20090909

माओवादीहरु भारत सँग फेरी माफ मागेर यसरी झुके, वाह् नागरिक सर्बोच्चता, वाह् भारतीय बिस्तारबाद् !

धर्मका बिरोधिको पशुपतीमा बबाल

पशुपतिनाथ मन्दिीरमा पुजारीको नियुक्तिलाई लिएर सङ्घर्षमा उत्रिएका माओवादीहरूले सङ्घर्षको कार्यक्रम अप्रत्यासित रूपमा फिर्ता लिएका छन्। भारतमा नेपाल विशेषज्ञ मानिने एसडी मुनी नेपाल आएर माओवादी नेताहरूलाई भेट्न थाल्नु र पशुपति सङ्घर्षबाट माओवादी पछि हट्नु 'संयोगवश' एकैसाथ भएको छ। पशुपतिमा करिब एक सातादेखि माओवादीका कारण पशुपति क्षेत्र तनावग्रस्त थियो। पशुपतिमा परम्पराअनुसार नयाँ भट्ट परिवर्तन भएपछि माओवादीले नेपाली पुजारी राख्नुपर्योा भनी आन्दोलन सुरु गरेको हो। यसअघि गत पुसमा सोही विषयलाई लिएर ठूलै विवाद मात्र भएको थिएन, प्रचण्ड सरकार ढल्नुको एउटा कारणसमेत पशुपतिनाथ काण्ड बनेको थियो। त्यतिबेला अदालतमा परेको मुद्दा अहिले पनि चलिरहेकै छ।
सङ्घर्ष र नेपाली पुजारी नियुक्तिका नाममा माओवादी
कार्यकर्ताले पशुपतिका नवनियुक्त पुजारीहरूमाथि हातपात गर्दै जनै चुँडालिदिएको घटनालाई नेपाली र भारतीय मात्र होइन विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले अत्यन्त गम्भीर रूपमा लिएका छन्। प्राप्त जानकारीअनुसार, जनै चुँडाल्ने र पुजारीहरूमाथि हातपात गर्न माओवादीहरू क्रिश्चियन धर्मवलम्बीहरूद्वारा प्रयोग भएको बुझिएको छ। माओवादीले आफू सरकारमा भएका बेला नियुक्त गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव परमानन्द शाक्य आफैं पनि क्रिश्चियन धर्मावलम्बी भएको बताइन्छ। नेकपा माओवादीले आफू भूमिगत हुँदादेखि नै हिन्दू धर्म र संस्कृतिमाथि आक्रमण गर्दै आएको छ। विगतमा गाउँगाउँमा धेरै मठ–मन्दिरहरूलाई लात्तीले हानेर भत्काउने, गाई काटेर खानेजस्ता हिन्दूधर्मविरोधी कार्यहरू गरेका भए पनि अहिलेसम्म क्रिश्चियन, मुश्लिम वा अन्य कुनै पनि धर्ममाथि धावा बोल्ने काम भने गरेका छैनन्। नेपालको माओवादी आन्दोलनमा क्रिश्चियनहरूको प्रत्यक्ष–अप्रत्यक्ष ठूलो सहयोग रहँदै आएको छ। मुलुकलाई विश्वको एक मात्र हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाउनमा क्रिश्चियन र माओवादीको संयुक्त प्रयासलाई नेपाली काङ्गे्रस र नेकपा एमालेले जनताको मत नै नलिई अनुमोदन गरेका थिए। अहिले पनि यो मुलुकलाई हिन्दू राष्ट्रमै फर्काइनुपर्छ भन्ने मान्यता राख्ने नेपालीको सङ्ख्या धर्मनिरपेक्ष हुनुपर्छ भन्नेको भन्दा कैयौं गुणा बढी रहेको विश्वास गरिन्छ। धर्म नमान्ने मात्र होइन धर्मलाई अफिमको संज्ञा दिने माओवादीहरूलाई पशुपतिनाथका बारेमा यति ठूलो रुचि हुनु नै अनौठो मानिएको छ। पशुपति क्षेत्रमा वाईसीएलको छुट्टै क्याम्प नै खडा गरेर सुरुदेखि नै माओवादीले हस्तक्षेप गर्दै आएका छन्। माओवादीले नेपाली पुजारी नियुक्तिको कुरा गरेर राष्ट्रियताको कुरा उठाएका भए पनि धर्म संस्कृति भन्ने कुरा राष्ट्रियताभन्दा धेरै माथि हुने र विश्वका अनेक स्थानमा रहेका विभिन्न मठ मन्दिरहरूमा पुजारी नियुक्तिको आफ्नै प्रक्रिया हुने कुरा नेपालीहरूले बुझिसकेका हुनाले यो काण्डमा माओवादीले माओवादीबाहेक अन्य जनताको समर्थन पाउने देखिँदैन। जानकारहरूका अनुसार, दक्षिण भारतको निश्चित ब्राह्मण समुदायभन्दा बाहिर गएर पशुपतिनाथमा पुजारी नियुक्त गर्न नपाइने परम्परा तेस्रो शताब्दीदेखि नै चलेको हो। माछा–मासु नखाने, परिवारका जुनसुकै सदस्य मरे पनि जुठो नलाग्ने र शिव पूजाका निम्ति सानैदेखि तालिमप्राप्त व्यक्तिलाई शंकराचार्यले जाँचबुझ गरी नियुक्ति गरेपछि मात्रै पशुपतिनाथको पूजा गर्न योग्य ठानिन्छ। अहिले नियुक्त भएका महाबलेश्वरका पुर्खाले विक्रमसम्वत १८०५ बाट पशुपतिनाथमा पूजा गर्न सुरु गरेका हुन्। जतिबेला नेपाल देशको स्थापना पनि भएको थिएन। पशुपतिमा भट्ट र मूल भट्टले मुख्य पूजा गर्छन् भने नेवार (राजभण्डारी) हरूले पूजाआजामा सघाउँछन्। जसरी भट्टलाई दक्षिण भारतकै ब्राह्मण हुनुपर्ने भनिएको छ त्यसैगरी भण्डारीहरू देवपतन (पशुपति क्षेत्रभित्रकै एउटा स्थान) मै जन्मिएको हुनुपर्छ। कुनै पनि अस्पतालमा जन्मिएको या गौशाला, पाटन, भक्तपुर वा देवपतनबाहेक नेपाल अधिराज्यको कुनै पनि स्थानमा जन्मिएको राजभण्डारीले पशुपतिको पूजाआजामा संलग्न हुन पाउँदैन। धर्म, संस्कृति, परम्परा भन्ने कुरा सधैं निश्चित मूल्य–मान्यताले चलेको हुन्छ। जे गरे पनि हुँदो हो त पूजाआजा बाह्मणको पेसा रहँदै आएको सन्दर्भमा मनकामनामा मगर नै किन पुजारी हुन्छन्? शाक्य वंशकी कन्यालाई नै किन कुमारी बनाइन्छ? क्षेत्री, राई, लिम्बू जसलाई बनाए पनि हुन्थ्यो नि। दक्षिणकालीमा कर्माचार्य नै पुजारी किन हुन्छन्? धर्ममा हात हालेर सांस्कृतिक मूल्य–मान्यता भत्काउन अग्रसर माओवादीले यस्ता कुराहरूप्रति ध्यान नदिनु अस्वाभाविक नभए पनि अवाञ्छित भने ठानिएको छ।
भारतीय भट्टहरू पशुपतिनाथमा भएका मात्र होइनन्, नेपाली ब्राह्मणहरू पनि भारतका धेरै मन्दिरहरूमा छन्। धर्म र राष्ट्रियता फरक कुरा हुन्। गुजरातको सुरत बजारस्थित कृष्ण मन्दिर, कर्नाटकको शिवालय, हरिद्वारका केही मन्दिर र काशी विश्वनाथ मन्दिरका पुजारी नेपाली नै छन्। नवतनपुरी धामका प्रमुख महन्त पनि नेपाली नै हुन्। पशुपतिनाथमा अहिले भएको पुजारीमाथिको दुर्व्यवहारलाई लिएर भारतमा पूजाआजा गर्दै आएका पुजारीहरू पनि चिन्तित भएको बताइएको छ। भारतीय राजदूत राकेश सुदले यस घटनाको घोर विरोध गरेका छन्। पशुपतिनाथ नेपालका माओवादीबाहेक सबै नेपाली र भारतीय हिन्दू मात्र होइन विश्वभरिकै हिन्दूहरूको आस्थाका केन्द्र हुन्।

पशुपतिमा भारतीय मूलका पुजारी नियुक्तिको विरोधलाई भारतले आफूविरुद्धको अभियानका रूपमा लिएको छ। दक्षिण भारतका पूजारीद्वयमाथि भएको दुर्व्यवहारलगत्तै भारतले कडा प्रतिक्रिया जनाएर सतर्कता देखाएको छ। तीन सय वर्षदेखि चलिआएको रीति समाप्त गरेर नेपालसँगको आफ्नो सम्बन्धको दायरालाई साँघुरो बनाउने रणनीतिमा नेपालबाहिरको शक्तिसमेत लागेको हुनसक्ने ठहरका साथ भारतीय अधिकारीहरूको प्रतिक्रिया आएको छ।
विशेषतः एकीकृत नेकपा माओवादीसँग भारतको सम्बन्ध चिसिएको सन्दर्भमा पुजारी प्रकरण आएको छ। पछिल्लो घटनाले सम्बन्ध झनै चिसिएको देखिन्छ। पुजारी प्रकरण राजनीतिसँग जोडिएर आएपछि भारत निकै गम्भीर भएको देखिन्छ। भारतीय विदेशमन्त्री एसएम कृष्णाले पशुपतिमा हालै नियुक्त पुजारीमाथि आक्रमण गर्नेहरू नेपाल र भारतबीचको सम्बन्ध बिगार्न लागेको टिप्पणी गरेका छन्। घटनालाई गम्भीर अपराध भन्दै विवेकहीन र हिंसात्मक गतिविधि सह्य नहुने र त्यस्ता गतिविधिप्रति सतर्क रहेको
बताएको छ। कृष्णाको भनाइ पुजारी नियुक्त भएका आफ्ना नागरिकको सुरक्षाको सन्दर्भमा मात्र थिएन। उनको सङ्केत नेपालमा बढ्दो भारतविरोधी गतिविधिप्रति थियो। भारतीय सञ्चारमाध्यमले भारतविरोधी र चीन समर्थकहरू पशुपतिको पुजारी नियुक्तिको विरोधमा सक्रिय रहेको समाचार प्रकाशमा ल्याएका छन्। टाइम्स अफ इन्डियाको समाचारमा माओवादीलाई प्रो. चाइनिज भन्दै भारतसँग सम्बन्धित रहेको सबै संस्था र संरचनाविरुद्ध लागेको उल्लेख छ। चीनले भारतीय सीमा क्षेत्रमा प्रवेश गरेको समाचारहरू भारतीय सञ्चारमाध्यममा तात्तातो आइरहँदा पशुपतिको घटनाक्रमलाई पनि विविध ढङ्गले व्याख्या हुन थालेको छ। नेपालमा चिनियाँहरूको चासोप्रति सतर्क भारतले पशुपतिमा पुजारी नियुक्तिको अवरोधलाई प्रतिष्ठासँग जोडेको देखिन्छ।
भारतीय अधिकारीहरूले काठमाडौंस्थित दूतावासमार्फत माओवादी अध्यक्ष प्रचण्डलाई पुजारी आक्रमणबारे ध्यानाकर्षण गराएका छन्। पुजारीहरू गिरीश भट्ट र राघवेन्द्र भट्टले आफूमाथि दुर्व्यवहार भएपछि दूतावासमा सम्पर्क गरी फर्कन चाहेको बताएपछि ध्यानाकर्षण गराएको बताइन्छ। त्यसलगत्तै दूतावासले सुरक्षाको सुनिश्चिताका लागि सरकारसँग आग्रह गरेको थियो। दूतावासले दिल्लीमा जानकारी गराएपछि विदेश मन्त्रालयका प्रवक्ता हुँदै विदेशमन्त्रीसम्मको अभिव्यक्ति आएको हो। विदेशमन्त्री कृष्णाले भनेका छन्, 'हामीलाई आशा छ कि घटना पुनः दोहोरिँदैन।' नेपाल एक सार्वभौम मुलुक भएको स्पष्ट पार्दै दुई देशबीच परम्परागत असल सम्बन्ध रहेको बताएका थिए। उनले भने, 'भारतको सार्वभौम मुलुकका रूपमा रहेको नेपालसँग सुमधुर सम्बन्ध छ, आक्रमणका घटना नदोहोरिने गरी उसले पर्याप्त कदम चाल्नेमा हामी विश्वस्त छौं।'
भारतीय अधिकारीले नेपाल–भारत परम्परागत सम्बन्धको व्याख्यासमेत गरेका छन्। नेपाली पुजारी र नेपालमा भारतीय पुजारीको अर्थ सांस्कृतिक सम्बन्ध बलियो बनाउने हो भन्दै संस्कृतिमाथिको आक्रमण सह्य नहुने प्रतिक्रिया दिएका छन्। कृष्णाले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्धको व्याख्या गर्दै काशीमा नेपाली पुजारीले पूजा गर्ने र पशुपतिमा नेपाली पुजारीले पूजा गर्ने परम्परा रहिआएको उल्लेख गरे। उनले माओवादी दबाबमा पशुपतिमा भारतीय पुजारीलाई पूजा गर्न रोक लगाइएकोमा सतर्क रहेको बताए। घटनामा नेपाल सरकारको कुनै भूमिका नरहेको भन्दै पुजारीको सुरक्षाका लागि उच्च तहमा कुरा उठाइएको बताए। घटनालाई नजिकबाट नियाल्न नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिइएको भारतीय विदेश मन्त्रालयको भनाइ थियो।
घटनाक्रम, भारतीय अधिकारी र सञ्चारमाध्यमलाई आधार मान्ने हो भने नेपाली भूमिबाट आफूविरुद्धका गतिविधि बढेको ठहरमा भारत पुगेको छ। भारतसँग नजिकको सम्बन्ध रहेका संस्था र संचरनालाई माओवादीले हस्तक्षेप गरेको बुझाइ देखिन्छ। टाइम्स अफ इन्डियाले नेपाली सेनासँग भारतको लामो र घनिष्ट सम्बन्ध रहेबाट त्यहाँ माओवादीले आफू अनुकूलको संरचना कायम गर्न खोजेको, पशुपतिमा नेपाल–भारत सम्बन्धको बलियो आधार रहेकाले संरचना भत्काउन खोजेको उल्लेख गरेको छ। यसले भारत माओवादीका गतिविधिप्रति सतर्क रहेको स्पष्ट छ। माओवादी नेतृत्वको सरकार गठन हुनुपूर्व पशुपतिमा भारतीय भट्टका ठाउँमा नेपाली पुजारी राख्ने कदम चालिएको थियो। त्यो स्वयम् माओवादीका लागि प्रत्युत्पादक मात्र भएन कि बाध्य भएर निर्णय फिर्ता लिनुपर्योे। अहिले भारतीय भट्ट नियुक्तिमा माओवादी विरोध झनै भारतसँगको बिगँ्रदो सम्बन्ध सुधार्ने माओवादीको एउटा पङ्क्तिका लागि ठूलो झापड बन्न पुगेको छ।
शंकराचार्यले पशुपतिमा भारतीय भट्ट राख्ने र दक्षिणी भारतमा नेपाली ब्राह्मण राख्ने परम्पराले धार्मिक–सांस्कृतिक अर्थ बोकेको छ। दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन स्थापित गरिएको संस्कृति धमिल्याउन खोजेको रूपमा भारतीयहरूले माओवादीलाई लिएका छन्। यसले माओवादीको भारतलाई हेर्ने दृष्टिकोण विगतभन्दा धेरै फरक भइसकेको विश्लेषण हुन थालेको छ। पशुपतिमा पटकपटकको माओवादी भूमिकाले भारत एकीकृत नेकपा माओवादीप्रति निकै रुष्ट देखिएको छ।-घटना र विचार

हाम्रा प्रधानमन्त्री माकुने लाई पनि स्त्रिजाती भनेपछी टास्सिनै पर्ने है !!! गायत्री को गाली खानु पर्लाहै माकुने जि ????

------------------------------------------------

Dear Community members:

Nepal Education and Cultural Center (NECC) cordially invites all to celebrate its

9th anniversary on Saturday, Sept 26, 2009. We request everyone to attend &

Participate in the ceremony. Following are the tentative program for the day:


Time Program By 11:30 – 12.30 Durga Puja/Dashain Puja Pundit Shridhar Gyawali

12:30 – 1:00 Bhajan/Kritan Sheila Mudwari

1:00 – 2:00 Pravachan swami Mukundananda

(Importance of Hinduism and Buddhism to our lives and their value

to humankind)

2:00-3:00 Pravachan Swami Atmananda Giri

(Relevance of Hinduism in Western society and to younger generation)


Prasad/Lunch will be served after the Pravachan.

NEEC executive board sincerely thanks Mr. Purushottam Aryal and his group from Raja ji restaurant of Washington, DC for sponsoring Prasad/Lunch. It takes a lot of time and dedications in Volunteerism, we urge every one to help, whatever way you can, in fulfilling our dream of completing the NECC project. Wish you all a very Happy Dashain and Tihar 2066.

Mahendra Karki

Chairperson, NECC , 9114 Margo Rd, Lanham , MD 20706

Sincerely,

Ram C Kharel , Media Director , NECC


The INLS PRESS RELEASE



The INLS (International Nepali Literary Society) Headquarters, in active cooperation with the INLS DC Metro Chapter, is organizing Devkota Janma-Shataabdi and Best Book Award Ceremony on Sunday, October 25, 2009, at Centerville Regional Library in Centerville, Virginia, from 1 P.M. to 5 P.M.

Please come one and all— Detailed program highlights soon to follow.

Coordinator:
Bhim regmi: Co-chair, Board of Trustees, INLS HQ
Ph: 703-368-5200; bhimregmi@msn.com


Sharad Nirola: President, INLS DC Metro Chapter
Ph: 240-743-9670; snirola7@gmail.com

Ms. Kamala Prasai, Treasurer, INLS HQ
Ph: 917-207-2078; kamalaparsai@yahoo.com

Coordinator from past officers:
-Khem Bhattachan, 571-242-5510; khem_bhattachan@yahoo.com

Coordinator from local Life Members:
-Chetan Sitaula, 703-543-8125; sitaulachetan@yahoo.com


The Embassy of Nepal, USA, NOTICE

On the occasion of Bada Dashain and Tihar 2066 the Embassy of Nepal is organizing "OPEN HOUSE TEA PARTY (CHIYAPAN)" from 2:00 to 6:00 pm on Saturday Aswin 17, 2066 (October 03, 2009) at the Ambassador Residence at 2730 34th Place, NW Washington DC 20007. All interested Nepalis are invited to attend the CHIYAPAN.

Embassy of Nepal


INVITATION : NEW यार्क

NEPALI POETRY FESTIVAL


N & J Entertainment Inc. USA, on its Fourth Anniversary presents “New York Nepali Poetry Festival” on September 13, 2009, on Sunday, from 2:00-5:00 pm at Sangri-la Restaurant. Interested participating poets and poetesses are requested to bring two copies of their poems at least half an hour prior to the program.

Non-competing poets and poetesses are also encouraged to read their poems during the Poetry Festival.

The participants from other states of the USA are also requested to take part in both competitive and non-competitive fields.

The titles of the Poems for the competition are:

1. Malai mero Sagarmatha pyaro lagchha (I love my Sagarmatha/Mount Everest/Himalaya).

2. Ma Nepali Bhasa lai maya garchhu (I love my Nepali language).

Or any poem related to Nepal and its culture.

For the non-competitor poets and poetesses, the poem should be on any National Festival of Nepal. The reading of the poem must be in Nepali Language.

The Children (Bal Kabi/Kabiyatri) are encouraged to take part in the competition. They are allowed to read their poems either in Nepali or English. The title of the poem for the Children are:

1. My Nation, Nepal or

2. My Friend Or

3. My School or My Favorite Games.

The winners will be distributed prizes..

For information: RSVP: 347-730-6608, 917-207-2078, nynepalipoetryfestival@yahoo.com,

nandjentertainmentusa@yahoo.com, kamalaprasai@yahoo..com

Venue: Sangri-la Restaurant, 74-15, Roosevelt Avenue

Jackson Heights, NY- 11372

Time: 2:00 pm- 5:00 pm (kindly requested to come at the venue before 15 minutes).



Kamala Prasai

President

N & J Entertainment Inc. USA, Queens, New York

(N & J Family)
Washington DC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक