20090927

नेपालको पो दशैं, अमेरिका को दशैं के दशैं, तर पनि रमाइलो मान्नु पर्ने बाध्यता, यसैले अमेरिका मा हामी दशैं यसरी मनाउदैछौं


यो जमघटका आयोजक बाबुराम शर्मा र भाउजु बिष्णु शर्मालाई हार्दिक धन्यवादहै सबै सहभागिका तर्फबाट
 














 






 











अमेरिका बाल्टिमोरमा नेपाली भाषा कक्षा सञ्चालन


बाल्टिमोरमा रहेका स्थानीय नेपालीहरुको सामुदायिक संगठन बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) ले पहिलोपटक बाल्टिमोरमा नेपाली भाषा कक्षा सञ्चालन सेप्टेम्बर २७ देखि शुरु गरेको छ । आइतवार स्थानीय रोजडेल पब्लिक लाइब्रेरीमा औपचारिक कार्यक्रमको आयोजना गरी आरम्भ गरिएको भाषा कक्षा सञ्चालनसँगै बाल्टिमोर आसपास बसोवास गर्ने नेपालीहरुका बालबच्चाले अब आफ्नै भाषामा पढ्न र लेख्न सिक्ने अवसर पाउने भएका छन् । हाल अमेरिका भ्रमणमा रहनु भएका योगी आत्मानन्द गिरीले नेपाली भाषा र संस्कृतिको आवश्यकता र महत्वमाथि चर्चा गर्नुभएको थियो । यस्तो महत्वपूर्ण कार्य शुरु गरेकोमा बाना नेतृत्वको सह्राहना गर्दै सबै नेपाली अभिभावकहरुलाई आफ्नो घरमा बालबच्चालाई नेपाली बोल्न अभ्रि्रेरित गर्न समेत गिरीले आग्रह गर्नुभयो । उहाँले वैदिक मन्त्रोच्चारण गरी भाषा कक्षा शुभारम्भ गर्नु भएको थियो ।

बानाले आरम्भ गरेको भाषा कक्षा सञ्चालनको शुभारम्भका अवसरमा बानाकी अध्यक्ष रबिना थापाले सबैलाई स्वागत गर्दै आफ्ना बालबच्चाहरुलाई भाषा कक्षामा भर्ना गर्राई भाषा सञ्चालन कार्यलाई सहयोग पुर्याउन अभिभावकहरुलाई आग्रह गर्नुभएको बानाका महासचिव गौतम दाहालद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार भाषा कक्षा सञ्चालक उपसमितिका संयोजक डा. श्याम कार्कीले भाषा कक्षा सञ्चालनको प्रक्रिया बारे जानकारी दिनु भएको थियो । कार्कीले दिनुभएको जानकारी अनुसार हाललाई महिनाको दुइपटक कक्षा सञ्चालन गरिनेछ र हरेक कक्षा सञ्चालन बापत प्रत्येक विद्यार्थीबाट पाँच डलर शुल्क लिइनेछ । भाषा कक्षा सञ्चालन उपसमितिका सदस्य डा. भीम कट्टेलले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा उपसमितिका सदस्य एवं बानाका पूर्व अध्यक्ष कृष घिमिरले बालबच्चाका लागि अभिभावकले पुरा गर्नुपर्ने जिम्मेवारीका बारे प्रकाश पार्नुभएको थियो ।

४० जना विद्यार्थीबाट आरम्भ गरिएको भाषा कक्षा सञ्चालनको शुरुवातमा शिक्षकहरु बानाका महासचिव गौतम दाहाल, नायिका एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य पूजा चन्द,बानाका सूचना निर्देशक एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य चेतन पौड्याल र भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य यज्ञमान शाक्यले राष्ट्रिय गानसहित पहिलो कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको अन्तमा कलाकार एवं नृत्य निर्देशक यज्ञमान शाक्यले मञ्जुश्री नृत्यको एक अंश प्रस्तुत गर्नु भएको थियो । पहिलो कक्षाका सहभागी विद्यार्थीहरुलाई बानाका संस्थापक मध्येका एक गणेश मलेगोले जुस उपलब्ध गराउनु भएको थियो । यसअघि नै अमेरिकाका भर्जिनिया, टेक्सास लगायतका अन्य केही भागमा समेत नेपाली बालबच्चाका लागि नेपाली भाषाको कक्षाहरु संचालनमा आइरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक