20090813

माओवादी विरुद्ध मोर्चाबन्दी गर्ने २२ दलको निर्णय

सत्ता साझेदार दलहरुले संवैधानिक समितिको सभापतिमा एनेकपा माओवादी विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्। २२ दलको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसका तर्फबाट समितिको सभापतिमा दिने उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेका हुन्। समितिको चुनाव तीन दिनपछि भदौ १ गते हुँदैछ। समितिको सभापतिमा माओवादीबाट बाबुराम भट्टराई र कांग्रेसबाट निलाम्बर आचार्यले उम्मेदवारी दिने चर्चा चलिरहेको छ। कांग्रेसका नेताहरुले आचार्य कांग्रेसको सिफारिसमा संविधान सभा सदस्य भए पनि आन्तरिक बैठकहरुमा नआउने भन्दै उनको नाम परिवर्तन गर्ने तयारीमा पनि लागेका छन्।
बैठकले सपथमा भाषा सम्बन्धि विवाद टुङ्याउन अन्तरिम संविधान संशोधन गर्न प्रस्ताव संसदमा लाने निर्णय गरेको उप प्रधानमन्त्री विजय गच्छदारले जानकारी दिए। उपराष्ट्रपतिका सम्बन्धमा यसपटकका लागि नेपाली भाषामा सपथ गराउन पहल गर्ने सहमतिमा दलहरु पुगेका छन्।

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शंकर पोखरेलले माओवादी र सरकार आफनै अडानमा रहँदा सबै कुरा ठप्प भएको बताउँदै सहमतिका लागि तेस्रो विकल्प खोज्न लागॆको बताएका छन् । यसका लागि राष्ट्रपति प्रकरणलाई थाँती राखेर अन्य विषयमा सहमति गर्न आउन उनले माओवादीलाई आग्रहसमेत गरे । राष्ट्रपतिको कदम सच्याउन एकिकृत माओवादीले गरेको आन्दोलनले २२ दलको धारणामा कुनै परिवर्तन नल्याउने बताउँदै पोखरेलले दुवै पक्षले आफना अडान थाँति राखेर संविधान निर्माण, सेना समायोजन तथा राज्य पुनर्संरचनाका विषयमा भिन्नै सहमति गर्नुपर्ने बताए । 'दुवै पक्ष आफ्नो अडानमा रहेका कारण सेनपति प्रकरणको विषयलाई लिएर अहिले कुनै सहमति हुनेवाला छैन'- पत्रकार महासंघ बारा शाखाको भवन उदघाटन गर्न बिहीबार कलैया आएका पोखरलले भने -'पहिलाको १२ बुँदे सहमति जस्तै अब अर्को सहमति आवश्यक छ ।

न्युयोर्क मा शेखर ढुङेल को कबिता बिमोचन


यही अगस्त १५ तारिख को दिन न्युयोर्क मा आयोजित प्रथम अन्तरराष्ट्रिय साहित्यिक सम्मेलन को शुभ अबसर मा अमेरिका मा रहनु भएका लेखक एबम गीतकार् शेखर ढुङेल को तेस्रो साहित्यिक कृति "शेखर ढुङेल का सय कबिता " कबिता सङ्र्ह को बरिस्ठ साहित्यकार डा . गोविन्द भट्टराई ज्यु बाट बिमोचन सपन्न भयो .

परदेश मा ब्यस्तता को बाबजुद आफ्नो देश को समसामयिक परिस्थिमा राष्ट्र प्रेम , राष्ट्रियता , बियोग , आक्रोस अनी आफ्नै कथा ब्यथा को सम्मिश्रण रहेको यो कबिता सङ्रह मा केही गीत र हाइकु ले झनै सुगन्ध थपेको र प्रबास मा यो एक अनुपम साहित्यिक कोसेली भएको कुरा बिमोचन को क्रममा डा भट्टराई ले बताउनु भयो . गोर्खा एक्स्प्रेस नेपाल ले प्रकाशन गरेको सो कबिता सङ्र्ह १००० प्रती छापिएको र मुल्य $ १०डलर राखिएको छ .

एक दिबशिय सो अन्तरराष्ट्रिय साहित्यिक सम्मेलन को मुख्य सम्योजक उक्त समाज कि उपाध्यक्ष भारती गौतम हुनुहुन्थ्यो भने जापान बाट समाज का अध्यक्ष डा . कुमार बस्नेत , कृष्ण प्रकाश श्रेष्ठ रुसिया , लगायत को उल्लेख्य सहभागिता रहेको थियो साथै न्युयोर्क वारीपरी रहनु हुने पत्रकार एबम साहित्यकार गोबिन्द गिरी " प्रेरणा '' , न्युयोर्क च्याप्टर की अध्यक्ष गीता खत्री , समाज की कोषाध्यक्ष कमला प्रसाइ , बरिस्ठ कलाकार एबम अन्तरराष्ट्रिय कलाकार मन्च का उपाध्यक्ष हरी बहादुर थापा , साहित्यकार् होम नाथ सुबेदी , समाज का ट्रस्टी सुमन तिमील्सिना आदी को समेत उपस्थिती थियो .

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक