20090819

माओवादीले आफूविरुद्ध भयङ्कर खतरा देखे

एकीकृत नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिमा आफ्नो विश्वास नै नरहेको झल्को देखिने गरी एउटा गोप्य दस्तावेज राज्य समितिका सदस्यहरूसम्मका लागि सर्कुलर गरेको छ। संविधानसभाको चुनावमा भाग लिएर सरकारको नेतृत्व गरेको र अहिले संसद्को प्रतिपक्षी रहेको माओवादीको यो दस्तावेज हेर्दा लाग्छ, माओवादी आफ्नो राजनीतिक लाइनप्रति अत्यन्तै 'कन्फ्युज्ड' छ। अचम्म त के छ भने अहिलेको सबैभन्दा शक्ति र स्रोतको हिसाबले सबैभन्दा बलियो पार्टी मानिने माओवादीले आफूविरुद्ध भयङ्कर खतरा देखेको रहेछ। माओवादीले मुलुकको परिस्थितिलाई तीनवटा विशेष परिस्थितिमा विभाजन गरेर त्यहीअनुसारको तयारी गर्न कार्यकर्तालाई लिखित निर्देश्ान दिएको छ। जसमा पुनः भूमिगत हुनुपर्नेसम्मको कुरा उल्ल्ोख गरिएको छ। तर, खतरा कोबाट र केका लागि भन्ने कुरामा माओवादी आफैं दिग्भ्रमित छ। माओवादीले जारी गरेको निर्देशिकासम्बन्धी सर्कुलरमा भनिएको छ, 'पार्टीले आफ्नो दैनिक कामकारबाही सञ्चालन गरिरहादा वर्गसङ्घर्षको तात्कालिक अवस्थालाई ध्यान पुर्यातई तपसिलका विशेष परिस्थिति घोषणा गर्नेछ। क. सामान्य सतर्कताको विशेष परिस्थिति, ख. मध्यम सतर्कताको विशेष परिस्थिति, ग. उच्च सतर्कताको विशेष परिस्थिति।' सामान्य सतर्कताको विशेष परिस्थितिको तयारीका बारेमा माओवादीले थप भनेको छ, 'पार्टी प्रतिबन्धित नभएको, अर्ध वा पूर्ण भूमिगत भएको हालतमा पार्टीले सामान्य सतर्कताको विशेष परिस्थिति घोषणा गर्नेछ। क. यस अवस्थामा पार्टीले आफ्ना कार्यहरू वर्गदुश्मनबाट हुन सक्ने हानिनोक्सानीबाट जोगाउने प्रयत्न गर्नेछ।' यो अवस्थामा पार्टी आदेशहरू, परिपत्रहरूको कडा सुरक्षा गरिने, पार्टी सम्पर्क थलोहरूमा निरन्तर निगरानी गरिने, शङ्कास्पद चरित्रहरूमाथि प्रवेश निषेधाज्ञाहरू लागू गरिने उल्लेख गरिएको छ। तर, शङ्कास्पद चरित्रमा के–के पर्ने भन्ने विषयमा चाहिा माओवादीले केही पनि बोलेको छैन। सामान्य सतर्कत्ााको विशेष परिस्थितिलाई माओवादीले थप व्याख्या गरेको छ, 'पार्टीका जिम्मेवार कमरेडहरूको बसउठ र भेटघाटलाई सतर्कतापूर्वक मिलाइनेछ। ङ. सम्पूर्ण लिखतहरूमा पार्टी नामको प्रयोग गरिनेछ।' पार्टीमाथि प्रतिबन्ध लाग्ने आशङ्का भएमा वा आन्दोलन सङ्घर्ष चलिरहेको अवस्थालाई माओवादीले मध्यम सतर्कताको विशेष परिस्थितिका रूपमा व्याख्या गरेको छ। यो परिस्थितिमा के गर्ने भन्नेबारेमा माओवादीले गरेको बाुदागत व्याख्या यस्तो छ– 'पार्टी सम्पर्क स्थलहरू भनेर चिनिएका स्थलहरूमा पार्टी जिम्मेवार कमरेडहरूको चहलपहल बन्द गरिनेछ। पार्टीभित्र सम्बोधन गर्दा पार्टी नामको प्रयोग गरिनेछ। आफूसाग असम्बन्धित क्षेत्र, व्यक्ति, विषयका बारेमा जिज्ञाशाहरू निषेध र गोपनीयतालाई कडाइका साथ पालना गरिनेछ।'

एकीकृत माओवादीले पार्टी प्रतिबन्धित भएमा वा सशस्त्र विद्रोहको थालनी भएको घोषणा भएमा उच्च सतर्कताको विशेष परिस्थिति घोषणा हुने उल्लेख गरेको छ। त्यस परिस्थिति कतिबेला आउने भन्नेबारेमा किटान नगरीकन माओवादीले गरेको व्याख्या यस्तो छ– 'राष्ट्रिय मुक्तियुद्ध, गृहयुद्ध, आन्तरिक पार्टी विग्रह, प्राकृतिक प्रकोप, महामारी आदि परिस्थितिहरूमा पार्टीले उच्चस्तरको विशेष परिस्थिति घोषणा गर्नेछ। पार्टी केन्द्रीय समितिको बहुमतले महाधिवेशन वा सम्मेलनको दृष्टि, भाव र व्यवहारविपरीत कार्य गरेको लागेमा अन्य पार्टी सदस्यहरू र समितिहरूले रीत पुर्यासई उच्च सतर्कताको विशेष परिस्थिति घोषणा गर्न सक्नेछन्।' विशेष उच्च सतर्कता अपनाउने बेलामा गर्ने पार्टी कामका बारेमा माओवादीले बुादागत रूपमा यस्तो व्याख्या गरेको छ– 'सबै नियमित खुल्ला कार्यक्रमहरू पार्टीको नाममा गरिने छैन। नियमित सम्मेलन वा महाधिवेशनहरू अघिपछि सर्न सक्नेछन्। पार्टी गोपनीयतालाई कडाइकासाथ पालना गरिनेछ। ६ महिनाको विशेष परिस्थिति घोषणा गर्न सकिनेछ। आवश्यक भएमा अर्को ६ महिना थप्न सकिनेछ।' तर, यो परिस्थितिको व्याख्या माओवादीले कार्यकर्तालाई भुल्याउनका लागि हो कि सााच्चिकै क्रान्ति गर्नका लागि भन्ने कुराचाहिा स्पष्ट हुन सकेको छैन।

बेल्जियममा तिजको रमझम

- सन्तोष न्यौपाने




वर्षदिनकौ एक पटक आउने तथा आफना माइति लाई भैटने चाड हरितालिका को उपलक्ष्यमा यहा रहेका नेपालि दिदि बहिनि हरुमा रौनक छाएको छ । प्रत्येक शहर शहर मा तिज को रमझम ले आफना माइति को कम मात्रामा भएपनि सम्झना लाई प’रा गरिदिएकौ छ । ल’भेन एन्तरपेन सिन्त’रदेन तथा बर्’र्गि सहरमा अझ बढि चहलपहल बढैको छ ।स्वदेश मा तिज कै दिन मा मनाउने भए पनि यहा काम गनर्’ पर्नै ह’नालै अघि पछि मनाउदै आएका छन । प्रवाशमा चार्डपर्व मनाए पनि स्वदैश को र घरपरिवारको याद मेटाउन नसकिने अधिकासं दिदिबहिनि हरु बताउछन । उनिहरुका अन’सार प्रवाशमा मनाइने नेपालि चार्डपर्व हरुलै नेपालिपन बचिराख्ने तथा परिवारको तिर्सना मैटिने क’रामा दर्’इ मत छैन ।
लामो समय सम्म बसेका तथा नया आएका दिदि बहिनि हरुको तिज आउदाको हर्षर विस्मात द’वै रहेको छ । भर्खर भर्खर आएका दिदिबहिनि हरु माइत र गाउ परिवार कौ साह्रै याद आउने ह’दा स्वदेशको पिडा भ’ल्न नसकिने बताउछन भने यहा १० १२ वर्षसम्म बस्दै आएका हरु को पहिले भएपनि अहिले त्यस्तो नह’ने उनिहरुको भनाई रहैको छ । यसै क्रममा बर्’र्गि सहरका दिदि बहिनि हरुलै तिज पर्व हर्षौल्लासका मनाए। रातौ साडि च’रा पोते मा सजिएका उनिहरुले नया तथा प’राना तिज का गित गाई नाचैका थिए। तिज महिलाको मात्र भएपनि उत्त कार्यक्रममा दाजभाई हरुलै गित तथा नृत्य मा साथ दिएका थिए ।
बेल’कि पाच बजे बाट स’रु भएको कार्यक्रममा मजालै दर को स्वाद चाखे । विभिन्न परिकार हरु ले नेपालको दर को तिर्सना मैटाएको उनिहरुले बताए । तिज नाचगानले वरपरको वातावरण संगितमय बनाएको थियो । कार्यक्रम मा सबै दिदि बहिनिहरु रातो साडिमा सजिएर आउदा एकैछिन सहर नै नेपालिमय भएको थियो । साना देखि ठ’ला सम्म सहभागि दिदिबहिनि तथा दाज’भाइ हरुको सहभागिताले कार्यक्रम स्थल नै भरिभराउ भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक