20090729

झाडा पखाला र हैजाको महामारीले कैयौंको ज्यान गैरहँदा सरकार भने मन्त्रालय फुटाउन र मन्त्री थप्न ब्यस्त

प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार छैठौं पटक मन्त्रिपरिषदको विस्तार गरेका छन्। नेकपा संयुक्तका नेता ठाकुर शर्मालाई वातावरण मन्त्री बनाएर उनले सरकार विस्तार गरेका हुन्। संयुक्तका तर्फबाट उनलाई बुधबार नै सपथ ग्रहण गराइएको छ। उनलाई मन्त्री बनाउन सरकारले एउटा अर्को मन्त्रालय फुटाएको हो। वातावरण मन्त्रालय यसअघि वन तथा वातावरण मन्त्रालयमा समाहित थियो। वन मन्त्रालय चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएर वातावरण चाहिँ संयुक्तलाई दिइएको हो। विस्तारसँगै मन्त्रिपरिदषदको संख्या ३३ सदस्यीय पुगेको छ। तर मन्त्रिपरिषदले भने अझै पूर्णता पाएको छैन। विजय गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट अझ पनि मन्त्री बनाउन बाँकी रहेको छ।

तीन महिनादेखि फैलिएको हैजाले बुधबार जाजरकोट र रुकुममा थप आठ जनाको मृत्यु भएको छ । जाजरकोटमा मृत्यु हुनेमा आमा र छोरासमेत छन् । बुधबार जाजरकोट नायकबाडा-४ की लालकली सिह, नायकबाडा-९ का बाले चलाउने, सोही ठाउँकी अशौदी चलाउने र चक्मी चलाउनेको मृत्यु भएको हो । त्यस्तै दह-९ का ३५ वर्षिया हिमकली पुन र उनका १० वर्षे छोरा रामबहादुरको पनि हैजाले मृत्यु भएको जाजरकोट प्रशासनले जनाएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रेशमबहादुर पाण्डेले दुई दिनयता रुकुमको चौरजहारी विमानस्थलमा रहेको औषधी सेनाको हेलिकॊप्टरले नबोक्दा समस्या भइरहेको बताए । पछिल्लो पटक मृत्यु भएका ६ जनासहित जाजरकोटमा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ । तर प्रजिअ पाण्डेले आफूकहाँ अहिलेसम्म १ सय ४९ जना मरेको रेकर्ड रहेको बताए । उता जाजरकोटको छिमेकी जिल्ला रुकुममा पनि बुधबार हैजाले थप २ जनाको मृत्यु भएको छ । जनश्वास्थ्य कार्यालय रुकुमका अनुसार आठबीसकोट-२ का ६२ वर्षका तस्वीर दमाई र ४ वर्षीय काले नेपालीको मृत्यु भएको हो । यी दुईसहित रुकुममा हैजाबाट मृत्यु हुनेको संख्या चालीस पुगेको छ ।

सरकारद्वारा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक जिवेन्द्र झालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एसियाली विकास बै‌कको वैकल्पिक निर्देशकमा गोविन्दबहादुर थापालाई सिफारिस गरेको छ। यसैगरी खाद्य संस्थानमा महाप्रवन्धक हरिनारायण साहलाई नियुक्त भएका छन्। नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षकमा मदन, नरेश गुरुङ, किरण गौतम, प्रकाश कुँवर, अर्जुनजंग शाही बढुवा भएका छन्। सशस्त्र प्रहरीको अतिरिक्त महानिरिक्षकमा कृष्ण विष्ट, शैलेन्द्र श्रेष्ठ, कोशराज वन्त, ठाकुरमोहन श्रेष्ठ बढुवा भएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा अतिरिक्त अनुसन्धान महानिर्देशकमा मोतीबहादुर गुरुङ र जितबहादुरलाई नियुक्त गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक