20090821

माओवादीका जनवर्गीय संगठन र मोर्चाहरू 'सत्ता कब्जा' का लागि तयारीमा


एकीकृत नेकपा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरू सम्मेलित संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले 'सत्ता कब्जा' का लागि तयारी गर्ने लक्ष्यसहितको घोषणापत्र जारी गरेको छ। उपाध्यक्ष बाबुराम भट्टराईले बिहीबार सार्वजनिक घोषणापत्रमा संयोजकत्वमा गठित उक्त संयुक्त मोर्चाले सत्ता प्राप्तिका लागि साधनका रूपमा काम गर्दै जाने उल्लेख छ। 'यो क्रान्तिकारी संयुक्त मोर्चा मुख्य रूपमा संघर्षको साधन हो तापनि आवश्यकता अनुसार र क्रमशः यसले सत्ताको साधनका रुपमा पनि काम गर्दै जानेछ', घोषणापत्रमा छ 'केन्द्रीयस्तरमा यसले भावी सत्ता र सरकारको तयारीको साधनका रुपमा समेत कार्य गर्नेछ।'
स्थानीय (गाउँ/नगर तथा जिल्ला) स्तरमा र स्वायत्त गणराज्य स्तरमा सत्ताका संयन्त्रहरु भएमा तिनको पूरकका रुपमा, नभएमा तयारीको साधनका रुपमा यसले भूमिका निर्वाह गर्नेछ। बुधबार राति अबेर सम्पन्न मोर्चाले १ सय ४४ सदस्यीय समिति गठन गरेको छ। आन्दोलनको लक्ष्य, स्वरुप र कार्यभार, आन्दोलनका तात्कालिक र राष्ट्रियतासँग सम्बन्धित मागहरू सार्वजनिक गरेको छ। घोषणापत्रमा जनताको जनवादी र समाजवादी प्रणालीमा निश्चित संवैधानिक परिधिभित्र बहुदलीय प्रतिस्पर्धालाई संस्थागत गर्ने उल्लेख छ।

'माओवादीले अघि सारेको एक्काइसौं शताब्दीमा जनवादको विकासको अवधारणाअनुरुप जनताको जनवादी र समाजवादी प्रणालीमा समेत निश्चित संवैधानिक परिधिभित्र बहुदलीय राजनीतिक प्रतिस्पर्धालाई संस्थागत गर्न प्रयत्न गर्नेछ', घोषणापत्रमा छ। घोषणापत्रअनुसार सत्तामा आम जनसमुदायको निरन्तर सहभागिता, निगरानी र हस्तक्षेप सुनिश्चत गर्न र त्यसको निरन्तर जनवादीकरण गरिरहन यस आन्दोलनले विशेष संयन्त्र र विधिको विकास गर्न पनि अहिलेदेखि नै पहल गर्नेछ। जनवादी प्रतिस्पर्धा, सर्वहारा वर्गको एकीकृत र केन्द्रिकृत नेतृत्वबीच सही सन्तुलन र संयोजन कायम गर्नु नै नयाँ सन्दर्भमा जनवादको विकास गर्ने र प्रतिक्रान्ति रोक्ने निर्णायक तत्व हुने भएकाले त्यस दिशामा अहिलेदेखि नै आवश्यक र गम्भीर पहल गर्ने मोर्चाले घोषणा गरेको छ। माओवादी नेतृत्व सरकारका पालामा कार्यान्वयन गर्न पहल गरिएका तात्कालिक माग पूरा गराउन मोर्चाले सडक, सदन र सरकारका मोर्चाबाट विविध संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ। वर्तमान सरकार तुरुन्त भंग गरी संविधानसभा निर्वाचनमा अभिव्यक्त जनादेशअनुरुप माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार निर्माण गरिनुपर्ने माग मोर्चाले राखेको छ। घोषणापत्रमा भनिएको छ- 'अहिले मात्र होइन भविष्यमा पनि लामो समयसम्म जनसमुदायका त्यस्ता स्वायत्त सचेतना संयन्त्रहरु निर्माण गर्न र क्रियाशील वनाइ राख्न विशेष ध्यान दिइनेछ।' भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेज हुनुपर्ने, गोरखा भर्ती बन्द गर्न, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संघसंस्थालाई प्रभावकारी ढंगले नियन्त्रण गरिने घोषणापत्रमा उल्लेख छ। धर्म-निरपेक्ष राज्यको प्रभावकारी कार्यान्वयनका लागि मुस्लिम, क्रिस्चियनलगायतका अल्पसंख्यक धार्मिक समुदायमाथिको भेदभाव पूर्ण रुपले अन्त्य गरिनुपर्ने माग मोर्चाले राखेको छ। त्यस्तै पशुपतिनाथको मूलभट्ट विदेशीलाई नै बनाउने परम्पराको अन्त्य गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ। संचार माध्यममाथि राज्य र केही ठूला घरानाको एकाधिकारको अन्त्य गरी त्यसमा आम जनसमुदायको पहुँच वृद्धि गरिनुपर्ने मोर्चाले माग राखेको छ। संचार क्षेत्रमा विदेशी लगानी अन्त्य गरी श्रमजीवी पत्रकारहरुको हकहितको सुरक्षा गरिनुपर्ने उसले माग राखेको छ। - उजिर मगर

राम खरेल र सगरमाथा टिभी लाई हार्दिक बधाई


ASSOCIATION OF NEPALESE IN AMERICAS (ANA) NEPCAN- ANA Presidential Award of Excellence बाट बिभुसित हुनुभएका हाम्रा परम मित्र अमेरिका को वासिङ्टन डिसी बाट प्रसारण् हुने सगरमाथा टिभी का संचालक राम खरेल र सगरमाथा टिभी लाई हार्दिक बधाई एबम शुभकामना


राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिका , प्रधान सम्पादक - www.nepalmother.com and Family

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक