20090824

"अब हामी अविस्वासको प्रस्ताव ल्याउँछौ"

क्रान्तिकारी पत्रकार संघको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारका विरुद्धमा अविस्वासको तयारी भइरहेको खुलासा गरेका छन्। पुनः हरुवाहरुको सरकार भन्दै दाहालले भने हरुवाहरुले बहुमतको समर्थन गुमाइ सकेका छन् अब हामी अविस्वासको प्रस्ताव ल्याउँछौ। अविस्वासको प्रस्ताव ल्याउन लागेको कारण बारे बोल्दै सत्ता गठबन्धनका २२ दलहरुमध्ये केहि दल हामीलाई सरकार बनाउनुहोस् भन्दै आइरहेका छन् दाहालको भनाई थियो। संसदमा राष्ट्रपतिको विरुद्धमा संकल्प प्रस्तावमा छलफल हुनु पर्ने बताउँदै राष्ट्रपतिको असंवैधानिक कदम सच्चिने वित्तिकै अविस्वासको प्रस्ताव लाउने तयारी भइरहेको पनि बताए। प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका दाहालले प्रधानमन्त्रीको असफल भइसकेको भ्रमण रोइकराइ वाणिज्य सन्धि रोइकराइ गरेर सन्धि गरेर इज्जत जोगाउने कोसिस गरेको दाहालको भनाई थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक