20090815
मुलुकको भविष्यनै डामाडोल हुने अवस्था सिर्जना
दक्षिण एसियाको पहिलो देश नेपाल अहिले अफ्नो अतीतको गौरब जोगाएर र्सार्वभौम अस्तित्वको रक्षा कसरी गर्ने भन्ने महासंकटको अवस्थाबाट गुज्रिन पुगेको छ । स्वतन्त्र नेपालभूमिलाई रणनीतिक रुपमा उपयोग गरी सामरिक स्वार्थ पूरा गर्ने चाहनादेखि लिएर नेपालको समग्र प्राकृतिक जलसम्पदा हत्याउने रणनीतिक योजना तर्जुमा गर्न बाहृय शक्तिहरू निरन्तर लागिपरेकाले र त्यस्तो रणनीतिक स्वार्थ पर्ूर्तिको साधनका रुपमा आफूलाई उपयोग गर्न राज्य संचालकको हैसियतमा पुगे-पुर्याइएकाहरू समेत जानीनजानी उद्यत रहेकाले स्वतन्त्र नेपालको अतीतदेखि वर्तमानसम्मको गौरवको रक्षा नै संकटमा परेको हो ।राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच पुर्याउने गरी जाति, भाषा, धर्म, लिङ्ग र भूक्षेत्रलाई विभेद र विद्वेषकारी ढङ्गले उछालेर पारस्परिक सद्भाव, विश्वास र सहयोगको सेतु नै चुँडाल्ने गरी त्यसलाई राजनीतिक उर्जा प्राप्तिको स्रोतका रुपमा समेत उपयोग गर्ने जेजस्ता वितण्डावादी प्रवृत्ति विकसित हुँदैआएका छन् तिनै प्रवृत्तिहरू राष्ट्रलाई महासंकटको दिशातिर धकेल्न काफी छन् । मुलुकमा नयाँ नेपाल निर्माणको हावा चलिरहेको बेलामा राष्ट्रिय एकता र अखण्डता नै जोखिममा पर्दै जानु ठूलो विडम्बना हो । राष्ट्रिय चेतना स्खलित हुँदै गएको र सत्ता र शक्तिको प्रलोभनले आत्मर्समर्पणवादी चरित्रलाई मलजल गर्दै गएकाले देशको भविष्य नै क्षतविक्षत हुने आशंका बाक्लिदै गएको छ । प्रजातन्त्र वा लोकतन्त्रको घुम्टो ओढेर जे पनि गर्न अग्रसर हुने अवाञ्छित चरित्रको विकासले यसरी नै द्रुतगति लियो भने राज्यको पुनःसंरचना र नयाँ नेपाल निर्माणको परिकल्पना जनतालाई भ्रममा पारेर परचक्रीकै रणनीतिक स्वार्थपर्ूर्ति गर्ने आधार मात्र खडा हुनसक्छ । यस्तो स्थितिमा समयचेत जागृत भयो र राष्ट्रिय चेतनाको नयाँ लहर उठ्यो भने मात्र राष्ट्रिय एकता र अखण्डता जोगिन सक्छ र परचक्रकीका रणनीतिक योजनाहरू विफल हुन सक्छन् ।
अघिल्लो हप्ता मन्त्रिपरिषद्को राजनीतिक समितिले मुलुकभित्र विदेशी शक्तिको चलखेल निगरानी गर्न प्रधानमन्त्रीप्रति उत्तरदायी रहने गरी शक्तिशाली बाहृय प्रतिजासुसी इकाइ गठन गर्न प्रस्ताव गरेको कुरा प्रकाशमा आएको छ । मुलुकमा राष्ट्रिय सुरक्षा नीति नै नरहेको प्रतीत भैरहेको र राष्ट्रिय सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएकै कारण अराजकता व्याप्त भैरहेको अवस्थामा देशको आन्तरिक सुरक्षा व्यवस्था मजबुत पार्न र विदेशी शक्तिका चलखेल रोक्न राष्ट्रिय प्रतिबद्धतायुक्त प्रयास हुने हो र सवै राजनीतिक शक्ति समूहहरूले त्यसमा इमान्दारिता देखाउने हो भने निकट भविष्यमा नै राष्ट्रिय सुरक्षा योजनाका सकारात्मक परिणाम आउन सक्छन् । तर राष्ट्रिय सुरक्षाको सवाललाई पनि संकर्ीण्ा राजनीतिक स्वार्थ पर्ूर्तिका दृष्टिले उपयोग गर्न खोजिएको हो र खोजिन्छ भने त्यसले कुनै वाञ्छित परिणाम दिने छैन । जहाँसम्म बाहृय प्रतिजासुसी इकाइ गठनको प्रस्तावको कुरा छ त्यो पनि सत्ताधारीहरूले भागवण्डामा आफ्ना कार्यकर्तालाई जागीर खुवाउने नयाँ क्षेत्र मात्र त बन्ने होइन भन्ने सवाल पनि स्वतः उत्पन्न हुनजान्छ । किनभने अहिलेसम्म त्यस्ता अनेक क्षेत्रमा सत्ताको चरम दुरुपयोग हुँदैआएको छ र दण्डहीनताले राजनीतिक संरक्षण प्राप्त गर्दैआएको छ । मुलुकमा व्याप्त अराजक स्थितिले आन्तरिक रुपमा असुरक्षा र अपराध मात्र बढाएको नभै विदेशी शक्तिको चलखेललाई पनि पर्याप्त अवसर दिएको छ । सीमापारका अपराधकर्मीहरू हातमा नेपाली नागरिकता लिएर नेपालभित्र ववण्डर खडा गर्न निर्देशित रुपमा नै क्रियाशील छन् । त्यसको दुष्परिणाम मुलुकले भोग्दै आएको मात्र नभै भविष्य नै डामाडोल हुने अवाञ्छित अवस्था सिर्जना भएको छ ।
नेपालमा विदेशी शक्तिको चलखेल २००७ साल अघिदेखि नै झयाँगिदै आएको हो । कुनै पनि चरणका राजनीतिक परिवर्तनहरूमा बाहृयशक्तिको चलखेलको निर्ण्र्ाात्मक प्रभाव पीडादायी कटुयथार्थ हो र त्यसरी बाहृय शक्तिको चलखेललाई आमन्त्रण गर्ने पनि नेपाली अनुहारकै गुमास्ताहरू हुन् । सन् १९५० मा सत्ता जोगाउने अभिलाषाबाट प्रेरित भएर नै मोहन शमशेर राणाले भारतसंग 'शान्ति तथा मैत्री सन्धि' गरेका थिए भने दिल्ली सम्झौताबाट नै ००७ सालको जनक्रान्ति टुङ्गएिको थियो । २०४६ सालको जनआन्दोलनको पृष्टभूमि र परिणतिदेखि लिएर १२ बुँदे दिल्ली सहमति र त्यसपछिका परिणामहरूमा पनि बाहृय शक्तिको पूरापुर संलग्नता कसैले ढाकछोप गर्न सक्ने स्थितिमा छैन । २०६२-०६३ को विष्मयकारी परिवर्तनपछि ५० लाख भारतीयले नेपाली नागरिकता पाएका र नेपाल दोस्रो सिक्किम बन्ने नियतिको बाटोमा गएको कुरा त भारतकै संचारमाध्यमहरूले छ्याप्छ्याप्ती रुपमा प्रस्तुत गरिरहेका छन् । नेपालको वर्तमान राजनीतिमा त्यस्तै आइतेहरूको बालवाला बढ्दै गएको छ । नेपालको अखण्डभूमि तर्राईलाई नेपालबाटै अलग गर्राई बेग्लै मुलुक बनाउने हुँकार त्यसै हुन थालेको छैन । अहिले मुलुकमा एकसयभन्दा बढी हतियारधारी समूह अङ्कति भएका छन् भने तीमध्ये अधिकांशको हेडक्वाटर पनि भारत भूमिमा नै छ । विगतदेखि वर्तमानसम्म नेपालमा जेजति सशस्त्र राजनीतिक गतिविधि भएका छन्, ती सवैको केन्द्र र आश्रयस्थल भारत नै रहेको कुरा अकाट्य नै छ । खुला सिमाना र अनियन्त्रित आवागमनको यथेष्ट उपयोग गरी अनेक प्रकृतिका वितण्डा मच्चाउने छुट सवैले पाउँदै आएका छन् र त्यसको मार नेपालले खप्दै-भोग्दै आएको छ । खुला सिमानाको व्यवस्थापन र आवागमनमा नियमन नभएसम्म विदेशी शक्तिको चलखेल निगरानी असम्भव नै छ भने बाहृय शक्तिकै आड भरोषा र रणनीतिक नीति-निर्देशनमा कठपुतली नाच गरिरहने सत्ता स्वार्थ प्रेरित राजनीतिक गतिविधि जारी रहिरहँदासम्म पनि त्यस्तो निगरानी अकल्पनीय छ । ढाँटछलले यथार्थ सधैं छोपिन सक्दैन । विदेशीको इशाराविना सास पनि फर्ेन नसक्ने दर्ुदान्त स्थितिमा पुगेका सत्ता स्वार्थले अन्धा भएकाहरूबाट मुलुकको भविष्य कसरी जोगिएला - वर्तमान समयले उठाएको यो नै गम्भीर सवाल हो । चेतना भया !- Somnath Ghimire
महिलालाई यस्तो लोकतन्त्र आएपछी ... ....
अमेरिकामा प्रथम अन्तर्राष्ट्रिय
नेपाली साहित्य सम्मेलन
युवा कवि श्री मोतीराम भट्टको जन्म जयन्तीको शुभअवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समितिको तत्वाधानमा र अन्तर्राष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरको सक्रियतामा यहि अगष्ट १५ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरको एस्टोरियामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बिभिन्न कार्यक्रमका साथ धुमधामले सम्पन्न भयो। यस भन्दा अगाडी कहिल्यै पनि नभएको यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकाको न्यूयोर्क,न्यूजर्सी,भर्जीनीया, बोष्टन, बाल्टिमोर, फ्लोरीडा, कोलोर्याडो,नर्थक्यारोलिना आदी बिभिन्न स्थान वाट अनि अमेरिका बाहिर नेपाल, सोभियतसंघ, जापान, भारत, क्यानाडाका गरी एक सय भन्दा वढि भाषा र साहित्य प्रेमीहरुको उपस्थिति थियो। न्यूयोर्क बाहिर बाट आउनु भएका सम्पूर्ण पाहुनाहरुलाई न्यूयोर्कका साथीहरुले आ-आफ्ना घरमा सहर्ष आतिथ्य प्रदान गर्नु भएको थियो। बिहान नौ वजे देखि सांझ पांच बजे सम्म रहेको उक्त सम्मेलन लाई उद्घाटन समारोह, कार्यपत्र प्रस्तुति, विशेष काव्य गोष्ठी र अनेसास च्याप्टर गतिविधि र यस वारेको छलफल गरी चार सत्रमा विभाजन गरिएको थियो।
प्रमुख अतिथि डा.गोविन्द राज भट्टराई र विशेष अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदुत श्री मधुरमण आचार्य रहनु भएको प्रथम सत्रको कार्यक्रमको सभापतित्व अनेसास केन्द्रीय समितिका अध्यक्ष कुमार वस्नेतले गर्नु भएको थियो। प्रमुख अतिथिले पानसमा बत्ती बालेर युवाकबि मोतीराम भट्टको तस्वीरमा माल्यार्पण र श्री १०८ स्वामी आत्मानन्द गिरीजीको मंगलाचरण द्वारा आरम्भ भएको उक्त समारोहमा अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष गीता खत्रीले स्वागत संवोधन गर्नु भएको थियो भने सम्मेलनका संयोजक र अनेसास केन्द्रीय समितिका उपाध्यक्ष भारती गौतमले कार्यक्रम माथि संक्षिप्त प्रकाश पार्नु भएको थियो। सम्मेलनको सफलताको कामना को लागि सम्मानिय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनु भएको शुभकामना मन्तव्य कार्यक्रमका संचालक शिव प्रकाशले पढेर सुनाउनु भएको थियो। त्यसैगरी राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, कमलमणी दिक्षित र डा.माधव पोख्रेल र अनेसास केन्द्रिय समितिका भूतपूर्व अध्यक्ष मोहन सिटौलाका शुभकामना संदेशहरु पनि कार्यक्रममा पढिएको थियो।
संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत श्री मधुरमण आचार्य, अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुवेदीज्यूका मन्तव्य पश्चात स्वामी आनन्द विनोद द्वारा लिखित "द अवेकनिङ " को प्रमुख अतिथि डा. गोविन्द राज भट्टराईज्यूले र शेखर ढुंगेल द्वारा लिखित "शेखरका सय कविता" नामक पुस्तकको संयुक्त राष्ट्रसंघकालागि नेपाली राजदूत महामहिम मधुरमण आचार्यज्यूले विमोचन गर्नु भएको थियो। नेपाली डायस्पोराका नेपाली भाषाका साहित्यकार र कृतिमा गरिएको अनुसन्धानका लागि गैर आवासिय नेपाली(एन आर एन) द्वारा प्रदान गरिने खेमलाल हरिकला लामिछाने पुरस्कार डा.गोविन्दराज भट्टराई ज्यूलाई प्रदान गरिएको थियो भने नेपाली डायस्पोरामा गरेको साहित्य सिर्जनाको सर्वोत्तम योगदानका लागि एन आर एन बाट नै प्रदान गरिने नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार रुसमा रहेर नेपाली साहित्यको सेवामा कटिवद्द श्री कृष्ण प्रकाश श्रेष्ठज्यूलाई प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रममा त्रिविवि नेपाली भाषा विभाग लाई डायस्पोरा नेपाली साहित्य अनुसन्धान तथा अध्ययनका लागि एन आर एनले प्रदान गरिने फूल कुमारी महतो स्मृति पुरस्कार प्रदान गरिएको थियो भने श्री होमनाथ सुवेदीज्यूलाई अस्वीकृत विचार साहित्य सम्मान पत्र र अनेसास रमाकान्त अधिकारी गण्डकी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार "अन्तिम घुड्को" कथा संग्रहका लागि श्री नगेन्द्र न्यौपाने ज्यूलाई प्रदान गरिएको थियो। अनेसास केन्द्रिय समितिका कोषाध्यक्ष कमला प्रसाईले दिनु भएको धन्यवाद ज्ञापन अनि कार्यक्रमका सभापति डा. कुमार वस्नेतको मन्तव्य पछि सम्मेलनको प्रथम सत्र सकिएको थियो।
सुमनराज तिंसिनाले संचालन गर्नु भएको कार्यपत्र प्रस्तुती को दोस्रो सत्रको सभापतित्व प्रमुख अतिथि डा.गोविन्द राज भट्टराईले गर्नु भएको थियो। "नेपाल वाहिर नेपाली भाषाको महत्व, आवश्यकता र यसका संभाव्य पूर्वाधारहरु " प्रस्तुत कर्ता श्री वसन्त श्रेष्ठ (अमेरिका)को कार्यपत्रको शीर्षक थियो भने "असमको नेपाली जनजीवन निर्माणमा समाज,साहित्य र राजनीतिको भूमिका" शीर्षकमा प्रा. जयनारायण लुईटेल(असम,भारत) ले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी युरोपीय डायस्पोरामा नेपाली भाषा र साहित्य विषयमा श्री कृष्ण प्रकाश श्रेष्ठ (मास्को, रुस) ले पनि आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। प्रा.घनश्याम कडेल(नेपाल)ले नेपाली समालोचनाको विकास परम्परा शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दोस्रो सत्रको कार्यक्रमका सभापति डा.गोविन्दराज भट्टराईले उक्त संपूर्ण कार्यपत्र वारे संक्षिप्त समीक्षा का साथ सत्रको समापन गर्नु भएको थियो। सम्मेलनको तेस्रो सत्र मा संपन्न विषेश काव्य गोष्ठीको संचालन निलम कार्की निहारिकाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व डा.शिव गौतमले गर्नु भएको थियो। कवि गोवर्धन पूजा कार्यक्रमका आमन्त्रित अतिथि हुनु हुन्थ्यो। कार्यक्रममा स्थापित र नवोदितगरी झन्डै तीस जना कवि कवयत्रीहरुले आ-आफ्ना कविता , गीत र गजलहरु सुनाउनु भएको थियो। काव्य गोष्ठिको अन्त्यमा आमन्त्रित अतिथि गोवर्धन पूजा र कार्यक्रमका सभापति डा.शिव गौतमले आ-आफ्ना कविता र मन्तव्य व्यक्त गर्नु भएको थियो। सम्मेलनको अन्तिम तथा चौथो सत्रमा अनेसासका बिभिन्न च्याप्टरका अध्यक्षहरुले आ-आफ्ना च्यापटरका गतिबिधि बारे प्रकाश पार्नु भएको थियो।
अनेसास केन्द्रिय समितिका भूतपूर्व अध्यक्ष श्री पुरु सुवेदीले संचालन गर्नु भएको उक्त सत्रको अध्यक्षता अनेसास कोलोर्याडो च्यापटरका अध्यक्ष श्री ज्ञानेन्द्र गदालले गर्नु भएको थियो। उक्त कार्यक्रममा सहभागी च्याप्टर अध्यक्षहरु मा बिमल नेपाल(फ्लोरिडा), नगेन्द्र न्यौपाने(नर्थ क्यारोलिना), ज्ञानेन्द्र गदाल(कोलोर्याडो), शरद निरौला( वाशिङटन डीसी), एच वी भन्डारी(वाल्टिमोर),गीता खत्री(न्यूयोर्क), अनन्त रिसाल(न्यूजर्सी) र भारती गौतम(वोस्टन ) हुनु हुन्थ्यो। च्यापटरका अध्यक्षहरुले सम्वन्धित च्यापटरहरुले गरिसकेका कार्यहरु र आगामी योजनाहरु वारे चर्चा गर्नु भएको थियो। सम्मेलनका संयोजक भारती गौतमले सम्मेलन सफल बनाउन प्रत्यक्ष र परोक्षरुपले सहयोग पुर्याउने सवैजनालाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। साथै उहांले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनको हरेक दुई दुई वर्षमा अनेसासले आयोजना गर्ने र त्यस योजनालाई कार्यन्वित गर्न च्यापटरहरु लाई केन्द्रले प्रोत्साहन गर्ने कटिवद्दता पनि व्यक्त गर्नु भयो। ऐतिहासिक महत्वको उक्त सम्मेलनमा सहभागी हुनु हुनेहरुमा प्रा.घनश्याम कडेल, शिव प्रसाद सत्याल ‘पीठ’, ईल्या भट्टराई, वसुन्धरा भुसाल,हरि बहादुर थापा,सीता पाण्डे, गोविन्द गिरि प्रेरणा, हेमन्त श्रेष्ट, गोविन्द रावत(क्यानाडा), समेत हुनुहुन्थ्यो।
2 comments:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
प्रिये देशभक्त साथि हरु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ReplyDeleteनेपाली लै हटाएर हिन्दी लै रास्त्रभाषा बनाउने सद्येंत्र नेपाल मा धेरै पहिले देखि सुरु भएको हो…..तेही सद्येंत्र अन्तर्गत नै नेपाल मा जाति-भाषा-धर्म को आधार मा साम्प्रदायिक राजनीति गर्ने इन्डियन दलाल हरु पनि आज भन्दा ५० वर्ष पहिले देखि नै थिए……… तराई काँग्रेस भन्ने दलाल पार्टी ले हिन्दी लै रस्त्रभासा बनाउनु पर्छ भनेर १९५० साल तिर नै माग गरेको हो……….अहिले यी माओबादी र ७ दल को सरकार ले ४० लाख इन्डियन आप्रबासी लै नागरिकता बाडेको ले गर्दा नै नेपाल को तराई अहिले बिखन्डन को संघार मा छ…………….
.नेपाल मा भाषा. को. कुरामा गहिरिएर चिन्तन र बिस्लेसन गर्नपर्ने समाए आएको छ……. नेपाल मा लगवग २०० भाषा को अस्तित्वो रहेको छ. ति सबैलाई सरकारी मन्येता र प्रयोग गर्न असम्भव छ…. केहि विद्वान मित्र हरुले नेपाली हाहेक अरु ठुलो संख्या मा जनता ले बोल्ने भाषा मैथली, भोजपुरी, अबधि, थारु, तामांग,नेवार, मगर, गुरुङ, राई , लिम्बु आदि जस्ता भाषा लै, र केहि इन्डियन दलाल हरुले हिन्दी लै पनि प्रयोग गर्न पर्छ भन्छन. तर आज थोरै संख्या मा छ भनेर ठुला १०/१२ वोटा भाषा लै मात्र मन्येता दिने हो भने, भोलि तिनीहरुको भाषा बोल्ने पनि धेरै संख्या मा हुनेछन, तेती बेला के त्यो सम्भव छ?? मान्येता र प्रयोग गर्ने भए २०० जति सबै भाषा लै नै मन्येता र प्रयोग गर्नुपर्छा, जुन असम्भव छ……….. अझ नेपाल जस्तो देश जहाँ जिल्ला, वोडा, गाउ, र टोल टोल मा मिस्त्रित जाति को बसोबश छ… तेंह यो नीति भनेको गृहयुध निम्त्याउने नीति मात्र हो……
हामी भन्छौ बरु हिन्दी को सट्टा मैथली, भोजपुरी……… तर ति भाषा हरु पनि नेपाल को तराई मा २० लाख जति ले बोल्चन, तर इंडिया मा कम्ति मा पनि ८ करोड ले बोल्छन……..अब हामि आफै सोचौ, के गर्ने?????? अहिले केहि नभएपनि अब को २० बर्समा तेस्ले नेपाल मा के प्रभाव पार्छ— त्यो हेर्नुपर्छ. … तेसकारण, अब हामीले देश को लागि केहि त्याग त गर्ने पर्छ, हामि आदिबासी र जनजाति भनिने हरु अघि आउने पर्छ. …
हुन त मा आफै तामांग हु र तामांग बोल्छु, तर नेपाल को एथार्थ लै हेर्ने हो भने मैले भन्ने पर्ने हुन्छ….नेपाल मा अब एक मात्र भाषा हुनुपर्छ………. त्यो हो नेपाली—— आफ्नो जाति र सम्प्रदाये भन्दा पनि समग्र देश नेपाल र नेपाली जाति को हित हुने किसिम ले सोच्नुपर्छ. र नेपाली भाषा लै मात्र राष्ट्र भाषा, सम्पर्क भाषा र सरकारी कामकाज को भाषा बनाउनु पर्छ र भारतीये
सद्येंत्र लाई चिर्नुपर्छ………………….
जय नेपाल, जय नेपाली
Ram bd lama
ktm
प्रिये देशभक्त साथि हरु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ReplyDeleteनेपाली लै हटाएर हिन्दी लै रास्त्रभाषा बनाउने सद्येंत्र नेपाल मा धेरै पहिले देखि सुरु भएको हो…..तेही सद्येंत्र अन्तर्गत नै नेपाल मा जाति-भाषा-धर्म को आधार मा साम्प्रदायिक राजनीति गर्ने इन्डियन दलाल हरु पनि आज भन्दा ५० वर्ष पहिले देखि नै थिए……… तराई काँग्रेस भन्ने दलाल पार्टी ले हिन्दी लै रस्त्रभासा बनाउनु पर्छ भनेर १९५० साल तिर नै माग गरेको हो……….अहिले यी माओबादी र ७ दल को सरकार ले ४० लाख इन्डियन आप्रबासी लै नागरिकता बाडेको ले गर्दा नै नेपाल को तराई अहिले बिखन्डन को संघार मा छ…………….
.नेपाल मा भाषा. को. कुरामा गहिरिएर चिन्तन र बिस्लेसन गर्नपर्ने समाए आएको छ……. नेपाल मा लगवग २०० भाषा को अस्तित्वो रहेको छ. ति सबैलाई सरकारी मन्येता र प्रयोग गर्न असम्भव छ…. केहि विद्वान मित्र हरुले नेपाली हाहेक अरु ठुलो संख्या मा जनता ले बोल्ने भाषा मैथली, भोजपुरी, अबधि, थारु, तामांग,नेवार, मगर, गुरुङ, राई , लिम्बु आदि जस्ता भाषा लै, र केहि इन्डियन दलाल हरुले हिन्दी लै पनि प्रयोग गर्न पर्छ भन्छन. तर आज थोरै संख्या मा छ भनेर ठुला १०/१२ वोटा भाषा लै मात्र मन्येता दिने हो भने, भोलि तिनीहरुको भाषा बोल्ने पनि धेरै संख्या मा हुनेछन, तेती बेला के त्यो सम्भव छ?? मान्येता र प्रयोग गर्ने भए २०० जति सबै भाषा लै नै मन्येता र प्रयोग गर्नुपर्छा, जुन असम्भव छ……….. अझ नेपाल जस्तो देश जहाँ जिल्ला, वोडा, गाउ, र टोल टोल मा मिस्त्रित जाति को बसोबश छ… तेंह यो नीति भनेको गृहयुध निम्त्याउने नीति मात्र हो……
हामी भन्छौ बरु हिन्दी को सट्टा मैथली, भोजपुरी……… तर ति भाषा हरु पनि नेपाल को तराई मा २० लाख जति ले बोल्चन, तर इंडिया मा कम्ति मा पनि ८ करोड ले बोल्छन……..अब हामि आफै सोचौ, के गर्ने?????? अहिले केहि नभएपनि अब को २० बर्समा तेस्ले नेपाल मा के प्रभाव पार्छ— त्यो हेर्नुपर्छ. … तेसकारण, अब हामीले देश को लागि केहि त्याग त गर्ने पर्छ, हामि आदिबासी र जनजाति भनिने हरु अघि आउने पर्छ. …
हुन त मा आफै तामांग हु र तामांग बोल्छु, तर नेपाल को एथार्थ लै हेर्ने हो भने मैले भन्ने पर्ने हुन्छ….नेपाल मा अब एक मात्र भाषा हुनुपर्छ………. त्यो हो नेपाली—— आफ्नो जाति र सम्प्रदाये भन्दा पनि समग्र देश नेपाल र नेपाली जाति को हित हुने किसिम ले सोच्नुपर्छ. र नेपाली भाषा लै मात्र राष्ट्र भाषा, सम्पर्क भाषा र सरकारी कामकाज को भाषा बनाउनु पर्छ र भारतीये
सद्येंत्र लाई चिर्नुपर्छ………………….
जय नेपाल, जय नेपाली
ram bd lama
rbdlama1@hotmail.com