20090806

६ जनाको ज्यान जाने गरी कार दुर्घटना गराउने चालक विप्लवमान सार्वजनिक


वीर अस्पताल नजिकै ६ जनाको ज्यान जाने गरी कार दुर्घटना गराउने चालक विप्लवमान सिंहलाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकामा बिहीबार पत्रकार सम्मेलन गरी कार चालक उनलाई सार्वजनिक गरिएको हो।

सधैं नेताहरुको गाइजात्रा मात्र कती हेर्ने,

आज साच्चै गाइजात्रा हेरौन त !

Source: Dcnepal/Ramhariji


फेरी नौ जिल्ला बन्द, बन्द

भन्दा अरु केही गर्न सक्दैनौ हो !!!


सरकारले ल्याएको विशेष सुरक्षा योजनाको विरोध गर्दै राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्वुवान प्रान्तीय परिषद्ले पूर्वका नौ जिल्ला बन्द गराएको छ। सरकारले ल्याएको सुरक्षा योजना जनजाति र आदिवासीविरुद्ध लक्षित र त्यसले जनजातिलाई दमन गर्ने भन्दै परिषद्ले बन्दको आयोजना गरेको हो। बन्दका कारण पूर्वका झापा, सुनसरी, मोरङ्ग, ताप्लेजुङ्ग, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, तेह्रथुमका बजार तथा पसल , कलकारखाना , यातायात र शैक्षिक सस्था बन्द भएका छन्। बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। त्यस्तै, परिषद्ले विं.स.१८३१ साउन २२ गते लिम्वुवान राज्यसँग तत्कालीन गोर्खा राज्यले गरको सम्झौताले लिम्वुवानको अस्तित्व मेटाएको भन्दै आज कालो दिवसका रुपमा पनि मनाउने परिषद्ले विज्ञप्ति जारी गरी जनाएको छ। सरकारले गत साउन ११ गते शान्ति सुरक्षालाई मजबुद राख्न पूर्वी पहाडलाई समेत लक्षित गर्दै विषेश सुरक्षा योजना लागू गर्ने निधो गरेको थियो ।


प्रचन्ड लुकी लुकी पोखरा किन पुगे

अन्य नेता हरुका साथ ?

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित पार्टीका वरिष्ठ नेताहरु कार्यकर्ताहरुलाई आन्तरिक प्रशिक्षण दिन बुधबार साँझ पोखरा आएका छन्। माओवादीले आन्तरिक प्रशिक्षण कार्यक्रम भनेर प्रचार गरे पनि आन्दोलनलाई केन्द्रीत गराएर गरिएको गोप्य कार्यक्रम भएको स्रोतले जनाएको छ।
नागरिक सर्वोच्चताको मुद्दा उठाउँदै यसबारेमा संसदमा छलफल हुनुपर्ने माग राख्दै आएको माओवादीले माग सम्बोधन नभए यसअघि घोषणा गरेजस्तो आन्दोलनको लागि कार्यकर्ताहरुलाई प्रशिक्षण दिन नेतृत्वसहित पोखरा आएको बुझिएको छ। माओवादी …हेडक्वार्टर'सहित पोखरा आएको यो नै पहिलोपटक हो।
अध्यक्ष प्रचण्डको नेतृत्वमा आएको टोलीमा पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण, उपाध्यक्षहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल लगायतका नेताहरु रहेका छन।
माओवादीका शीर्ष नेताहरु पोखरा आएपछि प्रहरी प्रशासन र वाईसीएलले पोखरालाई कडा सुरक्षा घेरामा राखेका छन्। माओवादीका शीर्षनेताहरुलाई भित्री घेरामा सुरक्षा दिएको छ भने बाहिरी घेरामा नेपाल प्रहरी र सशस्त्रले सुरक्षा ब्यवस्था मजबूद पारेको छ। अध्यक्ष प्रचण्ड पोखराको कान्तिपुर होटेलमा र बाँकी नेताहरु ड्रागन होटेलमा बस्दै आएका छन्।
बिहीबार बिहान साढे १० बजेदेखि पोखराको पृथ्वीचोकस्थित वाईसिएल क्याम्पमा सुरु भएको माओवादी तमुवान राज्य समिति र मगरात राज्य समिति स्तरीय प्रशिक्षण भेला अत्यन्तै गोप्य हुने जनाइएको छ।
जिल्लास्तरीय नेताहरुलाई समेत प्रवेश निषेध गरिएको प्रशिक्षणमा तमुवान राज्य समिति र मगराँत राज्य समितिअन्तर्गतका सदस्यहरुको सहभागीता रहने जनाइएको छ।

छ जना मार्नेद्वारा प्रहरी

समक्ष्य आत्मसमर्पण

६ जनाको ज्यान जाने गरि बुधबार बिहान पौने १ बजे भएको कार दुर्घटनाका चालक विप्लवमान सिहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। बुधबार राति ११ बजे सिंहले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्। उनलाई अहिले महानगरिय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ। कार नियन्त्रणभन्दा बाहिर गएर दुर्घटना भएको सिंहले प्रहरीलाई बताएका छन्। कार क्षत विक्षत भएपनि चालक सिंहलाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ। कार चालक पक्राउ परेपछि अनसन्धान सुरु भएको प्रहरीले बताएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक