20090810

मध्य रातमा एक व्यापारीको हत्या !

कञ्चनपुरको भीमदत्त नगरपालिका वडानम्बर ४ गोवरैया घर भएका एक व्यापारीको हत्या भएको छ । गोवरैयामा पसल थापेर खुद्रा व्यापार र मदिरा वेचविखन गर्दैर्ै आएका स्थानिय ५० वषिर्य वीरबहादुर विष्टको गएराती हत्या भएको हो । विष्टको शव आज बिहानै गोवरिया र नगरपालिकाको वडानम्बर १५ को सीमाना भएर वग्ने गोवरैया खोलाको पुलमनी फेला परेको र विष्टको शवलाई अहिले पोष्टमार्टमकालागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । गाँउबाट बिहानै सदरमुकाम भीमनगर तर्फ आउदै गरेका स्थानियहरुले शव का बारेमा प्रहरीलाई खवर गरेपछि घटनाका बारेमा जानकारी आएको हो । पसल बन्द गरेर सदाझै रातीको समयमा घर फर्किरहेका विष्टको हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही खुल्न सकेको छैन् । पसल बन्द गरेर मध्य रातमा घर फर्किन लागेका विष्टको सोही समयमा हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


प्रहरी र विद्यार्थीबीचको झडपका कारण

अस्कल क्याम्पस दिनभर तनावग्रस्त

राजधानीकै अर्को क्याम्पस त्रिचन्द्र क्याम्पस विद्यार्थी सङ्गठनबीच आपसी झडपका कारण तनावग्रस्त भयो। प्रवीणता प्रमाणपत्र तहमा भर्ना खोल्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीविद्यार्थी र प्रहरीबीच आज अस्कल क्याम्पसमा झडप हुँदा करिब बाह्र विद्यार्थी र छ प्रहरी घाइते भएका छन्।
अखिल (क्रान्तिकारी) अस्कल क्याम्पस इन्चार्ज डिबी साउदका अनुसार झडपमा ११ जना विद्यार्थी घाइते भएका छन्। तीमध्ये केहीको वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमाउपचार भइरहेको साउदले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा विद्यार्थीले बा१झ ५०१५ नम्बरको सरकारी गाडी तोडफोड गरेका छन्। त्रिचन्द्र क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबीच झडप हुँदा अनेरास्ववियुका तीन विद्यार्थी घाइते भएका छन्। अनेरास्ववियुका केन्द्रीय सदस्य पुरुषोत्तम कडरियाले आफ्नो सङ्गठनले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएर फर्कंदा नेविसङ्घले एक्कासि आक्रमण गरेको बताउनुभयो। आक्रमणमा खुकुरी प्रहारबाट विराज शर्मा, चिरन गैरे र उमेश आचार्य घाइते भएको कडरियाले जानकारी दिनुभयो। यसैबीच अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाँक्रीले प्रेस विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पसको घटनाका दोषीमाथि कारवाही र घाइतेको उपचारको माग गर्नु भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक