20090925

प्रधानमन्त्री माधव नेपाल अमेरिकामा के के गर्दैछन तपाईंलाई थाहाछ ?


प्रधानमन्त्री माधवकुमार नेपालले विश्वका विभिन्न नेताहरुसँग भेट गरेका छन। संयुक्त राष्टसंघको ६४ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नेपालले बुधबार र बिहीबार ती भेटहरु गरेका हुन। उनले अमेरिकी राष्टपति बाराक ओबामा, चीनका राष्टपति हु जिन्ताओ, बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन, फिनल्यान्डका राष्टपति तार्जा हालोनेन, कतारका प्रधानमन्त्री शेख हमद विन जसम विन जावर अल थानी, दक्षिणकोरियाका राष्टपति ली म्युंग ब्याक, थाइल्यान्डका प्रधानमन्त्री अभिसित भेजाजिभा, नाउरुका राष्टपति मार्कस स्टेफेन, अस्टियाका राष्टपति हेन्ज किसर, बोलिभियाका राष्टपति इभो मोरालेसलगायतसँग भेट गरेका छन।


काठमान्डौमामा कलाकारहरुको शुभकामना आदान प्रदान


नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौंमा आयोजित दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम लाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिकाका उपाध्यक्ष्य बरिस्ठ कलाकार हरी बहादुर थापाले सबै कलाकार हरुको एकता मा जोड दिनु भयो। कुनैबेला नेपालमा सर्बाधिक लोकप्रिय बनेको मालती मंगलेका नायक समेत् रहेका श्री थापाले दशैका उपलक्ष्य मा देश बिदेशमा रहेका सबैकलाकार र नेपाली हरुलाई शुभकामना दिदै छिट्टै अन्तरराष्ट्रिय कलाकार मन्च को नेपाल शाखा र अन्य देश हरुमा पनि शाखा खोलिन लागेको बताउनु भयो ।

संघका अध्यक्ष्य रमेश बुढाथोकी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नायक भुवन केसी, शिव श्रेष्ठ , साहित्यकार उन्नती बोहोरा, लगायत का कलाकारहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
साथै काठमाडौं मै अभियान संस्थाद्वारा अन्तरराष्ट्रिय कलाकार मन्चका उपाध्यक्ष्य हरी बहादुर थापालाई अभिनन्दन पनि गरिएकोछ । यस् अबसरमा अभिनन्दित उपाध्यक्ष्य लाई मन्चका तर्फबाट बधाई र अभियान लाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

एकै छिन यो बच्चाको चर्तिकला हेरेर हास्ने कि !!!






गोली हानाहान हुँदा तीन जनाको मृत्यु


सप्तरीको बैरवा ६ मा आज बिहान प्रहरी र मधेसी मुक्ति टाइगर्स कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागि तीन जना टाइगर्स कार्यकर्ताको मृत्यु भएको छ। घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको सप्तरी प्रहरी प्रमुख गोपाल भण्डारीले बताए। मारिने मध्ये भवानी सिंह भनिने पोरताहा ७ निवासी उनाइ यादवको मात्र सनाखत भएको छ। घटनास्थलबाट एक थान पेस्तोल दुई थान कटुवा र पाँच राउन्ड गोली बरामद भएको प्रहरीले बताएको छ। तराईमा सशस्त्र स‌‌घर्ष गर्दै आएको टाइगर्सले दशैँ र तिहारको अवधिमा युद्धविराम घोषणा गरेको थियो। टाइगर्सका संयोजक प्रताप सिंहले युद्धविरामको अवधिमा आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गरेको जिकिर गरेका छन्।

एक नेपाली शान्तिरक्षक सैनिकलाई

गोली हानी हत्या

लाइबेरियामा राष्ट्रसंघीय शान्ति सेनामा तैनाथ एक नेपाली शान्तिरक्षक सैनिकलाई बिहीबार राजधानी मोन्रोभियामा अज्ञात बन्दूकधारीहरुले गोली हानी हत्या गरेका छन्। मृतक ओखलढुंगा गाविस कुन्ता देवी गाविस ७ घर भएका मिलनकुमार कार्की रहेको प्रहरी स्रोतले जनाएको छ। कार्कीको पेटमा दुई वटा गोली लागेको बताइएको छ। अन्मिलका उपप्रवक्ता माइकल साहले मध्यरातमा कुनै 'घटना' भएर उनको मृत्यु भएको प्रतिक्रिया दिएका छन्। राष्ट्रसं‌घले यसबारे छानबिन गरिरहेको छ। सन् १९८९ र २००३ मा गृहयुद्ध चर्किएपछि लाइबेरियामा राष्ट्रसंघीय सेना तैनाथ गरिएको थियो। हाल त्यहाँ १० हजार शान्तिसैनिक तैनाथ छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक