20090831

डिसी नेपाल डट कमको अमेरिका को पिक्निक र चौथो वार्षिक समारोह यस्तो थियो

डिसी नेपाल डट कमको अमेरिका को पिक्निक र चौथो वार्षिक समारोह हिजो भब्य रुपमा सम्पन्न भयो । प्रधान सम्पादक राम हरी सुबेदी को सभापतित्व खेम भट्टचन् को उध्घोसण् मा सम्पन्न कार्यक्रममा कार्यबाहक राजदुत् काली प्रसाद पोख्रेल, नायक सरोज खनाल,रमेश उप्रेती, गायक राम प्रसाद् खनाल, प्रेमराजा महत, यमन श्रेष्ठ, नायिका सारंगा श्रेष्ठ,पूजा चन्द, रबी लामिछाने, हरी शर्मा, सकुन्तला अधीकारी, बिद्या गुरुङ, टिका पुन, सागर कंडेल, लक्ष्मी गौडेल, नबिन केसी, बिष्णु थापा, खेम भट्टचन्, गिरिस पोख्रेल, होमराज आचार्य, माधबी बस्नेत, राम्चन्द्र भट्टराई, लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । नेपाली खान पान, नाच गान प्रस्तुत कार्यक्रम रमाइलो थियो, बाँकी तल भिडियो र फोटोमा हेर्नेकी !!!

कार्यक्रममा डीसी मेट्रो (डीसी, भर्जिनिया र बाल्टिमोर) क्षेत्रका नेपाली सामाजिक संघ संगठनका प्रतिनिधि तथा स्थानीयबासी नेपालीहरुको उपस्थितिरहेको थियो । उक्त अवसरमा डीसी मेट्रो क्षेत्रका नेपाली सामाजिक संघ संगठनका पदाधिकारीहरुले डीसी नेपाल डटकम चौथो वर्षमा प्रवेस गरेकोमा शुभकामना व्यक्त गरेका थिए । डीसीस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत कालि प्रसाद पोखरेलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बनभोज कार्यक्रममा भर्जिनियाबाट डेमाक्रय्राट पार्टीका लागि १३औं डिस्ट्रिक हाउस डेलिगटका उम्मेदवार जोन बेलले समेत आफ्नो मन्तव्य दिंदै आफूलाई निर्वाचित गर्न नेपाली समुदायसमक्ष अनुरोध गरेका थिए । कार्यक्रममा डीसी नेपाल डटकमलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई आयोजकका तर्फबाट प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा नाचगान गरी रमाइलो गरिएको थियो । यसैबीच डिसी नेपालले चोथो बर्ष प्रवेशको अबसरमा एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकामा रहेका नेपालीहरुलाई लक्ष्यित गरेर शुरु गरिएको भए पनि यसको प्रभाव विश्वभर छरिएर रहेका नेपालीहरुमाझ पुगेको जनाएको छ । वाशिङटन डिसिबाट रामहरी सुबेदीले शुरु गर्नु भएको यस अनालाईनमा हाल नेपालबाट दिनेश बडुको नेतृत्वमा सुमन गैरे, सुनिता कार्की, राजेन्द्र पोखरेल,अनुशा दवाडिको टिम कार्यरत रहेको छ ।















href="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiCpPTVdM7wFzXxoM5wVj7diAE758jW_CZyEfBRNNm8OoKcu1l9VMEopPe9EE1QX2vUGk9MuANdEQAbPe0LLgoUO2sLriZZX44g7lB9W44wH3MyR0ii0pgf2lrOK34QtGuPrb8uXck6K9-Z/s1600-h/6.JPG">


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक