20090701

डेढ महिनाभित्र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने रे !!!


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको डेढ महिनाभित्र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दावी गर्नुभएको छ । चितवनको शिवनगरमा पत्रकारहरुसित प्रचण्डले आफू नयाँ राष्ट्रिय सरकार गठनका लागि जुटेको र डेढ महिनाभित्र सरकार बन्ने बताउनुभयो । अरु दल माओवादीलाई घेरेर अरु दल बर्तमान सरकार टिकाउने खेलमा लागेको प्रचण्डले आरोप लगाउनुभयो । प्रचण्डले भन्नुभयो- माओवादी यो सरकारमा जाँदैन, आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा लागेका छौ । उहाँले संबिधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन माअेावादी नेतृत्वको राष्ट्रिय सरकार बन्ने बताउनु भयो ।

५ जनाको ज्यान गयो

कास्की र तनुहँमा पहिरोले घर भत्काउँदा ५ जनाको ज्यान गएको छ । कास्कीमा तीन र तनहुँमा दर्ुइ जनाको ज्यान गएको हो । कास्कीको देउराली गाविसको मीर भञ्ज्याङ्गका सिम गुरुङको घर राति दर्ुइ बजे पहिरोले भत्काउँदा ८० वषर्ीया बुद्धमाया गुरुङ्ग, २५ वषर्ीया शनि गुरुङ्ग र डेढ वषर्ीया पूणिर्मा गुरुङ्गको ज्यान गएको हो । ३ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै कास्कीकै मिजुरेको रुदिखोदा नजिकै पहिरोमा परि तारानाथ अधिकारी वेपत्ता हुनुभएको छ । बाटोमा हिडिरहेका स्थानिय अघिकारी माथिबाट आएको पहिरोमा परि वेपत्ता हुनुभएको हो । गएराती कास्कीमा ठूलो वषर्ा भएको थियो । त्यस्तै गएराति तनहुँको थप्रेक गाविस चोया बिसौनाका कृष्णबहादुर भुजेलको घर पहिरोले पर्ूदा एकै घरका दर्ुइ जनाको ज्यान गएको छ । घर भत्किँदा कृष्णबहादुरकी श्रीमती भगवती भुजेल र छोरी सीमा भुजेलको ज्यान गएको हो । कृष्णबहादुर भुजेल बेपत्ता हुनुहुन्छ । कास्की र तनहुँ दुवै ठाउँमा प्रहरीले उद्धार कार्य गरिरहेको छ । यस्तै लगातार चार दिन देखि परेको पानीले रौतहटको मौलापुर, गमहरिया पर्सर्ााधर्मपुर, संग्रामपुर र बिश्रामपुर २२ वटा भत्किएका छन् । घर भत्किएपछि पीडित परिवारले आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् ।

युथफोर्सलाई एमालेको छुट्टै भातृ

सङ्गठनका रुपमा स्थापना गर्ने निर्णय

प्रजातान्त्रिक राष्ट्रिय युवा संघले आफू मातहतको युथफोर्सलाई छुट्टै भातृ सङ्गठन स्थापना गर्ने निर्णय गरेको छ । नेकपा एमालेको भातृसङ्गठन प्ररायु संघको मङ्गलबार राती सम्पन्न बैठकले युवा संघको मातहतमा रहेको युथफोर्सलाई छुट्टै एमालेको भातृ सङ्गठनका रुपमा स्थापना गर्ने निर्णय गरेको हो ।
अबदेखि यूथफोर्स एमाले केन्द्रीय सदस्य इन्चार्ज हुनेगरी एमालेको अर्को भातृ संगठनका रुपमा रहने भएको छ । बैठकले युथफोर्स, पिपुल भोलेन्टेरियर्स र पार्टी रचनात्मक विभागलाई एउटै संगठनका रपमा बनाउने निर्णय पनि गरेको छ ।
युवा सङ्घले गरेको निर्णयमा युथफोर्स अब छुट्टै स्वयंसेवी सस्थाका रुपमा रहने उल्लेख छ । बैठकले संगठनको हित विपरित काम गरेको भन्दै मीना श्रेष्ठ, राजेन्द्र महर्जन र बसन्त गुरुङलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ ।
बैठकले पार्टीभत्र देखिएको गुठबन्दी तत्काल अन्त्य गरी संगठनलाई एक ढिक्का बनाउन नेतृत्वलाई दबाब दिने निर्णयसमेत गरेको छ । पार्टीभित्र गुटबन्दी कायमै रहे नेतृत्वमा बसेका नेताहरुविरुद्ध सङ्घर्स गर्ने निर्णयमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक