20090822

महिलाहरू दर खान र नाचगान गर्नमा व्यस्त छन् न्यूयोर्कमा पनि







न्यूयोर्कका सडक-सडक, गल्ली अनि सवारी साधनमा रातो साडी,ब्लाउज र चुरा पोते लगाएका महिलाहरूको चहलपहल देखिएको छ । न्यूयोर्कमा नेपाली महिलाहरूको महान चाड हरितालिका तीजका सन्दर्भमा महिलाहरू दर खान र नाचगान गर्नमा व्यस्त छन् । परापूर्वकालमा पार्वतीले भगवान महादेवलाई पति पाउन ब्रत लिएको र सोही अनुसार महादेवलाई पति पाएको भन्ने धार्मिक विश्वास बोकेको तीज पर्व मनाउन न्यूयोर्ककमा यतिबेला विवाहित महिला र युवतीहरू मात्रै हैन पुरुषहरू पनि तीज पर्व मनाउन व्यस्त देखिन्छन् । यसै अवसरमा नेपाली नारिहरुको महान चाड हरितालिकाको उपलक्षमा अमेरिकाको न्यूयोर्क राज्य स्थित रिजउडमा बसोबास गर्ने नेपालिहरुले भव्य रुपमा तिज मनाएका छन् । तिजको रहर आयो बरिलै भाकामा तिजको गित गाउदै नाच्दै गरेर नेपालि महिलाहरुले नारिको परम्परालाई भव्य रुपमा मनाएका छन् । रिजउड नेपलिज सोसाइटिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपfmी बाहेक विदेशी महिलाहरुले समेत रातो साडी,ब्लाउज र चुरा पोते लगाएर नाचेका थिए । हरेक वर्षmै यस पटक पनि रिजउड नेपलीज सोसाइटिले महिला दिदी बहिनीहरुलाई तिज मनाउने,दर खुवाउने काम गरेर अमेरीकामा महिला दिदी बहिनीको माइतिको भूमिका खेलेको छ । तीज पर्व महिलाहरूको चाड भएपनि रिजउड नेपलीज सोसाइटिका अध्यक्ष श्री पराजुलिले भन्नु भयो चाडपर्वलाई विकृतिरहित बनाउँदै संरक्षण गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।त्यसै गरि हरेक पटक झै यस पटक पनि रिजउड नेपालीज सोसाइटिले स्थाजिय नेपालीहरु महिलाहरुलाई सामुहिक रुपमा तिज एवं शुभकामना आदान प्रदानको व्यवस्था मिलाएर नेपालीहरुलाई विदेशमा रहेर पनि मनाउने तिज अवसर प्रदान गरेको थियो ।-रबी कोइराला


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक