20090803

माओवादीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा भाग लिन नदिने

एकिकृत नेकपा माओवादीले जनताको सर्वोच्चताको पक्षमा भन्दै सरकारबिरुद्ध विरोधको कार्यक्रम तय गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको स्थायी समिति बैठकले बनाएका कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा भाग लिन नदिनेसम्म छन्। माओवादीले आन्दोलनको एक मागमा तत्काल स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने उल्लेख छ। यसका साथैसमानुपातिक आधारमा स्थानीय निकाय गठन गर्न, राष्ट्रिय संयुक्त सरकारको निर्माण र जनताको संघीय गणतन्त्र स्थापना गर्ने माग पनि माओवादीले गरेको छ। माओवादीले सार्वजनिक गरेका कार्यक्रमा साउन २३ गते देखि व्यवस्थापिका-संसदमा विशेष संघर्ष, २५ गते देशका सवै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन, २६ देखि भदौ १० गतेसम्म कोण सभा, कार्टून प्रदर्शन, भित्तेलेखन, मसाल जुलुस, धर्ना, घेराउ प्रचारात्मक र दवावमूलक कार्यक्रम रहेका छन्। माओवादीले भदौ २० देखि २९ गतेसम्म देशका प्रमुख १० शहरमा ठूला आमसभा गर्ने भएको छ। माओवादीका अनुसार आन्दोलनको दोस्रो चरणमा राष्ट्रपति रामवरण यादव जाने सार्वजनिक कार्यक्रमलाई वहिष्कार गरिनेछ। त्यसपछि प्रधानमन्त्री माधवकुमार नेपाल सम्मिलित कार्यक्रम र अन्य मन्त्रीहरु सहभागी हुने कार्यक्रममा रोक लगाइने छ।
भदौ ११ गते देखि राष्ट्रपतिको, भदौ १५ गते देखि प्रधानमन्त्रीको भदौ २० गते देखि मन्त्रीहरुको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन गर्ने माओवादी नेता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भदौ २० देखि २९ गतेसम्म देशका विभिन्न स्थानमा सभा हुने गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ २१ गते- विराटनगर र गाइघाट (उदयपुर), भदौ २२ गते- जनकपुर र सुर्खेत, भदौ २३ गते- हेटौंडा र वाग्लुङ, भदौ २४ गते- वुटवल र घोराही, भदौ २५ गते- पोखरा र फिदिम (पाँचथर), भदौ २६ गते- काठमाण्डौं र जुम्ला, भदौ २७ गते- नेपालगञ्ज र दिपायल, भदौ २८ गते- धनगढी र विर्तामोड, भदौ २९ गते- नारायणगढ र लिवाङ (रोल्पा) मा सभा गर्ने कार्यक्रम माओवादीले सार्वजिनक गरेको छ।


क्यालिफोर्नियामा पनि समावेशी ...

बर्कली। उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीका १० संगठनहरुले एक साँस्कृतिक पात्रो निर्माण गरी दशैं ल्होसार छठलगायतका प्रमुख नेपाली चाडपर्व समावेशी ढंगले मनाउने निर्णय गरेका छन् । उत्तरी क्यालिफोर्नियाका नेपालीको छाता संगठन नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया न्यान्स्ाी को संयोजकत्वमा जुलाई ३१ तारिकका दिन आयोजित नेपाली संघ-सँस्थाहरुको भेलाले सो निर्णय गरेको हो । न्यान्सीका अध्यक्ष यान राईको अध्यक्षतामा सम्पन्न सो भेलामा नजिकै आएको नेपालीको महान चाड दशैं नेपाली साँझ कार्यक्रमको आयोजना गरी यस क्षेत्रका सम्पूर्ण नेपालीको सहभागितामा मनाउने र यो क्रम अन्य यस्तै चाड मनाउँदा पनि कायम राख्ने सहमति भएको छ । ुनेपाली साँझ मनाउनका लागि एक संयोजक समिति खडा हुनेछ र साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइनेछु भेलाको निर्णय सुनाउँदै अध्यक्ष राईले जानकारी गराउनु भएको छ ।
उत्तरी सनप्रुा_िन्सस्कोस्थित न्यान्सीका सल्लाहकार वैकुण्ठ खनालको निवासमा भएको भेलामा बे-एरियाका नेपाली सँस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सनप्रुा_िन्सस्को सान्टारोजा सोनामा सान्नेबेलभित्रका १५ नेपाली सँस्थालाई आमन्त्रण गरिएकोमा पाँच सँस्थाका प्रतिनिधिहरु कार्यव्यस्तताका कारण उपस्थित हुन सकेका थिएनन् । न्यान्सीका उपाध्यक्ष सागर कोइराला र सचिव सन्तोष लामाको साचालनमा सम्पन्न सो भेलामा आमन्त्रित सहभागीहरुले आ-आफ्नो मन्तव्य प्रकट गरेका थिए । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लोकतान्त्रिक अभ्यासका लागि एक-आपसका चाडपर्वप्रति सम्मान भाव व्यक्त गर्दै सहभागी हुने हाम्रो निर्णयले समावेशी सँस्कारलाई अघि बढाउने विचार राख्दै यस पद्धतिलाई व्यवहारमा उतानर््ा सके विदेशमा पनि हामी नेपाली जसरी जाति धर्म र क्षेत्रका आधारमा विभाजित भैरहेका छौं त्यो प्रवृत्ति अन्त्य हुनेछ भन्नुभयो ।
ह्वाइट जोनका तर्फबाट अशोक गौतमले न्यान्सीका पदाधिकारी सकि्रय भएर आउने र इमान्दारीका साथ सबैलाई समेट्ने होभने यस क्षेत्रका सम्पूर्ण नेपालीहरु साथ दिन तयार छन् भन्नुभयो । ुतर के न्यान्सीले साँच्चिकै इमान्दारीका साथ हामीलाई आमन्त्रण गरेको हो त कि आपुूले नसकेर हामीलाई गुहारेको हो ु भनेर गौतमले प्रश्न गर्नुभएको थियो । उहाँको प्रश्नको जबाफ िदंदै उपाध्यक्ष कोइरालाले ुहाम्रो उद्देश्यमाथि कृपया शंका नगरिदिनुहोला हामी इमान्दारीका साथ काममा जुट्नेछौंु भन्नुभयो ।

भेलामा लायन्स क्लब अफ बक्र्ली अन्नपूर्णा एनएजिसी तमू समाज सनी समाज सोनामा शेर्पा बे-एरिया समाज र तामाङ सोसाटीका प्रतिनिधिहरुले पनि आ-आफ्नो सँस्थाको तर्फबाट विचार तथा सुझावहरु राख्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक