20090909

अमेरिकाको त यस्तो हालत छ अन्यत्र झन कस्तो होला बाबै !

अगष्ट महिनामा अमेरिकी रोजगारदाताले २ लाख १६ हजार रोजगारी कटौति गरेपछि बेरोजगरी दर विगत २६ वषैकै सबैभन्दा उच्च ९ दशमलव ७ प्रतिशत पुगेको छ। गत जूलाइ महिनामा भएकाप्रतिशत वेरोजगारी दर ९ दशमलव ४ बाट बढेको थियो तर यसलाई श्रम विभागले सवैभनन्दा कम रोजगारी कटौति भनेको छ। डिसेम्बर २००७ बाट आर्थिक मन्दी शूरु भएदेखी ६९ लाख मानिसले रोजगारी गुमाउनुपरेको विभागले जनाएको छ। उत्पादन र सेवा क्षेत्रमा रोजगारी सवैभन्दा बढि कटौति भएका छन्। कटौति भएका कुल रोजगारी १ करोड ४९ लाख रहेको छ। विश्लेषकहरुले वेरोजगारी दर साढे ९ प्रतिशत सम्म बढ्ने र रोजगारी कटौति २ लाख २५ हजार हुने अनुमान गरेका थिए। यद्यपी अमेरिकी अर्थतन्त्र अब विगत ७० वर्षकै सबैभन्दा अफ्ठ्यारो आर्थिक मन्दीबाट सुधारतर्फ उन्मूख हुँदै गएको संकेत देखिन थालेका छन्, बेरोजगारी उच्च रहेको छ र आर्थिक उत्थानलाई पछाडि पार्न सक्छ। आइएचएस ग्लोवल इन्साइटका प्रमुख अर्थशास्त्री निगेल गल्टले वेरोजगारी वृद्धिको दर धेरै हरेस खाइहाल्नूपर्ने खालको नभएको बताए। 'बेरोजगारी दर अझै घटै जानु धेरै चाडो हो, अवश्य हामीले धेरै रोजगारी गुमाइरहेका छौं।' उनले भने। जागिर कटौति भइरहने दरमा सुधार भएको कुराले मलाई उत्साहित बनाइरहेको छ। गत महिना निर्माण उद्योगमा ६५ हजार रोजगारी कटौति भएको थियो। स्वास्थ र शिक्षा क्षेत्र मात्र स्पष्ट क्षेत्र थिए जसले ५२ हजार रोजगार कटौति थप गरेका थिए।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक