20090927

हर्षोल्लासका साथ विजया दशमी मनाइँदै , बिहान १०:५५ बजे टिका ,झगडामा दुईको ज्यान गयो ,




 
नेपालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ।
विजयादशमीको उपलक्ष्यमा सोमबार बिहान १०:५५ बजे टिका लगाउने शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। दुर्गामाताको प्रसाद लगाउन र आर्शिवादका लागि साइत जुराउन अवश्यक नरहेको तर साइत खोज्नेहरूका लागि भने साइत जुराइएको समितिले बताएको छ। सो समितिका अनुसार सोमबार बिहान ९:३५ बजे देवी विसर्जन, दिउँसो १२:२१ बजे तुलजा भवानी यात्रा र दिउँसो १:०५ बजे शिराशनको साइत रहेको छ।

आपसी सदभाव, सुख समृद्धी र दीर्घायुको लागि शुभकामना बाँडेर रमाइलो गरी मनाइनुपर्ने दशैँको अवसरलाई कैलाली जिल्लाको दुर्गम पहाडी गाविस सहजपुर- ९ का युवाहरूले अपराधमा परिणत गरिदिएका छन्। घटनाक्रम अनुसार कैलालीको पहाडी गाविस सहजपुर-९ तलियामा शुक्रबार साँझ स्थानीय शाह र साउद थरका युवाहरूबीच सहजपुर बजारमा रक्सीसेवन गरी एकआपसमा विवाद भएको थियो। विवादपश्चात झगडाले हिंसात्मक रूप लिन थालेपछि ज्यान जोगाउन घरतर्फ भागेका स्थानीय अन्दाजी ५० वर्षका एकबहादुर शाहको भीरबाट खसेर मृत्यु भएको बताईएको छ। शाह पक्षले एकबहादुर शाहको हत्या डम्बरबहादुर साउदले गरेको आरोप लगाउँदै शनिबार दिउसो २ बजे ज्यानको बदला ज्यानै लिने भन्दै घरमा बसिरहेका निर्दोष ३१ बर्षका उज्जलबहादुर साउदलाई मीनबहादुर शाहले टाउकोमा लट्ठीले हिर्काएको उज्ज्वलकी दिदी धनसरा साउदले जानकारी दिइन्। लट्ठी प्रहारपछि गम्भीर अवस्थामा रहेका साउदलाई एम्बुलेन्समा राखी तत्काल सेती अञ्चल अस्पताल धनगढी पुर्‍याएलगत्तै उनको अस्पतालमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक