20090912

माओवादीका कार्यकर्ताहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पोखराबाट लखेटे, सुर्खेत मा कालो झण्डा !

अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पोखराबाट लखेटेका छन्। स्थानीय एक पत्रिकाको उद्घाटन कार्यक्रमको लागि पोखराको चिप्लेढुंगा पुगेका मन्त्री पाण्डेलाई माओवादी कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गर्नुका साथै ढुंगामुढा गरेर लखेटेका हुन्। आजबाट प्रकाशित एक दैनिक पत्रिकाको उद्घाटनको लागि चिप्लेढुंगामा आयोजित समारोहस्थल तर्फ पुगे पनि उनको असुरक्षाको कारण देखाउँदै आफ्नै सवारीसाधनबाट ओर्लनसमेत सकेनन। उनी चढेको सवारीमा एकाएक ढुंगा बर्सिन थालेपछि मन्त्री पाण्डे चढेको गाडी त्यहीबाट मोडिएर पोखरा विमानस्थलका लागि हुइँकिएको थियो। तत्कालै पोखरा विमानस्थल परिसरमा प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यसका बारेमा उच्च तहका सुरक्षा निकायका ब्यक्तिलाई राखेर छलफल गर्ने बताए। शनिबार बिहान पोखरा पुगेका मन्त्री पाण्डेले मध्यान्हमात्रै पोखरा उद्योग संघको ५५ औ वार्षिक अधिवेसनको उद्घाटनका क्रममा मुलुकमा शान्तिसुरक्षाको स्थिति मजबुद भएको बताउँदै ब्यवसायिहरुलाई खुलेर ब्यवसायमा लगानी गर्न आग्रह गरेका थिए।
विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा …तपाईमाथि नै ढुंगामुढा प्रहार हुनुलाई कसरी लिनुभएको छ? भन्ने पत्रकारको जिज्ञासामा उनले यसलाई आफूले सो घटनालाई साधारण घटनाको रुपमा लिएको बताउनुभयो।

माओवादीका कार्यकर्ताहरुले सुर्खेत पुगेका कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादव र शिक्षा राज्यमन्त्री करिना बेगमलाई कालो झण्डा देखाएका छन्। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको चौमासिक तथा वार्षिक प्रगती समिक्षा गोष्ठीमा सहभागी हुन बीरेन्द्रनगर आएका मन्त्रीहरुलाई माओवादी कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
राष्ट्रपतीको कदम सच्याउनुपर्नेलगाएतका माग राखी आन्दोलनरत माओवादीले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री सहभागी कार्यक्रम समेत बहिस्कार गर्दै आईरहेको छन्। मन्त्री र राज्यमन्त्रीलाई कालो झण्डा देखाउन वीरेन्द्रनगरस्थित मंगलगडी चोकमा जम्मा भएका माओवादी कार्यकर्ता र प्रहरी विच केहि बेर धकलाधकल समेत भएको थियो। प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा मन्त्रीहरु स्थानीय एक होटलमा प्रवेश गरेका थिए। एकिकृत माओवादी सुर्खेतका ईन्चार्ज कृष्णप्रसाद धमलाको नेतृत्वमा विरोध कार्यक्रम गरिएको थियो।


अन्तरराष्ट्रिय कलाकार मँच द्वारा

बरिस्ठ कलाकार निर शाहलाई

मानार्थ बरिस्ठ सलाहकार नियुक्त


विश्व भरी छरिएर रहेका नेपाली कलाकार हरु र बिदेसी कलाकार लाई समेत् समेट्दै अन्तरराष्ट्रिय रुपमा बितार गरिदै गरेको अमेरिकामा प्रधान कार्यालय रहेको अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनाल र महासचिब रमेश उप्रेतीले एक प्रेस रिलिज जारी गर्दै हाल अमेरिका भ्रमण् मा रहनु भएका बरिस्ठ कलाकार निर शाह लाई मँच को अती ऊच्च सम्मान अर्थात " मानार्थ बरिस्ठ सल्लाहकार" मा मा नियुक्त गरिएको जनाउनु भएको छ । उक्त पद स्विकार गरिदिनुभएकोमा निर शाह प्रती आभार प्रकट गर्दै मँच ले वहांको सल्लाह र सुझाब ले मँच लाई टेवा पुग्ने विश्वाश लिएको छ । यसै सन्धर्बमा वहाँलाई अभिनन्दन गर्दै मँच का तर्फबाट श्री शाह लाई प्रदान गरिएको अभिनन्दन पत्र तल जस्ताको तस्तै प्रस्तुत छ । जुन कार्यबाहक नेपाली राजदुत् काली प्रसाद पोख्रेल ले एक समारोहकाबिच शाह लाई अमेरिका मा हिजो प्रदान गर्नुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक