20090720

माओवादीले जन्माए एक सय नौ अपराधिक् र ससस्त्र समुह नेपालमा !!!

माओवादीले जन्माए एक सय नौ अपराधिक् र ससस्त्र समुह नेपालमा । उनीहरु ठ्याक्कै माओवादीकै सैलीमा चन्दा माग्ने, धम्क्याउने , अपहरण गर्ने , मार्ने जस्ता अपराधिक् काममा सकृय छन ससस्त्र रुपमा ।

नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुले सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको प्रति गहिरो चासो जनाएका छन् । सुरक्षा अवस्थाप्रति चिन्तित अन्तर्राष्ट्रिय समुदायस“ग सोमबार गृह र परराष्ट्र मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको भेटका क्रममा उनीहरुले त्यस्तो चासो देखाएका हुन् ।४० भन्दा बढी राजदूत तथा प्रतिनिधि सहभागी सामूहिक भेटमा गृहमन्त्री भीम रावलले सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना निर्माण भइसकेको जानकारी दिएका थिए । गृहको अनुरोधमा परराष्ट्रले प्रबन्ध मिलाएको उक्त छलफलमा बन्दका क्रममा कुटनीतिक क्षेत्रका सवारी साधनहरु आक्रमणको निशाना बनेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षा गराएका थिए ।

जवाफमा गृहमन्त्रीले सडक अवरोध हटाउन तथा अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यस्तो समस्या भए प्रहरीको विशेष टोलीलाई सर्म्पर्क गर्न अनुरोध गरेका थिए । सुरक्षा कार्ययोजना लागू गर्दा मानवअधिकार हनन हुन नदिन अपनाउनुपर्ने उपायबारे उनीहरुले जिज्ञासा राखेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता मदन भट्टर्राईले जानकारी दिए ।
सशस्त्र समूहहरुबारे राखिएको जिज्ञासामा रावलले हाल १ सय ९ वटा सशस्त्र समूह सकृय रहेको र ती मध्ये राजनीतिक समूहको पहिचान गरी सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । भेटमा मन्त्री रावलस“गै गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । अस्वस्थ्य भएपछि भेटमा सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले लिखित सन्देश पठाउदै शान्ति प्रकृयालाई निष्कर्षा पुर्‍याउन र स्थायित्व कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन । उनले अर्न्तराष्ट्रिय समुदायस“गको सहयोगको प्रशंसा समेत गरिन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक