20090630

"एमाले भाले हो कि पोथी हो भनेर छुट्याउन गाह्रो भयो"

- माओवादी पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेल 'सुनिल'

पोलिटब्युरो बैठकमा राष्ट्रिय सरकार गठन र अर्कातिर विद्रोहमा जाने वातावरण बनाउने एजेन्डाले प्रवेश पाएको छ । अब कता जान्छ पार्टी ?
- तत्कालै विद्रोह आरम्भ गरिहाल्ने भनेर हामी बैठकमा छलफल चलाएका होइनौं । राष्ट्रियताको प्रश्नमा पछिल्ला दिनमा हामी गम्भीर बनेका छौं । खासगरी देशभक्तहरू, इमानदार गणतन्त्रवादीहरू ती जुनसुकै पार्टीमा पनि हुनसक्छन् र वामपर्न्र्थीहरूबीचबाटै राष्ट्रिय सरकार बन्नुपर्छ । पार्टीका आ-आपना मान्यताहरू सोचहरू अलग हुन्छन्, तर देशभक्त धार सबै पार्टीमा छ । तर्सथ, सबै पार्टीभित्रका देशभक्त, गणतन्त्रवादी र वामपन्थी धारलाई समेटेर राष्ट्रिय सरकार गठन गर्नु देशका लागि तत्कालीन निकास हो ।

अहिलेको सरकारले यो मुलुकलाई निकास दिन नसक्ने भएकाले यस्तो किसिमको राष्ट्रिय सरकार गठन गर्ने विषयमा हामीले छलफल चलाएका हौं । जनविद्रोह र विद्रोहलाई लोकतान्त्रिक भाषामा अधिकारका लागि संर्घष भनिएको हो । यो मितिदेखि विद्रोह गर्ने भनेर हामीले छलफल चलाएका होइनौं । भर्खरै गोलाबारुद र बन्दुक पड्की हाल्दैन । तेस्रो जनआन्दोलनको रूपमा हाम्रो आगामी विद्रोहलाई बुभ\mनुपर्छ ।
कुन माध्यमबाट जाने भनेर अझै पनि तपाईंहरू निष्कर्षा पुग्नुभएको छैन, हो ?
- यस्तो छलफल हिजो पनि हुन्थ्यो, अहिले पनि छ र भविष्यमा पनि हुनेछ । हामीकहा मात्रै होइन, अरु पार्टीभित्र पनि यस्ता छलफल हुन्छन् ।
अरु पार्टीको लक्ष्य र गन्तव्यमा विवाद छैन, तर तपाईंहरूको पार्टीले त लक्ष्य र गन्तव्यमात्र होइन, माध्यमका बारेमा पनि कुनै निष्कर्षनिकालेको छैन नि ?
- हाम्रो बुझाइमा पार्टी भनेको विपरीत प्रकारका सोच र मान्यताहरूको केन्द्रीकृत अभिव्यक्ति हो । त्यसकारण अलग अलग प्रकारका सोच छलफलमा आउनु स्वाभाविकै हो ।

कांग्रेसबाहेक अरु पार्टीलाई समेटेर तपाईंहरूले सरकार त बनाउनु नै भएकै थियो नि ?
- बेलायतबाट विकसित भएको संसदीय प्रणालीका सबै पक्षलाई हामी मान्दैनौं । तर्सथ, अहिले राजनीतिक संर्घष सकिएको छैन । कांग्रेस-एमालेका साथीहरूको सोच यथास्थिति नै हो । तर भन्न चाहि कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्छ, एमालेले बहुदलीय जनवाद भन्छ । हामीले यसलाई संक्रमणकालीन गणतन्त्र भनेका छौं । राजतन्त्रको अन्त्य भएको, पुजीवाद पनि विकसित भइनसकेको र सामन्तवादबाट पनि पूर्णमुक्ति भइनसकेको परिस्थिती नेपालमा छ । यो पूर्ण होइन, वर्गीय, जातीय, लिंगीय, भाषिक र सांस्कृतिक उत्पीडन अन्त्य हुने प्रणाली मुलुकमा स्थापना गर्ने हाम्रो सोच हो । तर्सथ, एक स्टेप अगाडि बढ्नका लागि हामीले हाम्रो पोलिटब्युरो बैठकमा यसबारे छलफल चलाएका हौं ।

राष्ट्रिय सरकारअर्न्तर्गत नै मुलुकलाई अग्रगामी दिशामा लैजान सक्नुहुन्छ त ?
- देशभक्त र सक्कली गणतन्त्रवादीहरूको सरकार बन्यो भने त्यसबाट पनि हामी एक स्टेप अगाडि जान सक्छौं । त्यसलाई पनि एउटा डेटलाइन बनाएर अगाडि बढ्न दिइएन भन फेरि हामीले डिस्कसन गर्नुपर्ने हुन्छ । वैज्ञानिक समाजवाद हाम्रो लक्ष्य भएको हुनाले हामी त्यस दिशातर्फ अगाडि बढ्न चाहन्छौं ।

तपाईंहरूको व्याख्यामा देशभक्त को को हुन् ?
- जसले देशलाई माया गर्छ, देशको र्सार्वभौमिकताको पक्षमा उभिन्छ, वैदेशिक शक्तिकेन्द्रको हावाबाट विचलित नभई देशको हितमा सोच्छ, त्यो शक्ति नै देशभक्त हो ।

संविधानसभामार्फत जनताले मान्यता दिएका २५ वटा राजनीतिक दलहरूमध्ये देशभक्तहरू कुन-कुन हुन् ?
- हामीले दलविशेष भन्दैनौं । लोकतन्त्र, देशभक्त, वर्गीय भन्ने पदावली कुनै दललाई लगेर ओढाइदिने होइन । सबै दलभित्र देशभक्तहरू छन् । कांग्रेसभित्र पनि देशभक्त छन् ।

सरकारबाट हटिसकेपछि मात्रै तपाईंहरूले देशभक्त र सक्कली गणतन्त्रवादीहरू सम्मिलित राष्ट्रिय सरकारको आवश्यकता महसुस गर्नुभयो नि ?

- हामीले पहिले पनि भन्दै आएका थियौं । हामीले निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरसिकेपछि यो विषयमा छलफल चलायौं । त्यतिबेला कांग्रेससहित हामी जान खोजेकै हौं । घुम्दैघुम्दै जादा परििस्थति अर्कै बन्यो । वामपन्थीहरूको जनमतका आधारमा एउटा सरकार बनाऔं भनेर हामीले कोसिस गर्‍यौं । तर, एमालेभित्रका केही मित्रहरू सक्कली वामपन्थी हुनुहुँदो रहेनछ । उहाँहरूको हातमा मात्रै वामपन्थीको झण्डा रहेछ ।

जस्तो, माधव नेपालजीकै प्रसंग पनि लिन सकिन्छ । चुनाव हारे पनि वामपन्थी लिडर भएका कारण संविधानसभामा ल्याउन र संविधान मस्यौदा मूलसमितिमा ल्याउनका लागि हामीले सदासयतापूर्वक सोच्यौं । अहिले पनि हामीलाई माधव नेपाललाई सभासद् बनाएकोमा पश्चाताप छैन । इतिहासमा हामीले एउटा जिम्मेवारी पूरा गर्‍यौं भन्ने लाग्छ । तर, उहाँले सँगै सरकारमा रहेर त्यो ड्युटी पूरा गर्न सक्नु भएन ।

त्यो कुरा सरकारबाट निस्किसकेपछि मात्रै थाहा पाउनुभयो ?

- ननिस्कँदै हामीले अब यिनीहरूसँग सँगै जान सकिँदैन भन्ने तीतो अनुभूति गर्‍यौं । राजनीतिक समीकरण कांग्रेस वा बाहिरका अरु दलसँग, सरकारको समीकरण चाहिँ माओवादीसँग । यस्तो द्वैध चरत्रि पनि कहीँ राजनीतिक हुन्छ - बरु कांग्रेसले चाहिँ प्रतिपक्षमा बस्यो आलोचना गर्‍यो, आप\mनो ड्युटी पूरा गर्‍यो । उसलाई पनि हामीले आलोचना गर्‍यौं । सिधासिधै भयो नि ! एमालेको त यस्तो द्वैध चरत्रि रह्यो कि सडकमा नारा पनि लगायो । एमाले भाले हो कि पोथी हो भनेर छुट्याउन गाह्रो भयो । एमालेमा जुन नपुंशकता देखियो, त्यो सत्य हो । कि त माओवादीसँग सरकारमा बस्न हुन्थेन, सरकारकै विरोध गर्न सरकारका किन बस्ने - सरकारमा बसिसकेपछि एउटा आवधिक समयसम्म स"गै जान सक्नुपथ्र्यो । एमालेको जुन किसिमको द्वैध चरत्रि रह्यो, त्यसले एमालेभित्र दक्षिणपन्थीको हावा राम्रैसँग प्रवेश गरेको रहेछ भन्ने अनुभूति हामीलाई भयो ।
त्यसकारण हामी उहाँहरूसँग सँगै जान सक्दैनौं भन्ने निष्कर्षा पुग्यौं । कटवाल प्रकरणमा आइपुग्दासम्म यो र्छलङ्ग भयो । कटवाल चाहिँ उभ्याइएका निमित्त पात्रमात्रै हुन्, त्यसको पछाडि अर्कै रूपमा नाटक मञ्चन भएको थियो ।

त्यो जानकारी हुँदाहुँदै तपाईंहरू आगोको भुङ्ग्रोमा किन हामफाल्नु भयो त ?

- सरकारबाट हटिसकेपछि माओवादी बडो दुखित छ भन्ने कतिपयलाई लाग्दो हो । हामीलाई त्यस्तो कुनै फरक अनुभूति भएको छैन । यो सरकार पनि कठपुतली सरकार हो । यसले वैधानिकता पनि प्राप्त गरेको छैन । हामीले पनि सरकार छाड्ने अरुले पनि सरकार नबनाउने गर्दा भ्याकुम हुन्छ । त्यही भ्याकुमका बीच यो सरकार गठन भएको हो । त्यसकारण वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूको संयुक्त सरकार हुनुपर्‍यो ।

जनताले हामीलाई सबैभन्दा ठूलो दलका रूपमा उभ्याइदिएपछि हामी भाग्न त मिलेन नि ! माओवादीको नेतृत्वमा संयुक्त सरकार गठन होस् भन्ने हो जनादेश । जनताको मतलाई सम्बोधन गर्नका निम्ति हाम्रो प्रयास हो । यो सरकार मोरल रूपमा अवैधानिक छ । त्यसैले विकल्पमा राष्ट्रिय सरकार बनाउने हाम्रो लक्ष्य हो ।

कहिलेसम्म राष्ट्रिय सरकार बनाइसक्ने लक्ष्य छ ?

- वर्तमान सरकारको भविष्य हामी देख्दैनौं । हामीले सरकार बनाउने बेलामा यस्तो फोहोरी खेल भएको थिएन । तर, सरकारको नेतृत्व गर्ने दल एमालेभित्र मन्त्री को को बन्ने भन्ने विषयलाई लिएर जुन खालको झगडा बाहिर छताछुल्ल भयो, फोरममा त्यस्तै भयो । यस्तो गर्नेहरूले राज्य संयन्त्रलाई नियन्त्रण गर्न सक्छन् र प्रत्येक नागरकिलाई सुरक्षा दिलाउन सक्छन् भन्ने हामीलाई लागेको छैन ।

एउटा प्रवृत्ति माओवादीलाई एक्ल्याउने छ । माओवादीसँग वैचारकि रूपमा असहमत हुनेहरूमा त्यो प्रवृत्ति देखिनुलाई हामीले अन्यथा मानेका छैनौं । माओवादीलाई जबर्जस्ती पुरानै कित्तातिर धकेलिदिने, यसका लागि उत्तेजित पार्ने कोसिस पनि भएको छ । माओवादी पार्टी विद्रोहका लागि तयार छ, तर जनता युद्ध चाहँदैनन् ।

त्यसकारण हामीले शान्तिको कुरा गरेका हौं । राजनीतिक क्रान्ति पूरा भएको त छैन, वर्गीय सत्ता प्राप्त भएपछि समाजवादतिर जाने भनेर हामीले भनिरहेका छौं । जनताले शान्तिपूर्ण माध्यमबाट सामाजिक रूपान्तरणको अपेक्षा गरेका छन् । तसर्थ शान्ति, संविधान, नागरकि सर्वोच्चता, त्यसपछि राष्ट्रिय सरकार भनेर हामीले यसै प्रसंगमा भनेका हौं । यो सरकारको भविष्य नभएकाले मुलुक स्वतः यो ठाउँमा जानैपर्छ ।

माओवादी सरकारले पनि डेलिभर त केही पनि गर्न सकेन नि ?

- यो निष्कर्षा अझै हामी पुगिसकेका छैनौं । हामी समीक्षाका क्रममा छौं । तर, केही डेलिभर गर्न सकेन, जनतालाई केही पनि नयाँपन दिन सकेन भन्ने मतमा हामी सहमत छैनौं । साँचो कुरा के हो भने जनताको अपेक्षा जति थियो, त्यसअनुरूप गर्न नसकेको हो ।

अनुभवको कमी भएको, यथाथस्थितिवादी चिन्तन बोकेको ब्युरोक्रेसी र हाम्रा नयाँ सोचहरूबीच तालमेल हुन नसकेका कारण जनताको अपेक्षा पूरा हुन नसकेको कुरा इमानदारतिाका साथ हामीले जनताका बीचमा राखेका छौं । सरकारमा गएर हामीले काम गर्नसकेनौं भन्ने होइन । बजेट, राजस्व असुली, अन्तर्राष्ट्रिय पहलजस्ता कुरामा सकारात्मक काम भएका छन्, तर समय नै भएन हामीलाई ।

तपाईंहरू आपै+mले सरकारमा सामेल घटकहरूलाई मिलाउन सक्नु भएन नि ?

- वैचारकि रूपमा नजिक ठानिएका वामपन्थीलाई हामीले पार्टनर ठान्यौं, तर उहाँहरूको पार्टनरसिप अरुसँगै रहेछ । हामी झुक्किएका रहेछौं । दुइतिर पार्टनरसीप गर्ने र दुवैलाई धोका दिने प्रवृत्ति देखाउनुभयो भने त उहाँहरू आपै+m पनि घाटामा पर्नु हुन्छ । एउटा निश्चित विचार र सोचका आधारमा राजनीतिक पार्टनरसीप गर्ने हो भने उहाँहरूले अपनाएको यो तरकिामा समीक्षा गर्नैपर्छ ।

एमालेले खुट्टा तानेको रिस किन जनतालाई पोख्दै हुनुहुन्छ ? सदन चल्न नदिने, सडक बन्द गरिदिने कामले जनताले दुःख पाउदैनन् ?
- जनतालाई दुःख दिने नियत हाम्रो होइन । तपाइंले भने जसरी जनतालाई हामीले धेरै दुःख दिएका छैनौं । के हामी चुप लागेर बसौं - सरकारबाट पनि हामीलाई हटाइदिने । समस्या समाधान गरौं है भनेर हामीले उठाएका विषयवस्तु, देशको प्रमुख निकायमा बहस छलफलको विषयवस्तु बनाइयोस् भनेर संकल्प प्रस्ताव पेस गर्दा पनि सभामुखले मान्नु भएन । सदनभित्र हामी दुइ सय ३८ जनाको संख्यामा छौं । सबैभन्दा ठूलो दलका रूपमा जनताले मत दिएको छ । सबै भारेभुरे बटुलबाटुल पारेर ठूलो दललाई एक्लै बनाउन खोज्ने अनि ठूलो दल चुप लागेर बस्छ ? त्यस्तो सम्भव छैन । तपाईंहरू किन नरम भएर बसेको भनेर हामीलाई दबाब दिने जनताको हिस्सा पनि ठूलै छ ।

मुलुकको सबैभन्दा ठूलो पार्टीले समाधान खोज्ने सदन बन्द गरेर हो वा सडक जाम गरेर ?

- त्यसै भएर हामीले सशक्त रूपमा विरोध कार्यक्रम अघि नबढाएका हौं । जनतालाई दुःख नहोस् भनेर हामीले जिल्ला जिल्लाका सरकारी कार्यालय घेरा हालेर कर्मचारीलाई प्रवेश गर्न नदिने कार्यक्रम गर्‍यौं । हामीले चाहेको भए त हप्तौं दिनसम्म देश नै ठप्प गरिदिन सक्थ्यौं नि त । सरकारबाट बाहिर निकालेपछि त सडकमा झण्डा उठाउन पाउन पर्‍यो नि ! सदनमा पनि आफ्ना कुरा राख्न नपाउने, यस्तो परकिल्पना कसैले गरेको छ भने त्यो सम्भव छैन । जनतालाई कमभन्दा कम दुःख हुने गरी हाम्रा आवाज जनताकै बीच गएर उठाउने गरी हामीले यस्तो सुस्त सुस्त कार्यक्रम ल्याएका हौं ।

तपाईंहरूको पार्टी अध्यक्षले केही दिनअघि राष्ट्रवादी शक्तिसँग मिलेर तेस्रो जनआन्दोलन गर्र्छौं भन्नुभयो, त्यो भावावेश हो कि वास्तविक हो ?

- त्यो वास्तविकता हो । जारी बैठक समाप्त हुनासाथ आन्दोलन आरम्भ गरहिाल्ने भनिएको होइन । अबको विकल्प भनेको देशको र्सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने हो भने कहीँ न कहीँ, कतै न कतै देशभक्तहरूको एउटा सशक्त मोर्चा र त्यो सशक्त मोर्चाको पहलकदमीमा तेस्रो जनआन्दोलनको आवश्यकता छ । किनभने यस्तो नजिकबाट हामीले अनुभूति गर्‍यौं कि नेपालमा वैदेशिक हस्तक्षेप ज्यादै गाढा रहेछ । हामी औपनिवेशिक चरणमा छौं भनेर हिजो पार्टीले विश्लेषण गर्दा हामीले के भनेको होला जस्तो हुन्थ्यो । बीसौं शताब्दीको उपनिवेश मिलिट्री हिसाबले अभिव्यक्ति हुन्थ्यो । पछिल्लो स्थितिमा यो पदावलीमा पुनर्विचार पनि हुनुपर्छ कि भन्ने छलफल चल्थ्यो । त्यसलाई हामीले नवउपनिवेश भन्यौं । अहिले भूमण्डलीकृत दुनियाँमा आर्थिक वित्तीय प्रणालीमार्फ, सांस्कृतिक प्रणालीमार्फत् अरु कतिपय देशका कतिपय चिज त आइराखेकै छन्, तर नेपालका हकमा सीधा भाषामा भन्नुपर्छ- भारतको एउटा पक्षले नेपाललाई आप\mनै प्रान्तका रूपमा जुन किसिमको डिक्टेड गररिहेको छ, यो तरकिाको त देशभक्तहरूले सशक्त प्रतिवाद गर्नेपर्छ ।
आफू सत्तामा बसेको बेलामा सीमा मिचेको पनि देख्नुभएन, पटक-पटक दूतावास धाउँदा पनि हस्तक्षेप देख्नुभएन, भारतीय राजदूतले दिनको तीनपटक सिधै भेटघाट गर्दा पनि हस्तक्षेप देख्नुभएन, यतिबेलामात्रै कसरी आँखा खुल्यो ?

- यहाँहरूलाई भ्रम नहोस्, हामीले त्यतिबेलादेखि नै भन्दै आएका थियौं । प्रधानमन्त्रीले त्यतिबेला बोल्दाखेरी केही भाषा मिलाउनु पर्दथ्यो । त्यसबेला उहाँका भाषाशैली नरम हुन्थे । सीमा अतिक्रमणबारे त्यतिबेलै बोलेका छौं । असमान सन्धिबारे भारतमै गएर भनेका छौं । नेपालको हितका निम्ति राजदूतहरूलाई हामी अहिले पनि भेट्न सक्छौं । माओवादीले सरकारमा हुँदा राष्ट्रियताका पक्षमा आवाज उठायो, र्सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने कुनै क्रियाकलाप गरेन ।- source: nepalipatra, eu

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक