20090728

नेपाली कती अभागी !, यी नेता, देसको यो हालत, कि खडेरी, कि बाढी पहिरो, हरे शिव !!!

धनुषामा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ भने राजधानी काठमाडौंमै पनि खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। त्यस्तै कैलालीमा पहिरोले दुई दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या आठ पुगेको छ भने संखुवासभामा पहिरोमा परी १३ जना बेपत्ता भएका छन् । कयौं घर बग्नुका साथै थुप्रै विस्थापित भएका छन्। वर्षाका कारण सोमबार राजधानी काठमाडौंको जनजीवन अस्तव्यस्त भएको थियो। अविरल वर्षाका कारण ढाङ खोलाको बाढीले झोरमहांकाल गाविस-७ बस्ने रामेश्वर दुलालकी ९ वषीर्या छोरी नर्मदा दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाले देशका विभिन्न स्थानमा ठूलो परिमाणमा जनधनको क्षति गराएको छ।

बाढीले भीमसेनगोलामा बागमतीको कर्ल्भर्ट बगाएको छ। हनुमानस्थानमा धोबीखोलाको बाढीले घरहरू डुबानमा परेका छन् भने कपन आकाशेधारामा ढल भत्केर चारवटा घर डुबानमा परेका छन्। तिलगंगानजिक बागमतीको किनार कटानमा परेको छ। बालाजुको अजिमा हलमा ढल पसेको छ। धोबीखोला, मनोहरा र टुकुचा खोलाको बाढीले किनारका टहराहरू बगाउँदा सुकुम्बासीको बिचल्ली भएको छ। वर्षाका कारण राजधानीको ट्राफकि व्यवस्थासमेत दिनभरजसो नै अस्तव्यस्त भएको थियो। बाढीले सीतापाइलाको दुर्गानगर कोलोनीसमेत डुबानमा परेको छ। स्थानीय संवाददाताका अनुसार सोमबारको भीषण वर्षाले भक्तपुरका सल्लाघारी, थिमी, ब्राइटर र भक्तपुरनगरको हनुमानघाट, राममन्दिर क्षेत्र डुबानमा परेका छन्। हनुमन्ते र खस्याङखुसुङ खोलाको बीच सल्लाघारी, दुवाकोटमोड छेउको एक पक्कीघर पानीले आधा छोपेपछि परिवार घरको छतमा बस्न बाध्य भएका छन्।

भीषण वर्षाले धनुषाको कमला नदीमा एक्कासि पानी बढेपछि पाँच जना तीर्थालुलाई नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनँएको छ।धनुषाको पोर्ताहा गाविसको कमला नदीमा पानीको सतह एक्कासि बढेपछि नुहाउन गएका पाँच जना तीर्थयात्रुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिन्धुली जिल्लामा रहेको लंगुरखोलामा जानका लागि जल लिन गएको श्रद्धालुहरूको मृत्यु भएको हो। प्रहरीका अनुसार धनुषा र सिरहाको सीमा रहेको कमलाको उत्रायनीमा प्रत्येक साउनमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी माइस्थानका बबिता साह, सोही गाविसका रामचन्द्र महतो, महोत्तरी खयरमाराका रामबाबु मण्डल र धनुषा बेंगाडावरका सन्तोष मण्डल रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन।

उता संखुवासभा जिल्लाको ताम्कु-९ मा पहिरोमा परी १३ जना बेपत्ता भएका छन् भने पहिरोले ४ घर बगाएको छ। जिल्लाको ताम्कु-९ सिकदिममा आइतबार राति ११ बजे एक्कासि माथिबाट आएको पहिरोले बगाउँदा सो क्षति भएको हो। पहिरोले लालबहादुर र्राई, आसबहादुर र्राई, लक्ष्मीप्रसाद र्राई र रनकुमार र्राईको घर बगाएको र अन्य तीन घरमा समेत क्षति पुर्याएको स्थानीय नन्दकुमार र्राईले बताएका छन्।

पहिरोमा ४ घरका अहिलेसम्म १३ जना बेपत्ता भएको र बेपत्ता हुनेहरूमा लालबहादुर र्राईसमेत एकै घरका लक्ष्मीमाया र्राई, हर्कराज र्राई, उन्नति र्राई र एक बालकको नाम खुल्न नसकेको बताइएको छ। त्यसैगरी लक्ष्मीप्रसाद र्राईसमेत एकै घरका मनिबहादुर र्राई, जसमानी र्राई, पुष्प र्राई, लालबहादुर र्राई, मेनुका र्राई रहेका छन् भने रनबहादुर र्राईको दुई छोराको नाम खुल्न नसकेको स्थानीय नन्दकुमार र्राईले बताउनुभयो।

पहिरोले लगाएको अन्नबाली र चौपायासमेत बगाएको, चौपाया के-कति क्षति भएको यकिन नभएको बताइएको छ भने सोमबार बिहान एक जना (पन्जीकुमारी र्राई) लाई सख्त घाइते अवस्थामा जीवितै गाउँलेले पहिरोबाट उद्धार गरेको बताएका छन्। पहिरो राति आएको र पानी परिरहेकाले थप पहिरो जाने आशंकाले बेपत्ताहरूको खोजी र उद्धारमा समस्या भएको र पहिरोले १५ घरपरिवार विस्थापित भएको गाउँलेले बताएका छन्। सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल टाढा रहेको उक्त क्षेत्रमा सदरमुकाम खाँदबारीबाट नेपाल रेडक्रसको प्राथमिक उपचार टोली र प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीसमेत त्यसतर्फसोमबार बिहानै उद्धारका लागि गएको रेडक्रस सभापति सरोज वज्राचार्यले जानकारी दिनुभयो। यसैबीच कैलालीमा अविरल वर्षाका कारण दार्चुलाको खार गाविसमा पहिरो जाँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दूरीमा रहेको खार गाविस-५ मा पहिरो जाँदा पहिरोमा पुरिएर १७ वषीर्या हरिना धामी र १५ वषीर्या निर्मला धामीको मृत्यु भएको छ।
माथिबाट पहिरो गएर घर पुरिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनँएको छ। पहिरोमा च्यापिएर मृतकहरूका बुबा गगनसिंह धामी र आमा उज्जली धामी घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
लालबकैया नदीमा सोमबार डुंगा पल्टँदा सवार यात्रुमध्ये एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको आशंका गरिएको छ।

स्थानीय बासिन्दाले दर्जनौं बेपत्ता भएको दाबी गरे पनि प्रहरीले दुई जना मात्र बेपत्ता भएको हुन सक्ने जनाएको छ। मृत्यु हुनेमा मर्यादपुर-२ की अनरकलिया देवी रहेकी छन् भने मर्यादपुर-३ का अजरबरिया देवी यादवलगायत बेपत्ता रहेको प्रहरीले जनाएको छ।

कटहरिया बजारमा किनमेल गरेर र्फकंदै गरेका यात्रुसवार डुंगा लालबकैयाको बाढीमा पल्टिएको स्थानीय कृष्ण तिवारीले बताए। वर्षाको समयमा उक्त नदीमा पानीको सतह बढ्ने र बाढी आउने भएकाले स्थानीय बासिन्दाको आवतजावतका लागि कटहरिया बजार र मर्यादपुरका लागि डुंगाको व्यवस्था गरिएको थियो।

अँध्यारो र पानीले गर्दा उद्धार कार्यमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक शिव शर्माले जनँएका छन्। रात परेकाले आज मंगलबार मात्रै थप प्रहरी परिचालन गरिने उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक