20090720

"झलनाथजी को हुन् माओवादीका कमान्डर ?" - गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी लडाकूहरूलाई सेनामा समायोजन गर्न नसकिने बताउनुभएको छ। राजधानी र्फकनुअघि विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूसितको भेटमा सभापति कोइरालाले माओवादी लडाकूहरूलाई सेनामा होइन, समाजमा मिलाउनुपर्ने धारणा प्रकट गर्नुभयो। ‘उनीहरू समाजबाट टाढा भएका छन्, त्यसैले समाजसित ‘इन्टिग्रेट’ गर्नुपरेको छ’, कोइरालाले भन्नुभयो- ‘सेनालाई राजनीतीकरण गर्नुहुँदैन र राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने कुरामा म सधैँ अडिग छु।’माओवादी लडाकूहरूलाई सेनामा समायोजन नगर्दा बाह्रबुँदे सम्झौतालगायतका सम्झौताको विपरीत हुँदैन र भन्ने प्रश्नमा उहाँको जबाफ थियो- ‘हुँदैन, कुनै सम्झौतामा पनि उनीहरूलाई सेनामा ‘इन्टिग्रेट’ गर्ने कुरा लेखिएको छैन।’

एमालेका अध्यक्ष झलनाथ खनालले लडाकूहरूलाई सेनामा समायोजन गर्न सकिने भनी दिएको अभिव्यक्तिप्रति रोष र अनभिज्ञता प्रकट गर्दै कोइरालाले भन्नुभयो- ‘झलनाथजी को हुन् र त्यो पार्टी (माओवादी) का कमान्डर हुन् - उनले के भने मलाई थाहा छैन। म जे भन्छु त्यसमा अडिग छु।’ ओवादीहरू सरकारमा आए पनि नआए पनि वर्तमान सरकार अर्को निर्वाचन नहुन्जेलसम्म चल्ने दाबा गर्दै उहाँले ‘हात्ती हिँड्दै गर्छ, कुकुर भुक्तै गर्छ’ भनेजस्तो जतिसुकै विरोध गरे पनि यही सरकारले संविधान बनाएर छाड्ने घोषणा गर्नुभयो। ‘प्रचण्डजीले धेरै कुरा गर्नुभा’छ- कहिले के बोल्ने, कहिले के - जसबाट उहाँप्रति मेरो पत्त्यार कम भएको छ,’ कोइरालाको भनाइ थियो।

एकै छिन् मनोरन्जन लिन

भिडियो हेर्नेकी !











Nepali funny tv show pabankali show
by CanadaNepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक