20090820

प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न सुझाव दिए

प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न सुझाव दिएका छन् । बिहीबार नयाँदिल्लीको हाटेल ओवरायमा भारतीय बुद्धिजीवि र सम्पादकहरुसँगको छलफलमा उनले राजाले मनलागे पार्टी खालेर खुला राजनीतिमा आए राम्रो हुने बताए ।
नेपालले नेपालमा राजतन्त्र फर्किने सम्भावना १०१ प्रतिशत नभएको समेत स्पष्ट पारे। उनले नेपालको शान्ति प्रक्रियामा केही अवरोध आए पनि सफल रुपमा ब्यवस्थापन हुने विश्वास व्यक्त गरे । माओवादीलाई पनि यो सरकारमा ल्याई शान्ति प्रक्रिया सफल बनाइने उनको भनाई थियो । प्रधानमन्त्री नेपालले सेना समायोजन प्रक्रिया छिट्टै शुरु हुने पनि बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक