20090724

अब चेतावनी दिने पालो कमल थापाको !


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था, धर्म निरपेक्ष राज्य तथा संघीयताको विषयमा जनमतसंग्रह गरी अन्तिम निर्णयनगरे पुनः द्वन्द्व निम्तिने चेतावनी दिनुभएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले राजाले पुनःस्थापित गरेको संसद्का टिके सभासद्हरूले गरेको निर्णये राजसंस्था बाहिर हुन नसक्ने दाबी गर्नुभयो। उहाँले बाहय शक्तिको दबाबमा आएर जनतामा जथाभावी धर्म निरपेक्ष तथा संघीयता लाद्न खोजे डरलाग्दो द्वन्द्वबाट नेपाललाई कसैले बचाउन नसक्ने बताउनुभयो। सरकारले भित्र्याउन लागेको हतियारबारेको विवादमा भने उहाँले शान्तिसुरक्षा कायम गर्न सरकारले आवश्यक हतियार भित्र्याउन सक्ने टिप्पणी गर्नुभयो। आफूहरू राजावादी मात्र नभएर राष्ट्रवादी भएको दाबी गर्दै अध्यक्ष थापाले हिजो भएका गल्तीबाट सिक्नुपर्नेमा अहिले झन् गल्ती दोहोरिने काम भएको बताउनुभयो।

सात दलबीच विगतमा भएका विभिन्न सम्झौताको अहिले कुनै औचित्य नरहेको उल्लेख गर्दै उहाँले शान्ति स्थापनाका लागि शुरू भएको सहयात्रा किन हिंसातर्फअग्रसर हुन लाग्यो भनी सम्झौता गर्ने दलहरूलाई नै प्रश्न गर्नुभयो। संविधान निर्माण खेलकुद प्रतियोगिता नभएकाले कार्यतालिका बनाएर भन्दा पनि राजनीतिक सहमतिका आधारमा गर्नुपर्ने अध्यक्ष थापाको भनाइ थियो।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक