20090809

शेरचनको मानसिक सन्तुलन जाँच गराउन मानसिक अस्पताल

दरबार हत्याकाण्डको जिम्मा लिएका तुलप्रसाद शेरचनको मानसिक सन्तुलन जाँच गराउन प्रहरीले आइतबार उनलाई पाटनस्थित मानसिक अस्पताल लगेको छ । दरबार हत्याकाण्डको जिम्मा लिएको भए पनि उनको मानसिक सन्तुलन ठीक भए नभएको बारेमा आशंका उत्पन्न भएपछि उनलाई मानसिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ । उनको मानसिक अवस्था ठीक भए नभएको बारे एक हप्तामा खुल्ने मानसिक रोग विशेषज्ञ डा मोहनराज श्रेष्ठले जानकारी दिए ।

गोली प्रहार गरि वाइसीएल जिल्ला

कमिटीका सदस्य राकेशको हत्या

वाइसीएल धनुषाका जिल्ला कमिटीका सदस्य एवम राजदेवी युवा क्लवका अध्यक्ष अरुणकुमार मण्डल उर्फ राकेश नेपालीको भारतको सितामढीमा हत्या भएको छ। भारतको विहार राज्य स्थित सितामढीमा राकेश नेपालीको टाउको र पिठयुमा २ राउण्ड गोली प्रहार गरि हत्या गरिएको राकेश नेपालीका परिवारले जनाएका छन।


कामु प्रधानसेनापतिमा छत्रमानसिंह

नियुक्त, कटवालको विदा स्वीकृत


मन्त्रीपरिषद्को आइतबार अपरान्ह बसेको बैठकले प्रधानसेनापति रुकमाङगत कटवालको विदा स्वीकृत गरेको छ। साथै कायममुकायम प्रधानसेनापतिमा छत्रमानसिंह गुरुङलाई नियुक्त गरेको छ। अवकाश पाउन लागेका प्रधानसेनापति रुक्माङ्गद कटवाल सोमबारदेखि बिदामा बस्ने गरी निवेदन दिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक