20090808

बाहुन क्षेत्रीलाई पनि अलग राज्य दिनु पर्ने मन्त्रीकै माग !

कानुनमन्त्री प्रेमबहादुर सिंहले मुलुकको कुल जनसङ्ख्याको ३३ प्रतिशतभन्दा बढी जनसङ्ख्या बाहुन क्षेत्री रहेकाले सङ्घीय राज्यमा खस राज्य पनि बन्नुपर्ने बताएका छन्। खस क्षेत्री युवा समाजको केन्द्रीय कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको खस क्षेत्री युवा समाजको प्रथम भक्तपुर जिल्ला भेलाको उद्घाटन गर्दै उनले खस राज्यको भाग गरेका हुन्। मन्त्री सिंहले नेपालको हरेक क्षेत्रमा छरिएर रहेका क्षेत्री, बाहुन समुदायले नेपालको इतिहास बनाएको बताउँदै अहिले क्षेत्री बाहुन समुदायमा ठूलो प्रहार भइरहेको भन्दै चिन्ता जनाए। बाहुन क्षेत्रीको पहिचान मेटाउने प्रयास भइरहेको बताउँदै उहाँले बाहुन क्षेत्रीको पहिचान जोगाउन सबै खस मिलेर नीति बनाउनुपर्नेमा जोड दिए। बाहुन, क्षेत्रीको समुदाय एवम् परम्परादेखि चल्नै आएको खस भाषा मेट्ने प्रयास भइरहेको बताउँदै नेपालको विकसित खस भाषाको पहिचान मेट्न दिन नहुने बताए। मन्त्री सिंहले कुनै पनि जातिको पहिचान मेट्न नहुने तर कुनै जातिको पहिचान स्थापित गर्ने बाहनामा परम्परादेखि रहेका जातीय पहिचान मेट्न नहुने बताए।




रामवरण यादवविरुद्ध महाअभियोगको

प्रस्ताव ल्याउन माओवादीलाई चुनौती


राष्ट्रपतिको कदमलाई लिएर आन्दोलनमा होमिएको एकीकृत नेकपा माओवादीलाई राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन सरकारका प्रवक्ताले चुनौती दिनुभएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राष्ट्रपति रामवरण यादवविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन माओवादीलाई चुनौती दिनुभएको हो।
राष्ट्रपतिको कदम गलत हो भन्ने लाग्छ भने उसले महाअभियोग लगाएर देखाओस् भन्दै सदन अवरोध गरेर आन्दोलनमा जानुको कुनै अर्थ नभएको दाबी गर्नुभयो। 'छलफल भइसकेको' विषयलाई लिएर पुनः छलफल गर्नुपर्ने आवश्यकता नरहेको उहाँको टिप्पणी थियो।

1 comment:

  1. राम जी राह्रै राम्रा गीतहरु राख्नु भएछ। खुब मज्जाले सुनियो। दोस्रो भाग पनि सुन्न पाईयोस है चाडै।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक