नेपालीले


प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गर्दैगर्दा राष्ट्रसंघ भवनबाहिर विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। प्रदर्शनकारीहरुले निर्धारित समयमा संविधान बन्नुपर्ने लगायतका नाराहरु लगाएका थिए। स्वतन्त्र विद्यार्थी समूहको नाममा आयोजित कार्यक्रमलाई प्रगतिशील नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवद्धता जनाएका थिए । अमेरिकी समय अनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म ड्याग ह्यामर्सोल्ड प्लाजा (यू्. एन. प्लाजा) को सडक नं पूर्व ४७, पथ १ र २ बीचमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरेका हुनाले प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थिएन। आयोजकहरुको अनुरोध अनुसार सहभागीहरुले कालो टि-सर्ट लगाएर र कालो झन्डा बोकेर आएका थिए।

प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्टसंघको ६४ औँ महासभालाई शनिबार राति सम्बोधन गरेका छन्। बाह्रौँ वक्ताका रुपमा समय निर्धारण गरिए पनि एघारौँ वक्ताका रुपमा निर्धारित समयभन्दा झन्डै पौने घन्टा ढिलो सम्बोधन थियो।

प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकामा पनि सुख पाएनन्। न्युयोर्कमा भएको एउटा कार्यक्रममा सहभागीहरुले व्यापक हुटिङ गरेपछि प्रधानमन्त्री लुसुक्क टाप कस्न बाध्य भए। प्रमलाई सुरक्षाकर्मीले बाहिर निकाल्न भ्याउँदा नभ्याउँदै कार्यक्रम स्थल पूरै सिठीको साइँसुइँ र डाङडुङ आवाजले भरियो। यस्तो अवस्थामा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई गाडीसम्म पुग्नै हम्मेहम्मे पर्यो।


दुई दिन भित्रमै राजनीतिक गतिरोध अन्त्य हुनेछ कोइरालाले भने

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले दुई दिन भित्र मै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन्। राजनीति गतिरोध अन्त्यका लागि उनले आज साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहालसित कुराकानी गर्दैछन्। ‘दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्य हुनेछ, त्यसका लागि म आज साँझ प्रचण्डजीसित कुरा गर्दैछु'-तीनदिने विराटनगर बसाईको अन्तिम दिन आइतबार सञ्चारकर्मीसित कुरा गर्दै कोइरालाले भने। उनले भने-‘दलहरुबीचको असझदारी चाँडै अन्त्य हुनेछ।'
कोइरालाले साँझ दाहालसित सार्थक वार्ता हुने विश्वास व्यक्त गरे। उनले भने-‘माओवादी पनि गम्भीर देखिएका छन्, राजनीतिक गतिरोधको अन्त्य दुई दिनभित्रमा नै हुनेछ।' सहमतिका साथ सबै अगाडि बढे सबै समस्याको समाधान हुने तर्क गर्दै कोइरालाले भने-‘वार्ता, सहमति र सहकार्यलाई नयाँ तरिकाले अगाडि बढाउने समय आइसकेको छ।'

उनले भने-‘सरकार र प्रधानमन्त्री बनाउनु र बन्नु ठुलो कुरा होइन्, सबै मिलेर समयमा संविधान बनाउनु नै आजको आवश्यकता हो।' उनले सहमति, सहकार्य र एकतामा फेरि पनि जोड दिए। यसअघि शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि बुटवलमा दशैँका बेला सहमति जुट्ने परम्परा रहेको बताउँदै उल्लासका साथ दशैँ मनाउन आग्रह गरेका थिए।

यस् पालीको दसैँ पनि मान्न मैले पाइन

ए आमा दशै आको होकी होइन थाहै भएन 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक