20090927

नेपाल ऐतिहासिक संक्रमणको संघारमा : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले जनआकांक्षाअनुसारको संविधान निर्माण गर्नु, राष्ट्रिय सहमतिका आधारमा चालू शान्ति प्रक्रियालाई सार्थक टुंगोमा पुर्याउनु र आर्थिक सेवाको सुनिश्चितता गर्न सबै उपाय अपनाउनु नै वर्तमान सरकारका प्राथमिकता भएको बताउनुभएको छ। अमेरिकामा कोलम्बिया विश्वविद्यालयद्वारा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले सो धारणा व्यक्त गर्नुभएको हो। ‘माओवादी लडाकाहरूको सुपरिवेक्षण, समायोजन र पुनः स्थापनाका लागि विशेष समिति तथा व्यवस्थापनलगायतका लागि प्राविधिक समिति पुनर्गठन गरिएको छ’, प्रम नेपालले भन्नुभयो- ‘शान्ति प्रक्रियालाई गति दिन यी समितिहरूले आफ्नो कामसमेत शुरू गरिसकेका छन्।’

उहाँले नेपाल भारत र चीनका बीचमा अवस्थित रहेको र दुवै राष्ट्रहरूसँग सहयोग र मित्रताको सुमधुर सम्बन्ध रहेको बताउँदै यहाँको विदेश नीति विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना र विस्तार गर्ने हाम्रा आकांक्षाहरूद्वारा निर्देशित छ भन्नुभयो। बहुपक्षीयता परराष्ट्र नीतिको आधारतत्त्व भएको र संयुक्त राष्ट्रसंघका सिद्धान्त र आदर्शहरूप्रति अगाध आस्था रहेको पर्रि्रेक्ष्यमा अन्तर्राष्ट्रिय मामलाहरूमा संयुक्त राष्ट्रसंघको भूमिकाको सधैँ र्समर्थन गरेको पनि प्रमको धारणा थियो। ‘हाम्रो शान्ति प्रक्रिया र विगतका सम्झौताअनुसार हतियार व्यवस्थापनमा राष्ट्रसंघीय नियोगको भूमिकाका लागि हामी र्समर्थन गर्दछौं’ -प्रमले भन्नुभयो। नेपाल ऐतिहासिक संक्रमणको संघारमा रहेको बताउँदै उहाँले नेपाली जनताको निर्भयपूर्ण दृढता र अन्तर्राष्ट्रिय समुदायको निःस्वार्थ सहयोगविना यो सम्भव थिएन भन्नुभयो। ‘शासन व्यवस्थाको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक प्रकृति र सबै मौलिक अधिकारहरू तथा सीमान्तकृत समूहको समावेशी प्रक्रियाको प्रत्याभूति निश्चित गर्ने नयाँ शासनस्वरूपको निर्माणमा कुनै सम्झौता गर्दैनौं’ -प्रमले भन्नुभयो।


कम्प्युटरको दुनियाँ एनिमेसोन को कमाल, दाजुभाइ दिदी बहिनी आफ्नो मन समाल



अर्काको ज्यान मारेर मासु खानु राम्रो होइन तर पनि दशै का बेला भुटुवा खान चाँही ठिकै हुने है !  
 



यस्तो पनी दशै को शुभकामना



मेरो एक जना पत्रकार मित्र छन गणेश बस्नेत काठमाडौंमा । उनिले एउटा दशै को शुभकामना अत्यन्त रोचक ढंगले पठाएका रहेछन । हेर्दा सुरुमा होइन गणेश लाइ के भएछ भन्दै थिएँ,अन्तिम तिर पुग्दा थाहा भयो उनिले रोचक ढंगले प्रस्तुत गरेका रहेछन , रमाइलो लाग्यो, गणेश भाई तपाईंलाई पनि शुभकामना ....,

उनिले पठाएको शुभकामना ,,,

"घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा िझंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्,  किरा परेर मर्न परोस्,................भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी तथा दिपावली 2066 को मंगलमय शुभ कामना......................"


वेल्जियममा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Bikal adhikari @ नेपाली जनसम्परक समिति वेल्जियमको आयोजनामा वेल्जियमको अन्त्रोपेन शहरमा विजया दशमीको अधिल्लो दिन महानवमीमा वेल्जियममा रहेका नेपाली संघ सस्थाहरुहरु विच आपसी भाइचारा अभिवृद्धि तथा शु्भकामना आदान प्रदान तथा विशेष जलपान समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
सुस्ताएको नेपाल जनसम्पर्क समितिलाइ उल्का घिमिरेको नेतृत्वमा पुनर्गठित भए पछि पहिलो पटक आयोजना गरिएको सार्वजनिक कार्यक्रमा वेल्जियमा रहेका सवै संघ सस्थाका जिम्मेवार पदाधिकारीहरु तथा समाजका लव्ध प्रतिष्ठित महानुभावहरुको विशेष उपस्थितिले कार्यक्रमलाइ थप रोचकता प्रदान गरेको थियो ।
विजया दशमी तथा शुभ दिपावली २०६६को पावन अवसरमा आयोजना गरिएको सो शुुभकामना आदान प्रदान तथा जलपान समारोहको औपचारिक कार्यक्रमको समापतित्व सस्थाका अध्यक्ष उल्का घिमिरेले गर्नुु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका महासचिव कमल सिटौलाले गर्नुभएको थियो ।
कार्यक्रमा स्वागत मन्त्यव्य सस्थाका वरिष्ठ उपाध्यक्ष घनवहादुर शाहीले गर्नु भएको थियो भने धन्यवाद सस्थाका अर्का उपसभापति सुदर्शन सिंखडाले गर्नुभएको थियो ।
सो शुभकामना आदान प्रदान समारोहका प्रमुख अतिथि एनआरएन वेल्जियमका सस्थापक अध्यक्ष तथा वर्तमान एनआरएन केन्द्रीय समितिका केन्द्रीय सदस्य रविन्द्रमान श्रेष्ठ हुनुहुन्थ्यो ।विगत लामो समय देखि वेल्जियममा वसोवास गरेर नेपाली समाजमा निष्पक्षपुुुर्ण र गैरराजनैतिक चरित्र प्रर्दशन गर्नु भएका प्रमुख अतिथि श्रेष्ठलाई उहाले गैरआवासीय नेपालीहरु विचमा पुराउनु भएको योगदान स्वरुप सस्थाका सभापति उल्का घिमिरेले दोसल्ला ओढाइ विशेष सम्मान गरिएको थियो । विदेशको भूमीमा रहेका नेपालीहरु विच आपसी भातृत्व अभिवृद्धि उजागर गरि नेपालमा हुने र भएका जस्तै राजनैतिक द्धेष र कलहलाइ विर्सेर केवल नेपाली भएर वाच्न प्रेरणा मिलोस भन्ने अभ्रि्रायले उहालाई गरिएको सम्मान प्रतिविम्विति भएको कार्यक्रममा सहभागी एक नेपाली मिन मगरले जनाए ।
सो कार्यक्रममा वेल्जियमवाट एनआरएन आइसिसीका नवनिर्वाचित सदस्य अर्जुन कुमार श्रेष्ठ ,एनआरए एन वेल्जियमका भुपु अध्यक्ष युवराज गुरुग ,पासापुच की अध्यक्ष रजनी प्रधान ,एनडिफ वेल्जियमका वर्तमान अध्यक्ष तुलसी नाथ सुवेदी ,नेपाल महिला संघ वेल्जियम की विमला अधिकारी , एनआरएन वेल्जियमका उपाध्यक्ष लिलाधर पन्त ,नेपाली जनप्रगतिशिल मंचका उपाध्यक्ष चित्र सुवेदी ,नेपाली जनसम्पर्क समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार गोपाल सापकोटा लगायतकाले आफ्नो शुभकामना मन्त्यव्य राख्नु भएको थियो । अधिकांश अतिथिहरुले नेपाली जनसम्पर्क समितिको यो परम्पराको खुलेर समर्थन गर्नु भएको थियो , उहाहरुको अधिकांशको एउटै चाहाना थियो विभिन्न सस्थाहरुमा जहावाट काम गरे पनि मुल लक्ष नेपाल र नेपालीकै हक हित र उत्थानका लागि लाग्नुपर्ने आवस्यकता रहेको भावना व्यक्त गर्नु भएको थियो ।
विजया दशैको अवसरमा आयोजना गरिएको सो जलपान समारोहमा नेपाली काग्रेसका महामानव विश्वेश्वर प्रसाद कोइरालाको तस्विरमा प्रमुख अतिथि तथा अतिथिहरु लगायत उस्थित सवैले माल्यार्पण गरेका थिए भने नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणहरुमा शहीद भएका वीर ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारणा पनि गरिएको थियो ।
सो कार्यक्रममा इनेपाल न्युज डट कमा प्रधानसम्पादक कृष्णप्रसाद रेग्मी , प्रवासी पत्रकार संघका संयोजक पुरुषोतम सुवेदी ,विश्व मगर संघका अध्यक्ष मार्के मगर , उपाध्यक्ष विशाल मगर , तामांग समाजका संरक्षक भरत तामांग ,एनडिएफका सस्थापक अध्यक्ष कृष्ण खतिवडा , नेपाली जनसम्पर्क समितिका सल्लाहाकार अनन्त शर्मा , विनोद घिताल , चितवन सहायता कोषका उपाध्यक्ष तथा जनसम्पर्क समितिका उपासभापति दिनेश भण्डारी , म्याग्देली समाज वेल्जियमका ढढ शर्मा , नेपाल वेल्जियम सास्कृतिक समाजका मदन गुरुग लगायतका समाजका विभिन्न क्षेत्रका व्यक्तीत्वहरुको उपस्थित रहेको थियो ।

सो समारोहमा प्रमुख अतिथि तथा अन्य सस्थाका प्रतिनिधिहरुलाई सस्थाका सभापति उल्का घिमिरे खाता ओढाइ सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथिलाइ खाता र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । भने प्रमुख अतिथि र अतिथिहरुलाई सविता शाही र राधा घिमिरेले व्याज वितरण गर्नु भएको थियो ।
शुुभकामना आदान प्रदान समारोह पश्चात जनसम्पर्क समितिले तयार पारेको मासु , चिउरा , अचार र सेल रोटी लगायतका परिकारहरु सहभागीहरुले स्वादमानी खादै एक आपसमा शुभकामना आदान प्रदान गरेको क्षण अविष्मरणीय थियो ।
स्मरणीय छ नेपाली जनसम्पर्क समिति वेल्जियमले नेपाली समाजका विभिन्न संघ सस्था तथा नेपाली समाजमा लक्षित गरेर गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो । आजको कार्यक्रमको पुर्ण सफलता पश्चात पुनर्गठित समिति थप उस्साहित भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक