20090702

ए एन ए को अध्यक्ष्यमा सिमोन ढुंगाना

उपाध्यक्ष्य मा मेदिनी अदिकारी, महासचिब मा सिसिर भोजपुरे निर्बिरोध, कोसाध्यक्ष्य अर्को छानिने........




अमेरिकाको ओकल्याण्डमा भइरहेको अमेरिकी नेपाल संघको २७ औं भेलालाई सम्वोधनको क्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादीले मुलुक शान्ति प्रक्रियामा अवतरण भइसक्दा पनि माओवादीको अराजक गतिविधि जस्ताको तस्तै रहेकोले त्यसले संविधान निर्माणमा खलल पुर्‍याउने वताए । उनले माओवादीको कै कारण विगतमा भएका उपलव्धिलाई समेत जोगाउन हम्मे परेको जिकीर गर्दै कोइरालाले भने,-संविधान बनाउने कुरा गर्छ माओवादी निहुँ खोज्ने कुरा गरिरहेको बताए । कोइराले सरकारमा रहँदा पनि सत्ता कव्जा गर्ने र सरकार बाहिर रहँदा पनि शक्तिको प्रयोग गरेर मुलुकलाई थप संकटतर्फ धकेल्न खोजेको आरोप लगाउँदै अमेरिकामा रहेका नेपालीहरुबीच माओवादीका बारेमा उनले तितो पोखे । सूजाताको नेतृत्वमा कांग्रेस सरकारमा गएको विषयमा पार्टीभित्रै विवाद बढिरहेको वेला कार्यवाहक सभापति कोइरालाले भने- मैले पार्टीभित्र त्यस्तो कुनै गुटवन्दी गरेकै छैन । उनले गुटवन्दीको राजनीतिले पार्टीलाई नै नोक्सानी हुने जनाउँ दिदै आफूले पार्टी नेतृत्वलाई व्यक्तिगतभन्दा बरु संस्थागत गर्ने प्रयास गरेको बताए ।

त्यस्तै, लामो समयदेखि सरकार नेतृत्व र अस्थिर राजनीतिले अल्झेको दोहोरो नागरिकताको निम्ति सरकार खुला रहेको अवस्थामा कोइरालाले भने-त्यसको निम्ति सरकारले चाँडै निर्णय गर्ने आश्वासन समेत दिए । उनले प्रवासी नेपालीले मुलुकमा रेम्रि्रायन्स मार्फत ठुलो सहयो गरेको भन्दै प्रवासी नेपालीको कुनै समस्या भए समाधान गर्न सरकार तयार रहेको बताए । कोइराला यसअघि गत साल पनि एएनएको वाल्टिमोर सम्मेलनमा प्रमुख अतिथि रहेका थिए ।

सम्मेलनमा एनआएनका उपअध्यक्ष राम थापाले आफूहरुको मागमा एनआरएन आयोग र दोहोरो नागरिकतासम्बन्धी सरकारले प्रकृया अगाडी बढाएकोमा खुशी प्रकट गर्दे भने-अझै सरकारले हाम्रा लागि धेरै काम गर्न बाँकी नै रहेको छ । विभिन्न जातजातिका झाँकी र नृत्यको तालमा सुरु भएको सम्मेलनमा अमेरिकास्थित नेपालका कार्यवाहक राजदुत कालि प्रसाद पोखरेलले नेपालीहको निम्ति एएनए एकता गर्ने थलो रहेको र यसले भौगोलिक दुरीले टाढा रहे पनि मुलुकप्रति जिम्मेबार बढाएको बताए ।।
तीनदिनसम्म चल्ने सम्मेलनमा ३ तारिख विभिन्न फेसन सो नेपाली पर्यटन प्रचार र डिजे नाइट वृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रम रहेका छन् । यसपटकको एएनएले भावी नेतृत्व समेत चयन गर्ने छ ।

एएनएका निर्वाचन आयोगका संयोजक राजा उपाध्यायका अनुसार जम्मा ११ सय ५८ मतपत्र वितरण गरेकोमा ४ सय ९७ मत खसेको र त्यसमा स्पष्ट ठेगाना नभएको ८० र निर्धारित मिति नखुलाई जुलाई २० पछि आएको ५३ मत रहेको छ । फ्रान्सिस्कोकै भेलाका सहभागी सदस्यका अनुसार एएनएको नयाँ अध्यक्षमा सिमन ढुंगानाले कूल मतको २ सय ९० र प्रतिद्धन्द्धी रोजर अधिकारीले ७४ मत प्राप्त गरी सिमन ढुंगाना आगामी एएनएका अध्यक्षका रुपमा विजयी बनेका छन् ।

















उत्तर अमेरिकामा रहेका नेपालीहरु र एएनए


- रामप्रसाद खनाल, अध्यक्ष - अन्तर्रर्ााट ्र्रय कलाकार मंच, अमेरिका

एशोसिएसन अफ नेप्लिज इन अमेरिकाज -एएनए) को यो अभूतपर्ूव र ऐतिहासिक सम्मेलन आयोजना गर्ने क्यालिफोर्नियाका उत्साही नेपाली मित्रहरुलाई यो ऐतिहासिक सम्मेलन सफल पार्न उहाँहरुले अहोरात्र खटिएर खेल्नु भएको योगदानका लागि अमेरिकामा बस्ने सवै कलाकारहरुका तर्फाट, स्वयंमका तर्फाट र अन्तर्रर्ााट ्र्रय कलाकार मंचका तर्फाट हार्दिक धन्यवाद, बधाईका साथ साथै कृतज्ञता ज्ञापन गर्दछु र ओकल्याण्ड सम्मेलनमा यहाँहरुको भूमिका सदैव सुवर्ण्र्ााक्षरमा लेखिने विश्वास व्यक्त गर्दछु । )

विषय प्रवेश ः

अमेरिकामा एएनए महासचिव मेदिनी अधिकारीले मलाई दिनुभएको जानकारी अनुसार दर्ुइ लाख भन्दा बढी नेपाली लिगलरुपमा बसोबास गर्दछन् । एक अर्को र्सर्वेक्षण अनुसार डिभी परेर आउने र लिगलबाहेक भिजिट वा अन्य भीसामा अमेरिका आएर यही पलायन हुनेहरुको संख्या पनि एक लाख हाराहारी छ रे । यस विषयमा नेपाली राजदूतावाससँग पनि आधिकारिक डाटा रहेनछ, यसरी हर्ेदा पनि कम्तिमा तीन लाख नेपाली अमेरिकामा रहेको आँकडा थाहा पाउन सकिन्छ । यस बाहेक एएनएले उत्तर अमेरिकाका क्यानाडा, मेक्सिको लगायतका देशमा रहेका नेपालीहरुको पनि नेतृत्व गरिरहेको र यसको कार्यक्षेत्र, दायरा दिनानुदिन बढ्दै गइरहेको देखिन्छ ।
म पछिल्लो पटक समेत गर्दा १९९७ देखि २००८ सम्म जम्मा ११ पटक अमेरिका आतेजाते गरेंछु । जब जब म यहाँ आउँथे, एएनएको बारेमा सुन्थें, विशेष गरेर कृष्ण निरौलाले अध्यक्ष पदको जिम्मेवारी सम्हालेका बखत मैले एएनएका दर्ुइ सम्मेलन अतिथिका रुपमा र गत वर्षो एएनए बाल्टिमोर सम्मेलनमा अमेरिकाबासीका हैसियतले समावेश भएँ, क्यालिफोर्निया ओकल्याण्ड मेरो चौथो सहभागिता हुनेछ एएनएका सर्न्दर्भमा ।

एएनएले नेपाल र नेपालीका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विगतमा खेलेको भूमीका र एएनएका लागि तत्कालिन अध्यक्ष कृष्ण निरौलाको आग्रहमा मैले काठमाडौंमै पनि एक पत्रकारका हैसियतले पत्रकार सम्मेलनको आयोजना गर्न र एएनएको बारेमा, एएनएले गरेका कार्यका बारेमा पत्रकारहरु मार्फ, विभिन्न मिडियामार्फ सन्देशहरु ज्ानमानसमा पर्ुयाउन सहयोग गरेकाले पनि होला मलाई यो संस्थाप्रति अघात आस्था र विश्वास पनि छ ।


म्ौले देखेका एएनएका केही उदाहरणीय कदमहरु ः

१) एएनए र यसको नेतृत्वमा बसेका व्यक्तिहरुको अग्रसरता र सक्रियताले नै एनआरएन -नन रेसिडेन्ट नेप्लिज) जस्तो अन्तर्रर्ााट ्र्रय संस्थाको जन्म भएको हो । एनआरएन अहिले विश्वभरका नेपालीहरुबीच लोकप्रिय छ ।
२) एएनएले विशेष गरी अमेरिका र क्यानाडामा बसोबास गर्ने हरेक नेपाली, नेपाली संघसंस्थाहरुको छाता संस्थाको रुपमा नेतृत्व गर्दै नेपाल र नेपालीका लागि समेत गोगदान पर्ुयाएको र्छलंग देख्न सकिन्छ ।
३) अमेरिका वा क्यानाडामा बस्ने कोही पनि नेपालीहरु र्द्यर्ुघटनामा पर्दा देहवसान हुँदा आर्थिक सहायता जुटाउने, अभिभावकका भूमिका निर्वाह गर्ने देखि लिएर मृतकको शव नेपालसम्म पर्ुयाउने र सरकारले गर्ने काम समेत गरेर अत्यन्त मानवीय धर्म निर्वाह गरिरहेको देखिन्छ ।

४) हरेक वर्षअमेरिका र क्यानाडा भरका हजारौं नेपालीहरुलाई एक थलोमा जम्मा पारेर भेटघाट, मनोरंजन, फोरम प्रदान गर्ने महान कार्य एएनएले गरेको देखिन्छ ।

५) दर्शकका लागि मनोरंन्जन प्रदान, नेपाली संस्कृतिको जगर्ेनामा ठोस गोगदान गरेको कुरा कसैमार्फ छिपेको छैन ।

६) वासिंगटन डि.सी.मा रहेको नेपाली राजदूतावासले खेल्नु पर्ने तर खेल्न नसकिरहेको भूमिका एएनएले खेलिरहेको कुरा कसैबाट छिपेको छैन भन्दा अतियुक्ति नहोला । यर्सथमा एएनए नेपाली राजदूत पनि हो अमेरिकामा ।

७) हरेक वर्षयसले अमेरिकाका भिन्न भिन्नै शहरमा गर्ने सम्मेलन र गतिविधिले नेपालको झल्को मेटाइरहेको छ र अमेरिकामा नेपाल र नेपालीको परिचय दिने कार्य पनि गरिरहेको छ ।

८) दुःखमा सहयोग, सुखमा हाँसो, राष्ट ्र्र र राष्टि ्र्रयताको लागि अमेरिकाबाट एएनएले खेलेको भूमीका र यसका सदस्यहरुले पठाएको रेमिटेन्सबाट नेपाल राष्ट ्र्रलाई निकै ठूलो र प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुगीरहेको तथ्य सवै सामु जगजाहेरनै छ । इत्यादी............

एएनएले खेल्नु पर्ने भूमीका र आगामी दिनहरु ः

प्ाहिले थोरै संख्या तर हाल बढ्दै गइरहेको नेपालीहरुको संख्या सँगसँगै अव एएनएको भूमीका र दायित्व पनि बढ्दै जानेछ, जान्छ । विगतमा एएनएले खेलेको भूमीकालाई अव बढाएर लैजानु र उत्तर अमेरिका भर जहाँजहाँ नेपालीहरु रहन्छन् उनीहरुबीच पुलको काम गर्नुपर्छ यसले । सवै स्थानिय तहमा होउन वा राष्टि ्र्रय तहमा गठन भएका किन नहुन, सवै नेपाली संघसंस्थाहरुको छाता संगठन बन्दै सवैलाई छहारी प्रदान गर्नु एएनएको कर्तव्य हुनु पर्दछ आगामी दिनमा पनि । त्यसका लागि उत्तर अमेरिका भर रहेका साह्रा हामी नेपालीहरुले एएनएलाई तन, मन र धन जसले जे सकिन्छ, त्यसैबाट सहयोग गर्नु र यस संस्थ्ालाई सवल बनाउनु पर्छ, यसो भएमा नेपाली सवैका लागि फाइदाको कुरा हुनेछ । संगठननै बल हो तर्सथ एएनएलाई सबल बनाउनुको विकल्प छैन । संस्थ्ााहरु ख्ाोल्नु ठुलो कुरा होइन, चल्नु, चलाइनु, भूमीका प्रभावकारी बनाइनु ठुलो कुरा भएकाले कसैले प्यारालाल संस्थ्ााको कल्पना नगरी भएको यसै संस्थालाई
-एएनएलाई) अगाडी बढाउन सक्यौं भने सवैका लागि उचित र लाभदायक हुनेछ । त्यसका लागि अमेरिकामा रहेका हामी सवै कलाकारहरुको तर्फाट, अध्यक्षका हैसियतले म एएनएलाई सदैव आफूसक्दो सहयोग र योगदानका लागि तयार रहेको व्यहोरा यस लेख मार्फ प्रतिबद्धता व्यक्त गर्दछु ।

अन्त्यमा, फेरि पनि क्यालिफोर्नियाका उत्साही हातहरुलाई साधुबाद् ! एएनएको कन्सेप्ट बनाउने देखि हालसम्म एएनएमा रहेर अहम भूमीका खेलेका मित्रहरु सवैलाई पनि स्मरण गर्दै एएनएको उज्ज्वल भविश्यको कामना गर्दछु । धन्यवाद्,
email: rampdkhanal@gmail.com


नौ जनाको कुटेर हत्या

यार्चागुम्बा टिप्न मनाङ पुगेका गोरखाका नौ जनाको नारमा हत्या भएको आजका सबै पत्रपत्रिकाले जनाएका छन् । सबै दैनिको मुख्य समाचारको रुमा छापिएको समाचार अनुसार यार्चागुम्बा टिप्ने विषयमा विवाद भएपछि नारबासीले सात जनालाई कुटेर हत्या गरेको र ज्यान जोगाउन भाग्ने क्रममा थप दुईको मृत्यु भएको प्रहरीलाई उद्‍घृत गर्दै टेलिभिजनले समाचार दिएको छ।
गत जेठ २७ गते भएको सो घटनाको समाचार ढिलोगरी प्राप्त भएको हो। प्रहरीका अनुसार, आफ्नो क्षेत्रमा यार्चागुम्बा टिप्न आएको भन्दै नारका बासिन्दाले उनीहरुमाथि आक्रमण गरेका थिए।
हत्या हुनेमा गोरखा करौचा गाविसका ज्ञानबहादुर गुरुङ, सुभदार गुरुङ, बिरे गुरुङ, कामी गुरुङ, सोगर गुरुङ, आइतराम गुरुङ र ध्रुव गुरुङ रहेको टेलिभिजनले जनाएको छ। भीरबाट लडेर मृत्यु हुने अन्य दुईजनाको पहिचान नभएको जनाइएको छ। घटनास्थल मनाङको सदरमुकाम चामेबाट दुई दिन टाढा पर्छ। घटनाबारे थप जानकारी लिन चामेबाट प्रहरी टोली त्यसतर्फ गएको छ।
गोरखाबाट गएकाहरुले सात दिनका लागि मात्र पुग्ने खाना लिएर गएको र एक महिनासम्म सम्पर्कमा नआएपछि गत जेठ १४ गते प्रहरी कार्यालयमा उनीहरुले खोजी गर्न अनुरोध गरेका थिए।




एन आर एन क्यानाडाको

रास्ट्रीय सम्मेलन

- From Gopi Kaphle

क्यानाडा / क्यालगरी / एन आर एन क्यानाडा को रास्ट्रीय सम्मेलन तथा बार्षिक साधारण सभा भव्यता का साथ संपन्न भयो I एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो को प्रमुख आतिथ्य मा संपन्न सो कार्यक्रम चर्चित गाइका आनी छोइंग डोल्मा को गायत्री मन्त्रोच्चारण बाट सुरु भएको थियो I डा. ईशा शर्मा द्वारा संचालित पहिलो चरण को कार्यक्रम मा डा.बिनोद के.सी. ले सभापतित्व आसन ग्रहण गर्दै कार्यक्रम को बारेमा जानकारी दिनुभएको थियो I नेपाली र क्यानेडियन रास्ट्रीय गीत पश्चात अतिथि तथा उपस्थित सम्पूर्ण महानुभाब लाई स्वागत गर्दै एन आर एन क्यानाडा का अध्यक्ष नबराज गुरुङ ले सानो तर तीब्र गति मा बृद्दि हुदैं गरेको नेपाली समुदाय मा देखा परेका समस्या लाई एन आर एन क्यानाडा ले छाता संगठन को भूमिका निर्बाह गरेको बताउनु भयो I कार्यक्रम मा सभापति डा.बिनोद के.सी.ले सम्माननीय प्रधानमन्त्री स्टीफन हार्पर को शुभकामना पत्र पढेर सुनाउनु भएको थियो I शुभकामना मन्तब्य दिने हरु मा एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो, एम पी देविंदर शोरे ,एम एल ए मोए अमेरी , यु एस ए का कार्यबाहक राजदूत काली प्रसाद पोखरेल, हल हमिल्तोन,सगरमाथा आरोहन गर्ने पहिलो क्यानेडियन लौरी स्क्रेस्लेट, अन्द्रेव ब्राश, रे जोन्स लगायत का बक्ता हुनुहुन्थ्यो I एन आर एन क्यानाडा का उपाध्यक्ष चित्र प्रधान ले सबैलाई धन्यवाद दिनु भएको थियो भने डा बिनोद के.सी ले .पहिलो चरण कार्यक्रम समाप्त भएको जानकारी दिनु भयो I जलपान पश्चात शुरु भएको दोस्रो चरण को कार्यक्रम को सभापतित्व एन आर एन क्यानाडा का सल्लाहकार डा.द्रोण रसाली ले गर्नु भएको थियो I योजना अबधारणा मा आधारित यो चरण को कार्यक्रम मा बोल्ने हरु मा बिष्णु सुब्बा ,डा. राजु तुलाधर ,मिचेल तिनेके के.सी.का तर्फ़ बाट प्रेम शर्मा ,चित्र प्रधान ,मदन के.सी. ,केदार भक्त श्रेष्ठ ,डा. प्रमोद ढकाल ,राधा बस्नेत तथा डा. द्रोण रसाली हुनुहुन्थ्यो I लन्च पश्चात शुरु भएको तेस्रो चरण को कार्यक्रम को सभापतित्व डा. बेतमान सिंह भण्डारीले गर्नु भएको थियो I प्यानल छलफल तथा खुल्ला फोरम को यो चरण को कार्यक्रम मा बाह्र जना प्यानेल्लिस्ट हरु ले विभिन्न बिसयमा बोल्नु भएको थियो I बोल्ने हरु मा रामप्रताप थापा डा. अम्बिका अधिकारी ,डा.श्याम कार्की , रतन झा , गोपी कृष्ण काफ्ले,डा. उपेन्द्र महतो , ,नरेश कोइराला ,प्रमोद ढकाल ,मुक्ति गौतम ,सिर्जना पन्त ,डा.राजु तुलाधर र बिल पोरोच्नुक हुनुहुन्थ्यो I मुख्य बक्ता का रूप मा एन आर एन का केन्द्रीय अध्यक्ष उपेन्द्र महतो ले एन आर एन स्थापना गर्नका कारण हरु स्पस्ट पार्नु भएको थियो I जबसम्म देश सम्बृदी हुदैन तब सम्म व्यक्तिगत सफलता को कुनै महत्व हुदैन भन्दै सीमित स्रोत र साधन बाट असिमित आबस्यकता हरू पुरागर्नु परेको छ भन्नुभयो I एन आर एन को स्थापना नै मुख्य रूप मा तीन कुरालाई ध्यान मा राखेर गरिएको हो भन्दै ति तीन कुरामा क्रमश :बिस्वभरी छरिएर रहेका नेपाली हरु को चिनाजानी र आपसी समझादारी बडाउने :बिस्वभरी छरिएर रहेका नेपाली सस्था हरू को छाता संगठन को भूमिका निर्बाह गर्ने तथा बिदेश मा आर्जन गरेका ज्ञान सिप र धन लाई देश विकास मा लगाउने I मेहनत र ईमान्दारिता देखाए भाग्यले पनि साथ दिने छ भन्दै डा.महतो ले बुझ पचाएर बिरोध गर्ने मानिस संग सतर्क हुनु पर्ने कुरा बताउनु भयो I एन आर एन का केद्रीय उपाध्यक्ष राम प्रताप थापा ले पारस्परिक सहयोग बाट सबै लाई फाइदा हुने हुदा देश बाहिर बस्ने २५ लाख नेपाली लाई फाईदा पुग्ने काम गर्नु पर्ने कुरामा ध्यान दिनु पर्छ भन्नु भयो I यसैगरी छेत्रीय को-अर्डिनेटर नरेश कोइराला ले सामाजिक अर्थ व्यवस्था मा जोड दिनुपर्छ भन्नुभयो I डा . श्याम कार्की ले आबस्यक कुरा मा बढी जोड दिनु पर्छ भन्नु भयो भने रतन झा ले सम्पूर्ण ने[पाली लाई एकीकृत गरि ठोस लगानी गर्नु पर्ने मा जोड दिनु भयो I तेस्तै बिल पोरोच्नुक ले नेपालीहरु ले समयको महत्व बुझन नसके को मा व्यंग्य गर्दै समय संग खेलबाड नगर्न सुझाब दिनु भयो I गोपी कृष्ण काफ्ले ले क्यानडा मा नेपाली भाषा मा देखिएको समस्या र समाधान बिषय मा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो I कार्यक्रम को चौथो चरण मा एन आर एन क्यानडा का अध्यक्ष नबराज गुरुङ को सभापतित्व मा संपन्न भयो I एन आर एन क्यानडा का सचिब गोपी कृष्ण काफ्ले द्वारा संचालित उक्त कार्यक्रम मा महासचिब सिर्जना पन्त ले एन आर एन क्यानाडा को रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने सदस्यता समबन्धी रिपोर्ट को -अर्डिनेटर दुर्गा अधिकारी ले प्रस्तुत गर्नु भएको थियो Iकोषाधयक्ष भरत पौडेल पारिवारिक कारण बाट उपस्थित हुन् नसक्नु भएकोले आर्थिक प्रतिबेदन सचिब गोपी कृष्ण काफ्ले ले प्रस्तुत गर्नु भएको थियोI तेसै गरि चित्र प्रधान ले बिधान ,प्रमोद ढकाल ले एन आर एन ए डेलिगेशन र प्रतिनिधित्व बारे , बिष्णु सुब्बा ले आयोजक कमिटी को रिपोर्ट तथा नबराज गुरुङ ,सिर्जना पन्त ले विभिन्न प्रस्ताब हरु प्रस्तुत गर्नु भएको थियो I साधारण सभा ले प्रस्तुत प्रस्ताब लाई अनुमोदन गरेको थियो I कार्यक्रम मा सोधिएका प्रस्न हरु को जबाफ डा. उपेन्द्र महतो तथा नबराज गुरुङ ले दिनु भएको थियो I डिनर पश्चात प्रसिद्द गाइका आनी छोयिंग डोल्मा ले एक घण्टा भन्दा बढी आफ्ना गीत गाउनु भएको थियो भने उहालाई एन सी एस सी तथा सी एन सी ए का कलाकार ले साथ दिनु भएको थियोI एन सी एस सी तथा सी एन सी ए को संयुक्त आयोजना मा सम्पन्न उक्त कार्यक्रम निकै सफल भएको थियो Iकार्यक्रम लाई सफल बनाउन अहोरात्र खट्ने डा.बिनोद के .सी. डा. बेतमान सिंह भण्डारी डा .राजु तुलाधर डा. देश सुब्बा , बिस्नु सुब्बा, प्रसन्न मान श्रेष्ठ ,रबिन थान्जु निशा धौबडेल रश्मी धौबडेल रत्न तुलाधर, अन्जु थान्जु,हिक्मत भण्डारी लगायत दुवै सस्था का सम्पूर्ण सहयोगी हरु धन्यवाद का पत्र भएका छन् I .

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक