20090816

नेपाल जहाँ एउटा कुखुराको निहुमा भिडन्त हुन्छ र चार घाइते पनि !!!

छिमेकीको घरमा कुखुरा पसेको निहुँमा भएको विवाद भिडन्तमा परिणत भएपछि चार जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर छ। रौतहटको मलाइ गाविस-४ का वीरेन्द्रप्रसादको कुखुरा छिमेकी रुदल सहनीको घरमा प्रवेश गरेपछि त्यही निहुँमा भिडन्त भएको थियो। घटनामा वीरेन्द्रसहित उनको परिवारका ४ सदस्य घाइते भएका छन् । उनीहरुको गौर अस्पतालमा उपचार हुँदैछ । टाउकोमा चोट लागेका रीमाकुमारी र उमारपती साहको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
शनिबार राति ९ बजेतिर घरमा कुखुरा प्रवेश गरेपछि रुदल सहनी र विक्रम सहनीले कुखुरा किन बाँधेर नराखेको भन्दै वीरेन्द्रप्रसादको घरमा प्रवेश गरेर परिवारमाथि निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । कुटपिट गर्ने रुदल र विक्रम प्रहरी नियन्त्रणमा छन् । सानो विषयलाई लिएर यति ठूलो घटना भएको यसअघि नसुनेको प्रहरीले बताएको छ । 'सानो विषयलाई लिएर यति ठूलो घटना भएको थाहा छैन', इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव निरीक्षक रामलखन महतोले भने- चेतनाको कमीका कारण यति नराम्रो घटना हुन पुग्यो । उता, कुखुराका कारण यति ठूलो घटना भएपछि वीरेन्द्रप्रसादका आफन्तले आइतबार बिहान उक्त कुखुरो नै तरकारी बनाएर खाएका छन् । 'सबैको झगडाको कारण यही कुखुरा भएकाले यसलाई मारेर खायौं'- वीरेन्द्रका आफन्तले बताए ।

अमेरिकाको सान फ्रान्सिस्को बे क्षेत्र वरपर बस्ने नेपालीहरुले महिलाहरुको चाड तीज यसरि मनाए। यस कार्यक्रमको भिडियो उपलब्ध गरिदिनु हुने www.themotherlandnepal.org का संचालक अनिल पाण्डे ज्यु लाई बिशेष धन्यवाद।

हार्दिक बधाई राम खरेल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक