20090906

प्राडो र पजेरो प्रेमी बनेका छन् माओवादी नेताहरु

करिव एक दशक अघि सशस्त्र विद्रोहमा रहेको बेला प्राडो र पजेरो चढ्ने संसदवादी नेताहरुलाई खुब गाली गर्ने माओवादी घुमिफिरी रुम्जाटार भने झै अहिले प्राडो र पजेरो प्रेमी बनेका छन्। उनीहरु चिल्ला र लक्जरियस गाडी चढ्नुलाई आफ्नो शान ठान्न थालेका छन्। -संगम बानियाँ

करिब एक दशक अघि सशस्त्र विद्रोहमा रहेको बेला प्राडो र पजेरो चढ्ने संसदवादी नेताहरुलाई खुब गाली गर्ने माओवादी घुमिफिरी रुम्जाटार भने झै अहिले प्राडो र पजेरो प्रेमी बनेका छन्। उनीहरु चिल्ला र लक्जरियस गाडी चढ्नुलाई आफ्नो शान ठान्न थालेका छन्। पत्याउनै गाह्रो पर्ने उनीहरु त ९४ लाख रुपैयाँसम्मका गाडी पो चढ्दा रहेछन्।
शान्ति प्रक्रियामा आएपछि ब्यापारीको गाडी खोसेर चढ्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिको उनकै पार्टीका अरु नेता र कार्यकर्ताले पनि गर्न थालेको छन् यथार्थ छ। कुनै बेला युद्धका लागि बन्दुक बोकेर उकालीओराली गर्ने माओवादी नेताहरुको सुविधा भोगी शैली देख्दा लाग्छ अब त उनीहरु महङ्गो र चिल्ला गाडी नचढी कही कतै हिड्न नचाहने भएका छन्। त्यसैले त नेता वावुराम भट्टराईले चार महिनाअघि एक सार्वजनिक सभालाई सम्बोधन गर्दै भनेका थिए– अब हामी जंगल फर्किदैनौ।
व्यक्तिगत सम्पत्ति पार्टीकरण गरेर सर्वहारा भएको डंका पिट्ने माओवादी नेताहरुले गाडीहरु आफ्नो नाममा भने दर्ता गराउन भ्याएका छन्। सर्वहारा नेताको गाडी मोह? तर कस्को गाडी चढ्छन्, उनीहरु? उनीहरु त सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने एकीकृत माओवादी पार्टीले नै उपलब्ध गराएको गाडी चढेर पो सानदार यात्रा गर्दा रहेछन्। अनि माओवादीसँग एक सय भन्दा बढी सुविधासम्पन्न गाडी छन। केन्द्रयि सदस्य शक्ति बस्नेत भन्छन्–अहिले हामीसँग भएको ९० भन्दा बढी गाडी पार्टीको निर्देशनमा चलाउने प्रयास भइरहको छ। अरुपार्टीसँग कति वडा गाडी होलान् त्यो अर्को खोजीको विषय बनेको छ।
जबकी शान्ति प्रक्रियामा आउंदा यो पार्टीलाई ३५ वटा गाडी अस्थायी रुपमा प्रयोग गर्न दिइएको थियो। ती गाडी कहाँबाट ल्याइयो भन्ने सोधखोज नगरी सरकारले माओवादीलाई दिएको छुट अचम्म लाग्दो थियो।
अनि त्यस्ता गाडीको संख्या उल्टै थप्ने काम पो भयो धमाधम। अहिले त ९४ वटा अस्थायी नम्बर प्लेटका गाडी गुडेको देखिन्छ, सडकमा। त्यसमा माओवादी नेताहरु चढिरहेका छन्। अनि पार्टीमा उनीहरुको आलोचना पनि भइरहेको छ। केन्द्रीय सदस्य बस्नेत माओवादीको नजरबाट हेर्दा माओवादी विसाली भएको स्वीकार छन्। तर अरु पार्टी भन्दा माओवादी नविग्रएको दावी छ उनको।

अनि गाडीको मूल्य चाहिँ १३ देखि ९४ लाख रुपैयाँसम्म पर्ने रहेछ।
विगतमा प्रचण्डले बुढानिलकण्ठका व्यवसायी राजु श्रेष्ठको गाडी खोसेर चढेका थिए। प्रशासनले समेत त्यो गाडी फिर्ता नगराएपछि श्रेष्ठले नै सो गाडी खोसेर लानु परेको थियो।
अहिले पनि प्रमुख विपक्षी दल माओवादीले सरकारी गाडी समेत दुरुपयोग गरिरहेको रहेछ। उसले नेपाल टेलिकम, बबई सिंचाइलगायतका आयोजना र संघसंस्थाको गाडी कब्जा गरेर नेतालाई बाँडेको छ। प्रचण्डले अहिले प्रयोग गरिरहेको बा. ६. च. १०२९ नम्बरको टोयोटा प्राडो चढ्न छन्। ९४ लाख रुपैयाँ पर्दोरहेछ, यस्को। यो गाडी राष्ट्रपतिका लागि भनेर सरकारले किनेको थियो प्रचण्डले प्रधानमन्त्री हुदा देखी अहिलेसम्म पनि मज्जाले चढिेरहेका छन्। प्रधानमन्त्रीबाट राजीनामा दिनु अघि गएको जेठ ९ गतेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यो गाडी राष्ट्रपतिलाई नभई आफैले चढ्ने निर्णय गराएका रहेछन्, प्रचण्डले। प्रधानमन्त्री पद छोडेर ठूलो त्याग गरेको देखाउने प्रचण्डले गाडी मोह भने त्याग्न सकेका रहेनछन्। अनि अधिकाशं माओवादी नेता भने चोरेको र लुटेको गाडी चढ्दा रहेछन्। चोरीको १३ वटा गाडी पार्टीको नाममा दर्ता गर्ने माओवादीको योजना अहिलेसम्म पुरा भएको रहेनछ। अरु गाडी भने नेताहरुको नाममा छन्। यी गाडीहरुको नवीकरण समेत भएको पाइदैन्। अनि चोरीको गाडी नियन्त्रणमा लिन नसक्ने सरकारी कर्मचारी चाहिँ यस्तो जवाफ दिन्छन्। वाग्मती यातायात कार्यालयका प्रमुख कपिल डंगोल भन्छन् – हामी दर्ता हुन नआई दर्ता गर्न भएन आएका गाडीहरु दर्ता गरिरहेका छौं।
माओवादी नेतालाई कतिपयले त गाडी नै उपहार पनि चढाएका छन् कपिपयले त। यसरी गाडी नै दान दिनेले माओवादीसँग ठूलै लेनदेन मिलाएको अनुमान गर्न सकिन्छ। प्रचण्ड मात्र होइन, उनलाई माओवादीभित्र आच्छुआच्छु पार्ने नेता मोहन वैद्य किरण चाहिँ उपहारको गाडीमा सयर गर्दा रहेछन्। बा. ५ च ५७५८ नम्बरको ३५ लाख रुपैयाँ पर्ने महिन्द्रा स्कोरपियो यो गाडी वीरगंजका नितेश खनालले उपहार दिएका रहेछन्। टोपबहादुर रायमाझी चाहिँ प्रकाश खतिवडाको नाममा दर्ता भएको ५० लाख पर्ने बा. ५. च. १६०५ नम्बरको मिटसुवीसी गाडी प्रयोग गर्दा रहेछन। पार्टी प्रवक्ता दीनानाथ शर्मा भे १ च ७२३ नम्बरको २५ लाख पर्ने महिन्द्र बलेरो प्रयोग गर्छन्। जबकी उनको नाममा वा ०००१ अ २५ नम्बरको बलेरो जीप दर्ता छ। जनार्दन शर्माले वा. ५. च ६४१८ नम्बरको गाडी चढिरहेका छन्। उनको नाममा बा. ०००१. अ. २९ नम्बरको गाडी दर्ता रहेछ, यातायात कार्यालयमा। त्यस्तै लेखराज भट्ट रोजिन श्रेष्ठको नाममा रहेको वा ४ च ५१३ नम्बरको जिप चढिरहेका छन्। उनको नाममा वा. ०००१. अ २१ नम्बरको महिन्द्र बलेरो दर्ता छ। सीपी गजुरेलले वा. ०००१. अ २४ नम्बरको स्कोरपियो, शक्ति बस्नेतले वा. ०००१. अ. १८ नम्बरको बलेरो दर्ता गराएका छन्।
संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ ३० लाख पर्ने बा. ७. च. ५०३ नम्बरको गाडी प्रयोग गरिरहेका छन्। यो गाडी काभ्रेका व्यवसायी दिलसुन्दर श्रेष्ठको नाममा दर्ता छ। नेता नेत्रविक्रम चन्द विप्लव पनि वा. २. च. १५१४ नम्बरको टोयोटा चढ्छन्। खड्कबहादुर विश्वकर्मा २५ लाखको सफारी चढिरहेका छन्। बागमती यातायात व्यवस्था कार्यालयमा रामबहादुर थापाको नाममा ४० लाख पर्ने वा. ०००१. अ. ५ नम्बरको गाडीे र बाबुराम भट्टराईको नाममा भर्खरै बा. ०००१. अ. ४ नम्बरको गाडी दर्ता छ। डाक्टर भट्टराईले विगतमा चढेको बा. ५. च. ६०९३ नम्बरको महिन्द्रा स्कोरपियो अहिले भूमि सुधार मन्त्रालयको नाममा दर्ता भैसकेको छ, त्यो पनि अर्को नम्बर – बा. १. झ. ७७४१ मा पनि दर्ता छ। अग्नी सापकोटको नाममा २० लाख रुपैयाँ पर्ने बा. ०००१. अ. १० नम्बरको बलेरो दर्ता छ। इन्द्रमोहन सिग्देलको नाममा वा. ०००१. अ. ३५, बर्षमान पुनको नाममा बा. ०००१. अ. ९ नम्बरको महिन्द्र स्कोरपियो दर्ता गरिएको छ। कुलवहादुर केसीको नाममा बा. ०००१. अ. १९ नम्बर, पम्फा भुषालको नाममा स्कोरपियो १४ नम्बर र हरिभक्त कँडेलको नाममा ३६ नम्बर, हितमान शाक्यको नाममा ११ नम्बरको टाटा सफारी दर्ता छ भने गिरिराजमणी पोखरेल भने शिक्षा मन्त्रालयको बा. ६. च. ३५९१ नम्बरको गाडी चढेर मस्ती गरिरहेका छन्। कृष्णबहादुर महरा, नारायण पौडेल, हेमन्त प्रकाश ओली, नारायण शर्मा,देबेन्द्र पौडेल, पोष्टबहादुर वोगटी, हरिवोल गजुरेल, हितराज पाण्डेको नाममा पनि कोटेश्वरका रेष्टुराँ व्यवसायी रामहरि श्रेष्ठको हत्याको अभियोग खेपेका कालीबहादुर खामको नाममा १३ वटा गाडी पो दर्ता रहेछ। ती गाडी भने नेताले भन्दा चितवनस्थित शक्तिखोर क्याम्पका लडाकुले प्रयोग गर्ने गरेको पाइएको छ।
विगतमा प्राडो र पँजेरो संस्कृतिको विरोध गर्ने नेताहरुले अंगालेको प्राडो र पँजेरो चढ्ने संस्कृतिलाई अब के भन्ने? जुन जोगी आए पनि कानै चिरेको भनेको यही त होला नि?

फेरि जनविद्रोहमा जाने चेतावनी


प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड'ले वर्तमान शान्ति प्रकृया र संविधान निर्माणको कार्य अवरुद्ध पारिए फेरि जनविद्रोहमा जाने चेतावनी दिएका छन। 'शान्ति प्रकृयालाई भाँड्न र संविधान बन्न नदिन केही तत्वहरु लागेका छन, यदि शान्ति प्रकृयालाई भाँडियो र संविधान निर्माण प्रकृयामा अवरोध खडा एकीकृत नेकपा माओवादी फेरि जान्छ' राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भने। उनले अहिलेको सरकारलाई राष्ट्रपतिद्वारा घाइते पारिएको सरकारको संज्ञा दिदै यसको उपचार जनताले गर्ने टिप्पणी गरे। अहिलेको सरकाले केही पनि गर्न नसक्ने ठोकुवा गर्दै उनले नागरिक सवोच्चताको मुद्धामा कसैसँग सम्झौता हुन नसक्ने अडान पनि दोहोर्‍याए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक