20090823

उपराष्ट्रपति परमानन्द झालाई सात दिनमा पुनः नेपाली भाषामा सपथ खान सर्वोच्च अदालतको निर्देशन

सर्वोच्च अदालतको पूर्ण इजलासले उपराष्ट्रपति परमानन्द झालाई सात दिनमा पुनः नेपाली भाषामा सपथ खान निर्देशन दिएको छ। बहस सकिएपछि सर्वोच्चको पूर्ण इजलासले आइतबार गरेको फैसलामा उनले सात दिनभित्र सपथ नलिए उनको कार्यभार निस्कृय हुने भन्दै नेपालमा सपथ नलिएको खण्डमा पदमा रहन नमिल्ने ठहर गरेको छ। उनले नेपालीमा पुनः शपथ नलिए पदबाट हटाउन माग गर्दै सञ्चारकर्मी नवराज न्यौपाने र विष्णुप्रसाद वास्तोलाले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले यसअघिको निर्णयलाई नै निरन्तरता दिदै‌ यो निर्णय सुनाएको हो । रिटको पक्षमा अधिवक्ता टीकाराम भट्टराई, बालकृष्ण न्यौपाने, रामचन्द्र शर्मा, कुमार रेग्मी तथा बिपक्षमा हिम्मत सिंह, मिथिलेशकुमार सिंह, सीताराम अग्रवाललगायतका अधिवक्ताहरुले बहस गरेका थिए । सरकारले पनि उपराष्ट्रपति झालाई नेपालीमा शपथ लिन आग्रह गरिसकेको छ

Gaijatra 2066 from Ramhari Subedi on Vimeo.

Source : dcnepal




" Behind the scene Action"Dashain Nite@Fairfax from kishorchhetri on Vimeo.


अमेरिकामा शिवराजजी को

ज्यानमारा खुर्सानी र भाउजु

सुनिताले बनाएको दर खांदा.....

हिजो राजधानी मन्दिर नजिकै घर भएका एक जना मित्र शिवराज जि र भाउजु सुनिता को निम्तो मान्दै तिजको लागि यो बर्ष को सम्भबत अन्तिम दर खान हामी त्यहा पुगेका थियौं । एक महिना अघी देखी उफ्रिन थालेका हाम्रा चेलीबेटिहरु दर खाने दिन त झन के बाँकी राख्थे र उफ्रिनु उफ्रिए । जे सुकै होस् नेपाल मिस गरिरहेको म र अरुलाई यस् पाली को अमेरिका को तिजले भुल्यायो । तपाईं हरु पनि एकै छिन् यो भिडियो हेरी मज्जा लिने कि


बरु शिवराज जि को ज्यानमारा खुर्सानी को पिरो र भाउजु नमिता को मिठो दर हामी सधैं सम्झी रहने छौं । हिंड्ने बेला शिवराजजी ले एउटा लामो न लामो लट्ठी लिएर किन हामी तिर आउनुभयो भन्या त यसो हेर्दा त लौका पो रहेछ आम्मै कती लामो, धन्यवाद है लामो लौकाको लागि पनि .....अस्ती बाबुदाई र बिष्णु भाउजुले ख्वाएको दर, कमला खरेलले एक दिन बिराएर ख्वाउने दर पनि नमिठा थिए भनेको होइन है तर वहाँहरुले हाल्ने खुर्सानी ज्यानमारा थिएन अर्कै थियो भन्या मात्र..., हे हे हे ....



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक