20090722

कालीबाबा अचानक नेपाल आए ! कालिबाबाका पछाडि हिंडेको नेपाल र हाम्रा नेताहरु !

यी बाबा ले जोगाउन सक्ने भए राजा लाई किन जोगाउन सकेनन, यी बाबा ले सक्ने भए भारत मा भाजपा किन चुनाव हार्यो ? यीनका भक्त हरु किन सडकमा छन ? तर पनि हाम्रा महान नेता हरु मात्र होइन नेपाल नै किन यी काली बाबा को पछाडि छन, बुझ्न सकिएन ।

भारतमा समेत ख्याति कमाएका कालीदास दाहाल अर्थात् कालीबाबा अचानक नेपाल आएका छन्। मानिसको व्यक्तिगत जीवनको भूत, भविष्य, वर्तमान खुट्याउन सक्ने मात्र नभएर उनी राजनीतिलाई समेत तलमाथि बनाउन सक्ने 'बाबा'का रूपमा चर्चित छन्। सिद्धि प्राप्त मानिएका तान्त्रिक कालीबाबासँग आफ्नो शासनकालमा राजा ज्ञानेन्द्रले पनि अनेकौंपटक भेटघाट तथा सरसल्लाह गर्ने गर्नुहुन्थ्यो। भारतीय नेताहरूसमेत आफ्नो पद र प्रतिष्ठा प्राप्त गर्न र जोगाउन कालीबाबालाई भेट्ने गर्छन् भनिन्छ। कालीबाबा नेपाल आउँदा उनलाई भेट्न नेताहरूको तँछाडमछाड नै हुने गर्दछ। गत सोमबार उनी नेपाल आउँदा नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्का, देवेन्द्र कँडेल र तमलोपाका नेता हृदयेश त्रिपाठीले विमानस्थलमै कालीबाबाको स्वागत गरेका थिए। प्राप्त जानकारीअनुसार कालीबाबा अहिले पशुपतिस्थित वनकाली धर्मशालाको कोठा नं. १६ मा बसेका छन्। विमानस्थलमा स्वागत गरेपछि हिजो मंगलबार बिहान नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काले धर्मशालामै गएर कालीबाबालाई भेट्नुभएको छ। मुलुकमा गणतन्त्र स्थापनापश्चात् धेरै ठूलो अन्तरालमा नेपाल आएका कालीबाबाको आगमनलाई विशेष अर्थपूर्ण मानिएको छ। उनको आगमनको अर्थ विशुद्ध धार्मिक हो या राजनीतिक पनि छ यो सर्वाधिक चासोको विषय बनेको छ।


हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र

र सङ्घीयताका विषयमा

जनमतसङ्ग्रह माग

नेपालमा लोकतन्त्र र गणतन्त्र प्राप्तिको केही समय राजाको बारेमा बोल्नसमेत हिच्किचाउनेहरू अहिले संवैधानिक राजतन्त्रको माग गर्न थालेका छन्। मुलुकको सार्वभौमिकताको जगेर्नाका निम्ति पनि राजसंस्थाको आवश्यकता बोध भएको बताउनेहरूको सङ्ख्या बढ्दै गएको बेला राप्रपा नेपालले हस्ताक्षर अभियानको सुरुवात गरेको छ। गत सोमबार राजधानीको वसन्तपुरबाट आरम्भ भएको हस्ताक्षर अभियान आगामी भदौ मसँन्तसम्म जारी रहने र हस्ताक्षर गर्नेहरूको सङ्ख्या न्यूनतम १० लाख हुने राप्रपा नेपालका प्रवक्ता समेत रहनुभएका सहमहामन्त्री राजाराम श्रेष्ठले बताउनुभयो। अध्यक्ष कमल थापाद्वारा शुभारम्भ गरिएको हस्ताक्षर अभियानको मुख्य माग हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने रहेको छ। हस्ताक्षर कार्यक्रम मुलुकका १४ अञ्चल ७५ जिल्लामै गरिनेछ। राष्ट्रव्यापी हस्ताक्षरको शुभारम्भ
कार्यक्रमलाई पार्टी अध्यक्ष कमल थापा, महामन्त्री गणेश शेरचन, सहमहामन्त्री राजाराम श्रेष्ठ र सभासद् चन्द्रबहादुर गुरुङले सम्बोधन गर्नुभएको थियो।
मुलुकमा हत्या, हिंसा, बन्द, हड्ताल, महँगीजस्ता कुराहरू बढ्दै गएपछि मानिसहरूमा राजनीतिक पार्टी र नेताहरूप्रति वितृष्णा बढ्दै गएको बताउँदै नेकपा एमालेका पूर्वकार्यकर्तासमेत रहिसकेका सीताराम भट्टराईले भने, 'मुलुकमा कुनै नयाँ कुरा हुँदा पहिला–पहिला दरबारले के निर्णय गर्ला, राजाले के भन्लान् भन्ने थियो, अब त चीन र भारतले के गर्लान् भनेर सिधैं छिमेकी मुलुकहरूको मुख ताक्न थालियो। राष्ट्र बचाउन पनि राजसंस्था चाहिन्छ जस्तो लागेर हस्ताक्षर गर्न आएको।' सङ्घीयताको भरमार विरोध गर्दै उनले हिन्दू राष्ट्रको वकालतसमेत गरेका थिए। गाउँघर, सहर, बजार सबैतिर राजतन्त्रको माग भइरहेकोले संविधानमा राजसंस्था राखिनुपर्ने माग कार्यक्रममा गरिएको थियो।


प्रचन्डले गाली गर्ने बाबुरामले

माफि माग्ने, कस्तो नौटँकी हो

झलनाथ ले बुझेनन

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले वैचारिक बहसको थलोमा आफ्नो पार्टीको नामै लिएर आलोचना गरेपछि आफू कार्यक्रमस्थलबाट हिँडेको एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन्। 'माओवादी निकट 'रातो झिल्को' त्रैमासिकको सार्वजनिकीकरण समारोहमा सोमबार मलाई त्यस पत्रिकाका पूर्व सम्पादक तथा माओवादी नेता बाबुराम भट्टराईले माक्स्रवादबारे वैचारिक बहसका लागि निम्त्याएका हुन्'- खनालले मंगलबार नागरिकसँग भने 'प्रचण्ड (अध्यक्ष दाहाल) ले हाम्रो पार्टीको नामै लिएर स्तरहीन आलोचना गर्न थालेपछि त्यसको प्रतिक्रियामा म कार्यक्रमस्थलबाट बाहिरिएको हुँ।' खनालले मञ्चमा बस्दा आफू अर्को कार्यक्रममा जानुपर्ने भएकाले माओवादी अध्यक्ष दाहाललाई 'कति लामो बोल्दै हुनुहुन्छ ?' भन्ने सोधेका थिए। 'उहाँ मलाई भनेभन्दा बढी समय मात्र बोल्नु भएन गालीगलौजमै उत्रिनुभयो' खनालले भने- 'सैद्धान्तिक बहस गर्ने हो भने त्यसको मर्यादा र स्तर पालना गरिनुपर्छ मैले आफ्नो बोल्ने पालोमा सैद्धान्तिक विचारमात्र प्रकट गरेको थिएँ।' माओवादी नेता भट्टराईले घटनाको भोलिपल्ट बुधबार टेलिफोन गरी खनालसँग आफ्नातर्फबाट क्षमायाचना गरेका छन् ।

बैचारिक बहस र छलफलका लागि आयोजित कार्यक्रम भनिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले व्यक्तिगत आक्रोश पोखेपछि एमाले अध्यक्ष झलनाथ खनाल मञ्च छोडेर हिडेका थिए। खनाल लगत्तै बोल्ने क्रममा दाहालले बेइमानी, पाखण्डी, दलाल, नोकशाही, संसदवादी, बुर्जुवा दलहरुका विरुद्ध अहिले संघर्ष गरिरहेकाले त्यही नै आजको माक्स्रवाद भएको भनेपछि उनी मञ्चबाट हिडेका थिए। "एउटा पार्टी एमालेका अध्यक्ष यही हुनुहुन्छ । म माओवादीको अध्यक्ष यही छु तर फरक यति मात्रै हो एउटाले साम्राज्यवादीहरुसँग आत्मसर्मपण गरेको छ । मैले नागरिक सर्वोच्चता भनिरहेको छु । अर्कोले नागरिक सर्वोच्चतालाई बुथले कुल्चेको छ" - दाहालले भने । दाहालको उक्त भनाईसँगै कार्यकर्ताले ताली बजाउँदै हुटिङ्ग गरेपछि खनाले मञ्चबाट उठेर हिडेका थिए । खनाल हिंडेपछि दाहालले भाषणकै क्रममा भने- "खनाल जी नहिडेको भए राम्रो हुने थियो । अझै भन्न बाँकी छ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक