20090821

माओवादीले कांग्रेस र एमालेलाई सखाप गर्न जातीय क्षेत्रीय मुद्दा खोज्ने नीति अख्तियार

सेनापतिवाट रुकमाङगद कटवालको विदाईपछि नागरिक सर्बोच्चताको नाराको अवसान भएकाले माओवादीले आफ्नो आन्दोलनलाई सरकारमा प्रवेश गर्ने आन्दोलनमा बदल्ने भएको छ। बुधवार माओवादीको आन्दोलन सम्बन्धी मोर्चाको भेलामा अध्यक्ष पुष्पकमल दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार गठनका लागि आन्दोलन गर्ने र आन्दोलनको सफलता र सरकार गठनपछि त्यही मोर्चालाई राज्यसत्ता कब्जामा लगाईने वताएका थिए। अघिल्लो सरकारको नेतृत्व आफैंले गरे पनि सरकारको नीति कार्यक्रम लागु गर्न विभिन्न जिल्ला र राज्यसमितिस्तरमा यस्तो फोर्स नभएकोले माओवादी असफल भएको दाहालको विश्लेषण थियो। आन्दोलनमार्फत बनेको सरकारले जन गणतन्त्र, समाजवाद हुँदै समाम्यवादसम्मको यात्रा छिचोल्ने शैलीमा दाहालले त्यसका लागि सरकार परिवर्तन गर्न आन्दोलन चर्काउनु पर्ने वताएका थिए। माओवादीको पछिल्ल्ाो भनाईले माओवादी जनआन्दोलनको कार्यभार पुरा गर्न संविधान निर्माणतिर लाग्ने नभएर कुनै पनि हालतमा संविधान निर्माण हुन नदिने र स्थायी रुपमा गठित आन्दोलनको संयन्त्रलाई नै सत्ता कब्जाको औजारका रुपमा स्थापित गर्ने मुडमा रहेको छ। उसले मुख्य शत्रु कांग्रेस एमालेलाई सखाप गर्न जातीय क्षेत्रीय मुद्दा खोज्ने नीति अख्तियार गरेको छ। आन्दोलनको तात्कालीन लक्ष वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भए पनि दीर्घकालीन लक्ष समाजवाद र साम्यवाद भएको अवधारणा नै माओवादीले तय गरेको छ। आफ्नो सरकार बन्नासाथ आन्दोलनको वर्तमान मोर्चा सरकारी नीति कार्यान्वयन गराउन युद्धस्तरमा तल्ला तहसम्मै लाग्ने अवधारणामा छ। माओवादीको यो अवधारणाले कानुनको शासन लागु गर्ने पक्षमा संस्थागत रुपमै नरहेको संकेत गरेको छ। वाईसीएलको नाममा लडाकु दस्ता परिचालन गर्दा पार्टी कुटनैतिक रुपमा पराजित हुँदै गएकाले आन्दोलनको मोर्चालाई लडाकु दस्ता बनाउने र यो आफ्नो सरकार बनेपछि पनि आफ्ना नीति लागु गर्न र अन्य राजनीतिक शक्तिहरूमाथि हस्तक्षेप गर्न प्रयोगमा ल्याइने योजना माओवादीले बनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक