20090915

'माओवादीको अहिलेको आन्दोलन सत्ताकै लागि हो, प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्न लालायित छन्

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक जीवनको दिनगन्ती सुरु भएको सरकारका एक मन्त्रीले टिप्पणी गरेका छन् । शिविरमा रहेका लडाकुको आडमा फुर्तिफार्ती गरिरहेका प्रचण्ड संगठनमा कमजोर हुँदै गएको उनको टिप्पणी छ। पूर्व माओवादी पोलिटब्युरो सदस्य एवं सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) ले मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भने, 'माओवादीको अहिलेको आन्दोलन सत्ताकै लागि हो, प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्न लालायित छन्। तर, उनको सपना पूरा हुनेवाला छैन।'मन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डको शाख झन् आरालो लागेको दाबी गरे। उनले प्रचण्ड नयाँ संविधान बनाउने पक्षमा नरहेको आरोप पनि लगाए। 'प्रचण्ड संविधान निर्माण गर्न चाहन्नन्,' मन्त्री श्रेष्ठले भने,'त्यसैले अहिले पनि माओवादीले बेमेल, ध्वंस र संघर्षलाई प्राथमिकता दिइरहेको छ।' निषेधको राजनीति गर्दा हिजो ज्ञानेन्द्रविरुद्ध लड्ने जनता अव प्रचण्ड विरुद्ध पनि लड्न सक्ने उनले बताए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले माओवादीका वास्तविक लडाकु ४, ५ हजारमात्र रहेको बताए।


जीरे खूर्सानी हेरेर एकैछिन मनोरंजन गर्ने की !



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक