20090606

भारतको दादागिरी र स्वाभिमानी नेपाली

-शेखर ढुङेल

नेपाल र भारत को बीच बिस्वमै एउटा अद्दितिय समदुरी , धार्मिक एबम सास्कृतिक समानता र सामिप्यता हुनु को बाबजुद अनादी काल देखी नै पर्बतिय स्रिन्खला र ॠषी मुनी हरु का तपोभुमी नेपाल आफ्नै बिशेष परिचय र अस्तित्व मा रेहेको देश हो . दुई देश का जनता बीच को सुमधुर सम्बन्ध र समदुरी लाई भारतीय सरकार को साउथ ब्लक ले नाजायज निती मा परिणत गर्दै लगेको छ . साम्राज्यबाद बाट स्वयम पीडित भारत ले छिमेकी हरु प्रती दादागिरी देखाउनु आँफैमा उदेक लाग्दो छ .
एकाध सय बिभिन्न मुखुन्डो लगाएका नेपाल का पापड लाल नेता हरु उस्को चरण मा छन भन्दैमा नेपाली सपुत हरु को बिरता को ईतिहास को साछी रहेको भारत ले हामी नेपाली को सम्बेदनसिल भावना मा खेलबाड गर्ने दुस्प्रयास गर्दछ भने त्यो भारत को लागि अरिंगाल को गोला मा हात हाले बराबर हुनेछ . नेपाल मा पनि लोन्डुप र लिट्टे उत्पादन को खेती फास्टाउदछ भन्ने भारत को सोच हो भने उस्ले आफ्नै खुट्टा मा बन्चरो हान्यो भनी जाने हुन्छ . ''प्लिज नेभर उन्डरइस्टुड नेपलिज सेन्टिमेटल् ''भारत ले हाम्रो सम्बेदनसिल भावना को कदर गर्न जानेन वा सकेन वा आक्रमण गर्न खोज्दछ भने उ बिस्व मै बदनाम हुने छ .
कास्मिर को पिडा लाई नियालेर हेरोस अनी छिमेकी लाई कुद्रिस्टी लगाओस . छिमेकी लाई अस्थिर बनाएर , पेलेर अफु बलियो भ्रम भारत ले त्याग्नु पर्दछ . नेपाल मा सधैं कुद्रिस्टी राख्ने भारत ले नेपाली को एकता मा बिचलन भएको मौका पारी राजसस्था ढाल्न सफल भए पछी उस्ले रोपेको लोन्दुप र लिट्टे हरु फलेफुलेको भ्रम बढाएको हुन सक्तछ . त्यसैले निर्भिक्क भएर सिमा स्तम्भ गायब गरिदिने , मिच्ने र सिमा क्षेत्र मा बस्ने हज्जारौ नेपाली लाई आमानबिय ढंग ले बिस्थापित हुनु पर्ने सम्म को अत्याचार गरेको छ . भारत को यो निम्न स्तर को दादागिरी ले संसार को सामुन्ने बदनाम हुनेछ .
हाम्रा अदुरदर्शी सत्ता लोलुप पापड लाल केही नेता हरु को बिरोध , जुलुस , भाषड र सम्रण स्मरण पत्र दिने औपचारिकता को भारत ले मतलब राख्ने छैन . देखी हालियो सचित्र अन्तरराष्ट्रिय चर्चा को बिषय भैसकेको दाङ घटना लाई भारतीय राजदुत सुद ले ठाडो अस्विकार गर्दै चुनौती नै दिएका छन . दुताबास भन्दछ सिमा बिगारेको , हराएका छैनन , भारतीय सुरक्षा बल ले केही गरेकै छैन कुनै सीमा मिचेकै पनि छैन , नेपाली लाई झनै उत्तेजित बनाउने गरी यो बक्तब्य आउनु झन खतरा को सन्केत हो . भारत सित टस्सल गर्न नैतीक रुपले आत्मबल गिराइ सकेका राजनैतिक दल ले खुलेर बिरोध गर्न सकेका छैनन . देश सरकार , संबिधान , निती नियम बिहिन अवस्था मा पुगेको छ यस बेला सम्पूर्ण तप्का का स्वाभिमानी नेपाली जनता एक भएर भारत को दादागिरी को बिरुद्ध मा उत्रनु पर्ने भएको छ . नेपाल को स्वाधिनता को लागि खम्बा को रुपमा रहेको राजसस्था लाई भारत कै चक्रब्युह मा फसेर ढाले पछी काठमान्डु मा दिल्ली दरबार खडा भएको छ . हाम्रा देश का सरकार प्रमुख र नेता भारतीय दुत का जागिरए जस्ता देखिएका छन . साझ बिहान घर घर मा गै यो गर र त्यो गर भनी आदेश दिन्छन . यस्तो अवस्था को अन्त गर्न हामी जनता नै उठनु पर्दछ .

देश लाई माया गर्ने स्वाधिन नेपाल का स्वाभिमानी नेपाली स्वदेश बिदेश जहाँ भए पनि भारत को दादागिरी , अन्याय अत्याचार , बिरुद्ध अन्तरराष्ट्रिय रुपमा सशक्त आवाज उठाउनु पर्दछ , तराइ का बिभिन्न शशास्त्र अपराधीक ( भारतीय ) गतिबिधी सन्चालन गर्दै आएको पर्सा ( बिरगन्ज ) को कन्सुलर कार्यालय हटाउनु पर्दछ , लैनचौर दुताबास मा भएको नेपाली नेता र उपल्लो कर्मचारी लाई बिदेशी रक्सी बाड्ने शाखा खारेज गराउनु पर्दछ , सयुक्त राष्ट्र संघ को स्थानिय र प्रमुख नियोग मा सप्रमाण भारत बिरुद्ध उजुरी दिनु पर्दछ , स्वतन्त्र अखन्ड राष्ट्र को हैसियत ले आफ्नो अस्मिता जोगाउन निस्चित नाका मात्र खोली मेची महाकाली सीमा मा पर्खाल लगाउनु पर्दछ , भारत सित पनि बदलिदो परिस्थिती अनुरुप राहदानी को ब्यबस्था गर्नु पर्दछ .

हाम्रा पुर्खाको वीर गाथा ले सुसज्जित सुन्दर देश नेपाल लाई भारतीय कुद्रिस्टी को बाछिट्टा बाट सुरक्षित राख्न परम्परागत सन्धि र निती मा परिवर्तन गर्न जनता ले अब नेता को मुख ताक्ने होइन स्वयम अरिंगाल बनी जाइ लाग्नु पर्दछ . जय होस नेपाल र नेपाली को . Shekhar1962@gmail.com


भारतीय अतिक्रमणविरुद्ध

एक होऔं

भारतीय प्रहरीले दाङ र बारा जिल्लाका नेपाली नागरिकमाथि अमानवीय व्यवहार पर््रदर्शन गर्दै उनीहरुलाई जबरजस्ती विस्थापित गरेको समाचारले मदरल्याण्ड नेपाल परिवार तथा अमेरिकामा रहेका नेपाली समाजलाई स्तव्ध बनाएको छ ।
भारतसँग सिमाना जोडिएका ती जिल्लामा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीले कुटपिट, हिंसात्मक दर्ुर्व्यवहार र यौन अत्याचारसमेत गरेको तर नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय पक्षमै वकालत गरेको थाहा पाएर हामी मर्माहत भएका छौं ।
नेपाली नागरिकमाथि भारतीय पक्षले गरेको दर्ुर्व्यवहारका कारण उनीहरुले आफ्नै भूमिबाट विस्थापित हुनुपरेकोमा गम्भीर आपत्ति जनाउँदै त्यस हिंसाका विरुद्धमा १६ राजनीतिक दलले संयुक्त रुपमा भर्त्सना गरेको अवस्थामा पनि नेपाल सरकार गम्भीर नभएको र भारत सरकारलाई आफ्नो हैसियतमा बस्न र गल्ती सच्याउन चेतावनी दिन नसकेकामा हामी गम्भीर खेद प्रकट गर्दछौं ।
भारतीय पक्षले सिमान जोडिएका विभिन्न ठाउँमा सीमास्तम्भसमेत सारेर नेपाली भूमि अतिक्रमण गर्दै आएको जानकारी यसअघि पनि बारम्बार प्राप्त भएको हो । सिमाना तथा भन्सार नाकाहरुमा नेपालीमाथि भारतीय सीमासुरक्षा बलले ज्यादती गर्दैआएको जानकारी पनि प्राप्त भएको हो । सीमानानजिक अन्तर्रर्ााट्रय मान्यतालाई समेत उल्लंघन गर्दै नेपाली भूमि जलमग्न हुनेगरी अग्लो बाँध बनाउँने कार्य पनि भारतले रोकेको छैन । एक र्सार्वभौम मुलुकमाथि यसरी र्सवपक्षीय आक्रमण हुँदा पनि नेपाल सरकारले विरोध गर्न नसक्नुका पछाडि दास मानसिकता नै कारणका रुपमा रहेको हाम्रो ठहर छ ।
हामी अमेरिकामा रहेका नेपाली समाजका तर्फाट जोडदार माग गर्दछौं कि भारतले एक र्सार्वभौम मुलुकमाथि गरेको आक्रमणका लागि नेपाली जनतासँग माफी मागोस् र आइन्दा यस प्रकारको भयानक भूल नगरोस् । यसैगरी नेपाल सरकारलाई भारतप्रति दास मानसिकता पर््रदर्शन गर्न छोडेर विस्थापित नेपालीलाई उनीहरुले बसोवास गर्दै आएको स्थानमा सुरक्षित रुपमा पुनःस्थापित गराउन र सीमा क्षेत्रको सुरक्षामा विशेष प्रबन्ध मिलाउन पनि हार्दिक अनुरोध गर्दछौं । नेपाल र नेपालीमाथि भएको भारतीय ज्यादतीका विरुद्धमा ऐक्यबद्धता पर््रदर्शन गर्न पनि हामी विश्वका विभिन्न भागमा रहेका नेपाली र नेपालको भलो चाहने सम्पर्ूण्ा शुभचिन्तकहरुमा अपिल गर्दछौं ।


अध्यक्ष अनिल पाण्डे,
मदरल्याण्ड नेपाल, क्यालिफोर्निया
पुरुषोत्तम सुवेदी , अध्यक्ष, अमेरिकी नेपाली समाज,

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक