20090715
वाइसिएल कार्यकर्ताले ३८ करोडभन्दा बढी मूल्यको सरकारी जग्गा दान घोषणा !
लोकप्रिय पन्डित नारायण पोखरेललाई रुपन्देहीमा पासबिक ढंगले हत्या गर्ने माओवादीले वहाँकै छोरा दिनबन्धु पोखरेललाई लगेर महा यज्ञको नौटँकी गर्नु , धर्ममा आस्था छैन भन्ने नास्तिक माओवादीहरुले महायज्ञका नाममा जनतालाई जबर्जस्ती चन्दा र जग्गा दान दिन लगाउनु , करोडौं रकम बराबरको सरकारी जग्गा जबर्जस्ती र अवैधानिक रुपमा 'दान' दिएको नाटक गर्नुलाई माओवादी ज्यादति को अर्को परकास्ठ भन्ने कि नभन्ने ? यस्तै भएको छ काठमाडौंमै ।
'माओवादीद्वारा सञ्चालित' जनमैत्री अस्पतालले लगाएको पुराणमा करोडौं रकम बराबरको जग्गा जबर्जस्ती र अवैधानिक रुपमा 'दान' दिएको पाइएको छ । माओवादी नेता-कार्यकर्ताको सक्रियतामा अस्पतालले लगाएको श्रीमद्भागवत नमूना ज्ञान महायज्ञमा विभिन्न गाविसलाई दाता बनाएर माओवादी र वाइसिएल कार्यकर्ताले ३८ करोडभन्दा बढी मूल्यको जग्गा दान घोषणा गरेका छन् । पुराण वाचनका क्रममा काठमाडौं जितपुरफेदी गाविस ९० र वालुवा गाविसको नाममा ७० रोपनी जग्गादानको घोषणा गरिएको छ । त्यसैगरी सल्यान थारमारे र जिमाली २ सय ५० रुकुम तकसेरा १ सय ५० र दाङ पुरनधारा गाविसले ५ बिगाहा जग्गा दानको घोषणा गरेका थिए । गाविसको नाममा दान घोषणा गरिए पनि त्यसको जानकारी दिन महायज्ञस्थलमा माओवादी स्थानीय नेता र कार्यकर्तामात्र आएका थिए । आफ्नो गाउँको सरकारी जग्गा दान दिइसकिएकोबारे अरु दलका नेता÷कार्यकर्ता मात्र हैन गाविस सचिवसमेत बेखबर छन् ।
'जनमैत्री अस्पतालले डेढ/दुई महिनादेखि हाम्रो गाविसको जग्गामा आँखा लगाइरहेको थियो तर कसले दान दियो थाहा छैन', वालुवा गाविस सचिव लक्ष्मीप्रसाद तिम्सिनाले भने । १५ करोड मूल्यांकन गरिएको वडा ६ राधाडिलको जग्गा अस्पतालले कसरी दान पायो भनेर सचिवमात्र हैन वालुवावासी आक्रोशित र अचम्भित छन् । दानको घोषणा गर्न गाविस वाइसिएल इन्चार्ज मोहन भण्डारी यज्ञस्थल पुगेका थिए । गाविसमा एनेकपा माओवादीको प्रतिनिधित्व पनि आफैंले गर्ने र सबैको सहमति लिन सकिन्छ भनी दान दिएको स्पष्टीकरण उनले दिए । 'अस्पतालले जग्गा खोजिरहेको थियो', उनले भने- म आफैं लागेर मोटरबाटोसमेत भएको राम्रो जग्गा मिलाइदिएको हुँ । जग्गा दिने व्यक्तिको स्वामित्व र आधिकारिकता बेवास्ता गर्दै ती जग्गामा भौतिक संरचना निर्माणको योजनासमेत बनिसकेको छ । 'अस्पतालको रोडम्यापअनुसार दानमा आएको जग्गामा मेडिकल कलेज, ज्येष्ठ नागरिक संरक्षण गृह, अन्तर्राष्ट्रिय बौद्विक गृह निर्माण हुन्छ', प्रबन्ध निर्देशक कृष्णप्रसाद शर्माले नागरिकसँग भने- परोपकारी काम गर्न लागेका हामीलाई माओवादी भनेर मुछ्नुको अर्थ छैन ।
माओवादी संरक्षणमा रहेको अस्पतालले असार २१ देखि २९ सम्म महायज्ञ लगाएको छ । महायज्ञमा माओवादी नेता बाबुराम भट्टराई, जनार्दन शर्मा, हिसिला यमीलगायत उपस्थित थिए । अस्पताल व्यवस्थापन र दाताहरुसँगको कुराकानीअनुसार अस्पतालले पहिल्यै रोजेको जग्गालाई यज्ञमा दान गराउन खोजिएको देखिन्छ । जितपुरफेदीको जग्गा कसरी दान दिनुभयो भन्ने प्रश्नमा गाविसका माओवादी प्रतिनिधि भोलानाथ अर्याल भन्छन्- 'डेढ महिनादेखि अस्पतालले जग्गा खोजिरहेको थियो । सामुदायिक वन उपभोक्ता समिति राजी भएर जग्गा दिएको हो ।' वडा ५ मा रहेको सालकोट सामुदायिक वन उपभोक्ता समितिको हवाला दिँदै भोजराज घिमिरॆले २४ गते यज्ञस्थलमा जग्गादानको घोषणा गरेका थिए । अन्य दलका प्रतिनिधि र गाविस सचिवलाई जग्गा दानबारे थाहा छैन ।
'गाविसभित्र कुनै सरकारी जग्गा दान दिइएको छैन', सचिव वासुदेव फुयाँलले भने- मलाई मात्र हैन कांग्रेस एमाले मालेका प्रतिनिधिलाई पनि औपचारिक जानकारी छैन ।' सामुदायिक वनको जग्गा दिने अधिकार उपभोक्ता समिति हैन मन्त्रीलाई पनि नभएको भन्दै वन कार्यालयले आपत्ति प्रकट गरेको छ । 'दान दिएर धर्म कमाउन खोज्नेले आफ्नो सम्पत्तिबाट दिन सक्नुपर्छ सरकारी जग्गा ताक्ने हैन', जिल्ला वन अधिकृत वृजकुमार यादवले भने- वन क्षेत्रमा कोही भोगचलन गर्न आउँछ भने हामी बल प्रयोग गरेर हटाउँछौ । काठमाडौं बाहिरबाट प्राप्त जग्गा अस्पताल सञ्चालकहरुको गृहजिल्लाका गाविसमा छ । कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखअनुसार अस्पतालका अध्यक्ष डा. रवीन्द्रप्रसाद राजभण्डारी संचालकद्वय केशवप्रसाद शर्मा र कल्पना शर्मा दाङ निवासी हुन् । प्रबन्ध निर्देशक शर्मा सल्यान र सञ्चालक कृष्ण रेग्मी रुकुमका हुन् । अस्पताल व्यवस्थापनले ७५ जिल्लाबाटै जग्गादान पाउने ठोकुवा गरेको छ । 'यो सुरुवात् मात्र हो, मुलुककै पहिलो परोपकारी अस्पताल भएकाले पचहत्तरै जिल्लाबाट जग्गा दान पाइन्छ भन्ने विश्वास हामीलाई छ'- शर्माले भने ।
जनमैत्री अस्पताल गैरनाफामूलक उद्देश्यले स्थापित कम्पनी हो । कम्पनी ऐन २०६३ को दफा १६६ अनुसार आर्थिक वर्ष २०६४/६५ सालमा दर्ता भएको अस्पतालले आयकर छुटसमेत पाएको छ । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गरेका थिए । अस्पतालले दिएको जानकारीअनुसार महायज्ञमा ५१ करोड रुपैयाँ बराबरको जिन्सी तथा नगद दान संकलन भएको थियो । भक्तजनले ४० करोड रुपैयाँ बराबरको जग्गा र ११ करोड नगद दान गरेको बताइएको छ । गाविसको नाममा जग्गा दान भए पनि आफूहरुको कुनै सहमति र सहभागिता नभएको भन्दै स्थानीय विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 'संघसंस्थालाई एक इन्च जग्गा दिन पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ', प्रवक्ता दिनेश थपलियाले भने- कम्पनी ऐनअनुसार दर्ता भएको संस्थालाई सरकारले त केही दिन सक्दैन भने सयौं रोपनी जग्गा कसरी दान दिन पाइन्छ ? -किरण भण्डारी/नागरिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक