20090824

एक गाडी हतियार लिएर माओवादी भागे, माओवादीको नागरिक सर्बोच्चता यस्तो पो !!!

प्रहरीले माओवादीका बिग्रेड कमाण्डर सूर्य घर्तीसहित ३५ जना लडाकुलाई सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट हतियार र गोलीगट्ठा बरामद गरेको दाबी पनि प्रहरीले गरेको छ । दाङबाट रुपन्देहीको सैनामैना क्याम्पतिर जाँदै गरेका माओवादी लडाकुहरु चढेका चार वटा गाडीसहित प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुका साथमा २५ वटा एस एल आर र तिनमा लाग्ने गोलीगट्ठा बरामद गरेको कपिलवस्तु प्रहरीले गरेको छ । १५ जना माओबादी लडाकु सैनिक पोशाकमा र २० जना सिभिल पोशाकमा रहेको बताइएको छ । आफूहरु सैनामैना क्याम्पमा हिंडेको र दुई वटा साना तथा ६ वटा ठुला हतियार मात्रै आफूहरुसँग रहेको दाबी माओवादी कामण्डर घर्तीले गरेका छन् । यसैबीच, प्रक्राउ गरिएको बा ५ च ८८४८ नम्वरको गाडी भने प्रहरीको आँखा छलेर भागेको छ । सो गाडीमा थप हतियार रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यता, आफ्ना कार्यकर्ता प्रक्राउ गरेको बिरोधमा वाइसीएल कार्यकर्ताले चितवनमा सडक जाम गरेका छन् । नारायणघाट, रत्ननगर, लोथर लागायतका मुख्यमुख्य बजार र चोकमा माओवादीले सडकमा टायर बालेर सडक जाम गरेका छन् ।

पाँच जनाको निधन, ३५ जना घाईते

दमौलीदेखि लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ग १ ख ११६१ नं को यात्रुवाहक बस ब्यास नगरपालिका ―९ खहरेमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ। मृत्यु हुनेमा तनहुका प्रेम श्रेष्ठ, महेन्द्र मा. वि. स्याङ्जाका शिक्षक कृष्ण भुषाल, गोर्खाकी चन्द्रा गुरुङ, तनहुँकी वीरमाया कुमाल, नाम नखुलेकी ११ बर्षीय बालिका र एक जनाका एक सय जनाभन्दा बढी यात्रु बोकेको उक्त बसमा ३५ जना घाईते भएका छन्।बस सडकभन्दा १५० मी. तल खसेको थियो। घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक