20090724

गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पदमुक्त, भागबँडा लगाएर २४ सचिब नियुक्त, घिमिरेलाई क्यानडा, अमात्यलाई श्रीलंकाको लागि राजदूत नियुक्त

काठमाडौं/ शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले मूख्य सचिवमा माधवप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । बैठकले निवर्तमान मूख्य सचिव भोजराज घिमिरेलाई क्यानडाका लागि राजदूत बनाएको छ । यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको गभर्नमा विजयनाथ भट्टराईलाई पुनर्बहाली गरेको छ । भट्टराईमाथि लागेको भ्रष्टाचार सम्बन्धी मुद्धामा सर्वोच्चले सफाइ दिए पछि उनी पु:न पदमा बहाल हुन बाटो खुलेको थियो । भट्टराई गभर्नरमा नियुक्त भए पछि बहालवाला गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पदमुक्त भएका छन् ।

मन्त्री परिषद् बैठकले उमेशप्रसाद मैनालीलाई राष्ट्रपति कार्यालयका प्रमूख सचिवमा सरुवा गरेको छ । यसअघि उनी वातावरण मन्त्रालयमा थिए । यसैगरी बैठकले श्रीलंकाको लागि राजदूतमा सुशिलचन्द्र अमात्यलाई नियुक्त गरेको छ ।
लामो समयदेखि रिक्त सचिव पदमा सरकारले आज २४ सहसचिवलाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। जसअनुसार सचिव हुनेमा युवराज भुषाल, दीप बस्नेत, नवीनकुमार घिमिरे, कृष्ण ज्ञवाली, मोदराज डोटेल, रामस्वरुप सिन्ह्वा, नाथुप्रसाद चौधरी, विनोदकुमार ज्ञवाली, दिनेशहरि अधिकारी छन्। यसैगरी सचिव हुने अन्यमा मदनकुमार भट्टराई, रुद्रकुमार श्रेष्ठ, निरञ्जन बराल, ध्रुवप्रसाद शर्मा, केशव भट्टराई, प्रतापकुमार पाठक, सुशील घिमिरे, किशोर थापा, कृष्णहरि बास्कोटा, यज्ञ गौतम, गणेशराज जोशी, नगेन्द्र घिमिरे, श्रीराम पन्त छन् । यसैगरी स्वास्थ्य मन्त्रालयका सचिवमा डा. सुधा शर्मा र डा. प्रवीण मिश्रलाई बढुवा गरिएको छ । सरकारले धनराज रताला,लाई कामु सचिव बनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक